कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
भारत र चीनबीच लद्दाख सीमामा भएको सैन्य गतिरोध अन्त्य भएर चीन पछि हटेको दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन् ।
नवभारत टाइम्समा छापिएको खबरअनुसार, वास्तविक नियन्त्रण रेखाबाट चिनियाँ सैनिकहरू लगभग दुई किलोमिटर पर पुगेका छन् । अनि पहिले आक्रामक भएका चिनियाँ सेना विगत चार दिनदेखि शान्त छन् ।
अन्तर्राष्ट्रिय मामिलाविज्ञ कमर आगाले बताएअनुसार, भारतीय सीमाका सबै प्रमुख ठाउँमा चीनले एक एक इन्च गर्दै अघि बढ्ने रणनीति लिएको छ । सलामी रणनीति अन्तर्गत चीनको यो कदमले भारतीय क्षेत्र नियन्त्रणमा लिने देखिएको थियो तर चीन तत्काललाई पछि हटेको छ ।
चीन पछि हट्नुमा तीन कारण रहेको कमर आगा बताउँछन् । पहिलो, भारतीय सेनाले जवाफी कारवाहीका लागि गरेको तयारी । चीनले सीमाक्षेत्रमा सैन्य तैनाथी बढाएपछि भारतले पनि सैनिकको संख्या बढायो । चीनकै बराबरीमा हतियार, ट्यांक र युद्ध वाहनहरूलाई पनि उक्त क्षेत्रमा तैनाथ गरियो ।
सैन्य तयारीसँगै भारतले संयम देखाउँदै वार्ता पनि अघि बढाइरहेको छ । गतिरोध अन्त्यका लागि शनिवार दुई देशका लेफ्टिनेन्ट जनरल दर्जाका अधिकारीहरूबीच वार्ता हुँदैछ । विवाद शुरू भएदेखि १० चरणको वार्ता भइसकेको छ ।
कमर आगाका अनुसार, चीन पछि हट्नुको दोस्रो कारण उसको आन्तरिक संकट हो । कोरोनाभाइरस महाव्याधिका कारण चीनको अर्थतन्त्र संकटमा परेको छ । चिनियाँ निर्यात घटेको छ र नागिरकहरूमा बेरोजगारी र असन्तोष बढिरहेको छ ।
त्यसलाई सम्बोधन गर्न चिनियाँ कम्युनिस्ट पार्टीले राष्ट्रवादको कार्ड उपयोग गरिरहेको छ । ताइवान, हङकङ र दक्षिण चीन समुद्रका साथसाथै भारतसँगको सीमामा ऊ आक्रामक बन्नुमा यही राष्ट्रवादी पोस्चर जिम्मेवार छ ।
तेस्रो कारण चाहिँ संसारभरिबाट चीनमाथि परेको दबाब हो । अमेरिकासँग चीनले कोरोनाभाइरसका विषयमा विवाद र व्यापारयुद्ध गरिरहेको छ अनि जापान, भियतनामक, अस्ट्रेलिया लगायतका मुलुकले उसको आलोचना गरिरहेका छन् । यस्तोमा भारतलाई समेत चिढ्याएर उसले विशाल भारतीय बजारलाई गुमाउने जोखिम मोल्दैन ।
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...