कात्तिक ३०, २०८०
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
‘मृत्यु देऊ वा स्वतन्त्रता’देखि ‘न्याय छैन, शान्ति छैन’सम्म
मानवअधिकार हराएपछि अमेरिकामा संकट, कहिले होला रङ्गभेदको अन्त्य ?
– प्रेमबहादुर सिंह
‘मृत्यु देऊ वा स्वतन्त्रता’ भन्ने नाराका साथ शुरू भएको अमेरिकी स्वतन्त्रता संग्रामपश्चात सन् १७७६ जुलाई ४ मा संयुक्त राज्य अमेरिका स्वतन्त्र भएको घोषणा भयो ।
अमेरिकी स्वतन्त्रताको घोषणा पत्रमा भनिएको थियो – हामी यी सिद्धान्तलाई स्वयंसिद्ध मान्दछौं कि सबै मानिस समान छन्, उनीहरूलाई उनका सृष्टिकर्ताबाट केही निश्चित अविच्छिन्न अधिकारहरू प्राप्त छन् । जीवन, स्वतन्त्रता र सुखको चाहना यिनै अधिकारमध्ये हुन् ।
अमेरिकी स्वतन्त्रताको घोषणा पत्रमा नागरिकको जीवन, स्वतन्त्रता, समानता र प्रतिष्ठाको प्रत्याभूत हुनु मानव जातिको इतिहासमा एक युगान्तकारी घटना हो ।
वैदेशिक हस्तक्षेपविरुद्ध राष्ट्रिय स्वाधीनता र नागरिक स्वतन्त्रताको पक्षमा गौरवपूर्ण स्वतन्त्रता संग्रामको लडाइँ लड्ने अमेरिकी जनता आज ‘न्याय छैन, शान्ति छैन’को गगनभेदी नारा लगाउँदै मानव अधिकारको गम्भीर हनन् विरुद्धको आन्दोलनमा सडकमा उत्रिन बाध्य भएका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीलाई रोक्न असफल डोनाल्ड ट्रम्प प्रशासनको विश्वव्यापीरुपमा आलोचना भइरहेको बेला अहिले राष्ट्रपति ट्रम्प मानवअधिकार उल्लंघनको मुद्दामा घेरिएका छन् ।
घटना सन् २०२० मे २५ को साँझ ८ बजेको हो । अमेरिकाको मिनिसोटा प्रान्तको मिनियापोलिस शहरको एक कपफूड स्टोरमा घटेको सामान्य घटनाको विषयमा ३ जना प्रहरी अधिकृत घटनास्थलमा पुगी अश्वेत नागरिक ४६ वर्षीय जर्ज फ्लोयडलाई नियन्त्रणमा लिइ हातमा हत्कडी लगाई गाडीमा राख्ने क्रममा जर्ज फ्लोयड जमिनमा लडेको अवस्थामा श्वेत प्रहरी अधिकारी डेरेक शोविनले जर्ज फ्लोयडको घाँटीमा घुँडाले थिच्छन् र अन्य २ प्रहरी अधिकृत टुलुटुलु हेरेर बस्छन् । घुँडाले घाँटीमा थिचेपछि उकुसमुकुस भएका जर्ज फ्लोयडले ‘मेरी आमाको कसम, म सास फेर्न सकिरहेको छैन, कृपा गरेर मलाई छोडिदिनुस्’ भनेर याचना गरिरहँदा पनि ८ मिनेटभन्दा पनि धेरै समयसम्म घाँटीमा घुँडाले थिचिराखेपछि जर्ज फ्लोयडको मृत्यु हुन्छ । प्रहरीले नियन्त्रणमा लिइ हातमा हत्कडी लगाई सार्वजनिकस्थलमा प्रत्यक्षदर्शी सर्वसाधारणलाई आतंकित पार्ने गरी गरिएको क्रुर हत्या अमानवीय एवं बर्बरताको पराकाष्टा हो ।
कोरोनाको महामारीमा ठूलो क्षति व्यहोर्न बाध्य अमेरिकी जनता मानवअधिकारको गम्भीर उल्लंघन र रङ्गभेदी घटनाविरुद्ध कोरोनाको पर्बाह नगरी सडकमा उत्रिएका छन् । ट्रम्प प्रशासनविरुद्ध उत्रिएको मानव सागरले सम्पूर्ण विश्वको ध्यानाकर्षण गरेको छ । अमेरिकाका १४० भन्दा धेरै शहरमा आन्दोलन फैलिएको छ भने ४० भन्दा बढी शहरमा कर्फ्यू लगाइएको छ । आन्दोलनकारी कर्फ्यूको अवज्ञा गर्दै आन्दोलनमा उत्रिएका छन् ।
आन्दोलन कतै शान्तिपूर्ण छ भने कैयौ शहरमा हिंसात्मक हुनुको साथै कैयौ लुटपाटका घटना घटेका छन् । आन्दोलनको क्रममा कैयौ आन्दोलनकारी मारिएका छन् भने हजारौं आन्दोलनकारीलाई गिरफ्तार गरिएको छ । सन् २०२० जुन १ मा राष्ट्रपति कार्यालय अगाडि भएको विरोध प्रदर्शनमा आन्दोलनकारीले अमेरिकी झण्डा च्यात्दै तोडफोडमा उत्रिएपछि राष्ट्रपति ट्रम्प बंकरमा लुक्न बाध्य भएका थिए ।
कोरोनाको महामारी र गृहयुद्धले संयुक्त राज्य अमेरिका संकटको संघारमा उभिएको छ । संकटको शान्तिपूर्ण एवं न्यायोचित हल खोज्नुको बदला राष्ट्रपति डोनाल्ड ट्रम्प सेना परिचालन गर्ने र आन्दोलनकारीलाई जेल पठाउने धम्की दिइरहेका छन् ।
मानवअधिकार हनन् विरुद्धको आन्दोलन अब अमेरिकामा मात्र सीमित रहेन । घटनाको विरुद्ध विश्वव्यापी रुपमा प्रदर्शन भइरहेका छन् । ढिलो वा चाँडो कोभिड–१९ महामारीको उपचार र अन्त्य त होला तर राष्ट्रपति ट्रम्पको यस्तै रबैयाले अमेरिकी संकटले सार्थक निकास पाउला ? के अश्वेत, महिला, दलित, उत्पीडित, सिमान्तकृत वर्ग एवं समुदायप्रति विश्वव्यापी रुपमा भएको विभेद, उत्पीडन र शोषणको अन्त्य होला ? यो आजको यक्ष प्रश्न हो ।
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...