×

NMB BANK
NIC ASIA

सुदूरपश्चिम प्रदेश सभाको छैठौं अधिवेशन जेठ १३ गतेदेखि जारी छ । अधिवेशन प्रदेश सरकारको नीति तथा कार्यक्रम र आसन्न बजेट भाषणमा नै केन्द्रित छ । नीति तथा कार्यक्रम र बजेट कोरोना भाइरस (कोभिड–१९) महामारीको वरिपरी घुमिरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

तर कोरोना रोकथाम तथा नियन्त्रणमा नै केन्द्रित रहेको अधिवेशनमा कोरोनाबाट बच्न अवलम्बन गरिने न्यूनतम मापदण्ड ‘भौतिक दूरी’ समेत कायम नभएको पाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्ड अनुसार एक व्यक्तिबाट अर्को व्यक्तिको भौतिक दूरी कम्तिमा पनि १ मिटर कायम गर्न भनेको छ तर सुदूरपश्चिम प्रदेश सभामा भौतिक दूरी कायम गरिएको छैन । १ मिटर बराबर ३.२ फीट हुन्छ तर प्रदेश सभामा २ फीट मात्रै भौतिक दूरी कायम छ ।


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले भने, ‘विश्व स्वास्थ्य संगठनको मापदण्डलाई जान्दाजान्दै पनि स्थान अभावका कारण दूरी कायम भएको छैन, यो कुरा स्वीकार गर्नुपर्छ हामीले । अर्कोतिर नेपालीहरूको घुलमिल हुने बानीले गर्दा पनि हो । असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता कारण जोखिम मोलेर पनि अधिवेशनमा भाग लिएका छौं । हामी पनि अति जोखिममा छौं ।’

Vianet communication
Laxmi Bank

राष्ट्रिय जनता पार्टीका प्रदेशसभा सदस्य कृष्णबहादुर चौधरीले नचाहेरै पनि त्रासैत्रासबीच अधिवेशनमा सहभागी हुँदै आएको बताए ।

‘बजारको तरकारी, दूधलगायत अत्यावश्यक वस्तु प्रयोग गर्दा समेत डर मान्छु । म हिँडेरै प्रदेशसभा पुग्छु तर जब प्रदेश सभामा पुग्छु, त्यहाँ त झनै १ फीटको दूरीमै कानेखुसी हुन्छ । निस्कँदा, पस्दा एकअर्काको सम्पर्कमा आउने गरिन्छ । के गर्ने बाध्यतावश प्रदेशसभा सदस्यहरू त्यहीँ, उनीहरूका सहयोगी सँगैै, मर्यादापालक, कर्मचारी, गाडी चालकको भीडै हुन्छ,’ उनले भने, ‘हामी ठूला–ठूला कुरा गर्नेहरू कोभिड १९ बाट बच्ने पहिलो शर्तको रुपमा रहेको भौतिक दूरी कायम गर्न सकिरहेका छैनौं ।’

नेकपाका प्रमुख सचेतक तारालामा तामाङले धेरै हदसम्म सावधानी अपनाउँदै आएको बताए । दूरी कायम नगरिएपनि आफ्नो आसन परिवर्तन नगर्ने, प्रत्येक दिन ज्वरो नाप्ने, मास्क, स्यानिटाइजरको प्रयोग गर्दै आएको उनले बताए ।

प्रदेशसभा सचिवालयले स्थान अभावका कारण दूरी कायम गर्न नसकेको स्वीकार गरेको छ । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले साविक जिल्ला विकास समिति कैलालीको मौजुदा संरचनालाई प्रदेशसभा बनाइएको बताउँदै स्थान अभावका कारण र धनगढीमा उपलब्ध नभएपछि अरु सावधान अपनाएर अधिवेशन सञ्चालन गरेको दाबी गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x