×

NMB BANK
NIC ASIA

खुकुलो लकडाउन र कोरोना संक्रमणबाट बच्ने २० उपाय : डा. रवीन्द्र पाण्डे

जेठ २५, २०७७

NTC
Sarbottam
डा. रवीन्द्र पाण्डे।
Premier Steels
Marvel

लकडाउन केही खुकुलो भएको छ। कोरोना संक्रमण अनिश्चित कालसम्म रहनसक्ने तथा हाम्रा आधारभूत आवश्यकता आजको आजै अनिवार्य भएकोले लकडाउन खुकुलो गर्नुको विकल्प छैन।

हामीले के बिर्सिनु हुँदैन भने संक्रमित व्यक्तिको संख्या थोरै हुँदा हामीले लकडाउन गर्यौ। संक्रमितको संख्या बढिरहेको स्थितिमा लकडाउन खुकुलो गर्दैछौं। लकडाउन खुकुलो भएसँगै हामीले कोरोना संक्रमण रोकथामको लागि थप सतर्क र सजग हुनु जरुरी छ।यहाँहरुले निम्न लिखित अभ्यासलाई आफ्नो जीवनशैली बनाउनु भयो भने कोरोना संक्रमणसँग बच्न सकिन्छ।

१. लकडाउन खुकुलो भएपनि अत्यावश्यक कामबाहेक घरमै बस्नुहोला।

Sagarmatha Cement
Muktinath Bank

२. घरबाहिर निस्कँदा सर्जिकल मास्क वा कटनको २ पत्रे मास्क सहि तरिकाले लगाउनुहोला। घरमा आएपछि त्यो मास्कलाई धोएर सुकाउने वा घाम र हावा खेल्ने ठाउँमा राख्नुहोला। मास्कले नाक र मुखमा एयर टाइट हुने गरि छोप्नुहोला। प्रयोग गरेको मास्क बाटोमा नफाल्नुहोला । सकभर चस्मा र पंजाको पनि प्रयोग गर्नुहोला।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

३. कोरोना संक्रमणको प्रमुख रोकथाम व्यक्तिगत दुरी हो। घर बाहिर निस्किएपछि बाटोमा, पसलमा, बसमा, काम गर्ने ठाउँमा, खाजा खाने ठाउँमा, सामान किन्ने ठाउँमा अर्थात हरेक ठाउँमा ६ फिटको दुरी कायम गर्नुहोला।


Advertisment
Nabil box
Kumari

४. सकभर नाक, मुख, आँखामा हात लैजाने बानी छोड्नुहोला। हरेक बस्तु छोएपछि, बाहिरबाट आएपछि, खाना खानुअघि तथा अन्य समयमा पनि साबुनपानीले मिचिमिची हात धुनुहोला। साबुनपानी नभएको ठाउँमा ह्याण्ड स्यानिटाइजरले हात सफा गर्नुहोला।

Vianet communication
Laxmi Bank

५. सार्वजिक यातायातमा संक्रमण सर्ने जोखिम हुने भएकोले छोटो दुरीमा पैदल हिँड्ने बानी गर्नुहोल।  भौतिक दुरी कायम हुनेगरी सवारीसाधन चढ्दा मास्क, चस्मा, पंजा तथा स्यानिटाइजर अनिवार्य रुपमा प्रयोग गर्नुहोला।

६. कोरोना संक्रमण सर्ने सबैभन्दा खतरनाक ठाउँ भीडभाड हो।भीडमा झुक्किएर पनि नजानुहोला। भौतिक दुरीको मुलमन्त्र नबिर्सनुहोला।

७. खोकी लागेमा, हान्च्छ्युँ आएमा, रुघा लागेमा तथा ज्वरो आएमा निको नहुने बेलासम्म घरबाहिर नजानुहोला।  यस्तो बेला कुहिनातिर फर्केर खोक्ने, हाच्छ्युँ गर्ने, टिस्यु पेपर वा सफा रुमाल प्रयोग गर्ने, अनि हात सफा गर्ने गर्नुहोला। अरु मान्छेतिर फर्केर कहिल्यै पनि नखोक्नुहोला, हाच्छ्युँ नगर्नुहोला। यो बानी हामीले सुधार्नु जरुरी छ।

८. आफुले काम गर्ने/गराउने ठाउँमा भौतिक दुरी, सरसफाई तथा भेन्टिलेसनको ब्यबस्था मिलाउनुहोला। बन्द कोठामा भाइरस लामो समयसम्म रहन्छ।

९. सकभर खाजा घरबाटै लिएर जानुहोला। क्यान्टिन वा चियापसलको भीडबाट बच्नुहोला।

१०. आफ्नो काम सकिएपछि सिधै घरमा फर्किने बानी गर्नुहोला।

११. घरमा फर्केपछि मास्क, रुमाल, पंजा, चस्मा, झोला, बाहिरी कपडालाई घरबाहिर वा घरको हावा लाग्ने गल्ली, कौसीमा राख्नुहोला।

१२. सानोतिनो समस्या भएमा अस्पताल नजानुहोला। घरेलु उपचार तथा प्राथमिक उपचारले निको नभएमा भीडभाड नहुने स्वास्थ्य संस्थामा जानुहोला। त्यहाँ ६ फिटको दुरी कायम गर्ने, मास्क लगाउने गर्नुहोला।

१३. तरकारी,फलफूल तथा अन्य सामान किन्नको लागि सपिंग मल, डिपार्टमेन्टल स्टोरजस्ता भीडभाड हुने ठाउँभन्दा नजिकको किराना पसल रोज्नुहोला।

१४. मानसिक तनाब न्यूनीकरण गर्ने योजना बनाउनुहोला।  केहि समय हाम्रा ब्यबसाय चल्ने छैनन् वा कम चल्नेछन्। खाद्य, औषधि, स्टेसनरी, कृषि लगायतका व्यवसाय साय चल्नेछन्। अन्य व्यवसायमा महँगो भाडा, धेरै लगानी तथा धेरै खर्च भएमा त्यसलाई व्यवस्थापन गर्नुहोला। आवश्यक परे पेशा परिवर्तन गर्ने यो उपयुक्त समय हो।कृषि, पशुपंक्षी पालन तथा विविध अर्गानिक खेती, होम डेलिभरी एवम् अनलाइन बिजनेस अबका उत्कृष्ट पेशा हुनेछन् ।

१५. चुनौतीलाई स्वीकार्ने, चुनौतीलाई व्यवस्थापन गर्ने तथा सानो उपलब्धिमा पनि सन्तोष मान्ने बानीको विकास गर्नुको विकल्प छैन। कोभिड पूर्वको अवस्थासंग तुलना गर्यो भने तनाब थप्ने काम हुन्छ। यो नयाँ युगलाई शुन्य मानेर काम गर्यौं भने तनाब हुनेछैन।

१६. रोगसँग लड्ने क्षमता बढाउने उपाय गर्नुहोला ताजा र पोषिलो खाना, खानामा मरमसला र जडिबुटीको प्रयोग तथा गुर्जो/ तुलसी/बेसारर अश्वगन्धा मिश्रित चिया, प्रशस्त पानी, व्यायाम, योग, ध्यान, संगीत, लेखन, पठन, प्रबचन श्रवण, तनाब न्यूनीकरण आदिबाट आफ्नो इम्युनिटी पावर बढाउन सकिन्छ। इम्युनिटी पावर बढेमा कोरोनामात्र हैन अन्य धेरै रोगबाट पनि बच्न सकिन्छ। सकारात्मक सोंच र आशाबादी गुण सुखी जीवनका अचुक औषधि हुन्।

१७. कुनै व्यक्तिसँग प्रतिष्पर्धा, रीस, इर्श्या, मनमुटाव, नकारात्मक धारणा तथा बेइमानी कहिल्यै नगर्नुहोला। प्रत्येक व्यक्ति फरक क्षमताको हुन्छ। विनयशील, सहनशील, क्षमाशील तथा सत्यको बाटोमा हिँड्ने व्यक्ति निरोगी र दीर्घायु हुन्छ।

१८. संक्रमित तथा मृतकको संख्या, उमेर, स्थान हेरेर चिन्तित हुने नगर्नुहोला। कोरोना आउनु पहिले सबै अस्पताल प्याक थिए, आइसीयु प्याक थिए, घाटहरु ब्यस्त थिए। जन्म, वृद्धि, क्षय (रोग, बुढोपन) र मृत्यु हामी सबैको जीवनमा थियो, छ र हुनेछ।

१९. कोरोनाको कारण मात्र मृत्यु हुनेको संख्या अत्यन्तै कम छ। तसर्थ हामीले हाम्रा रोगहरु पत्ता लगाएर चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ। आफै जान्ने भएर, बानी पर्छ भनेर वा आफैले कन्ट्रोल गर्छु भनेर जोखिमको धारमा बस्नुहुँदैन। औषधि सेवनले हाम्रा रिपोर्ट नर्मल राख्न सक्यौं भने कोरोना संक्रमणसंग डराउनु पर्दैन।

२०. कोरोना संक्रमण भएमा मरिन्छ भन्ने जुन धारणा छ, त्यो गलत हो। ९० प्रतिशत कोरोना संक्रमितलाई आफै वा सामान्य उपचारले निको हुन्छ। १० प्रतिशतलाई अस्पताल बस्नुपर्ने हुनसक्छ । तीमध्ये ५ प्रतिशतलाई आइसीयु/भेन्टिलेटर चाहिन्छ। त्यसको आधा अर्थात २-३ प्रतिशतकाे मात्र निधन हुन्छ। हाम्रो देशको मृत्युदर अहिलेसम्म ०.५  प्रतिशत पनि छैन। यो तथ्य हामीले बिर्सिनु हुँदैन।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x