मंसिर १४, २०८०
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
आज विश्वभर शान्तिसहितको मौन अशान्ति छाएको छ । यो पुस्ताका लागि गज्जबको अनुभूती भइरहेको होला अहिले किनकी सबैजना घरभित्र छन् । के यो अशान्तिको शंखनाद भएको हो ?
मानिसहरुको भीडमा नाँच्ने शान्ती अहिले घरभित्रको एक्लोपना र एकान्तवासमा पनि एकखालको अशान्ति छाएको छ ।
चरा मार्ने शिकारी, चरा समात्ने ब्यापारी, आन्दोलनमा ढुङ्गा हान्ने आन्दोलकारी, चरा मार्न ढुङ्गा हान्ने शिकारी, आखिर ढुङ्गा त ढुङ्गा नै हो । चाहे फलामका बारभित्र बस्ने चरा होस् या घरका भित्ताहरु भित्र बस्ने मान्छेहरु हुन्, कैद त कैद नै हो ।
म यहाँ दुई थरिका ढुङ्गा जोड्दैछु, एउटा ढुङ्गा चरालाई लाग्छ अनि चरा ढल्छ, अर्को ढुङ्गा सडकमा लाग्छ अनि सत्ता ढल्छ । हरेक ढुङ्गाहरुमा कैदको आवेग छ, कैदको अन्त छ अनि कैदको शुरुवात छ, मुख्यता हरेक ढुङ्गामा पिँजडाको जोखिम छ अनि एउटा कथा छ ।
हाम्रो पात्रोको लोकप्रिय अडियो पोडकाष्ट सिरिजका कथाकार । उनले कथा भन्ने श्रृंखला रोकेर गीत लेखनतर्फ लागेका छन् र तयार भएको छ उन्को 'पिँजडाको चरा' यससँगै यो गीत देशकै पहिलो ओरिज्नल आ–कापेला कम्पोजिसन पनि बन्न सफल भएको छ ।
भिडियो हेर्नुहोस् :
'शिरीष फूल भ्रमर चुम्बनमै ओइली झर्छ', पारिजातको कृतिमाथि साहित्यकार शंकर लामिछानेको यो हाइकुले सम्पूर्ण शिरिषको फूल कृतिलाई नै बाँधेर राखेको छ । यसरी एउटा वाक्यांशमा कथा भनेकी पारिजात झैं यस समयका ‘कथाकार’ले चरा, स्वतन्त्रता अनि पिँजडालाई जोडेर गीत कथे, पिँजडाको चरा ।
अनि यसलाई स्वर दिएका छन् नेपाली सङ्गीतका दुई सुरिला भविष्य अंकितबाबु अधिकारी र प्रथम भ्वाइस अफ नेपालका फाइनलिष्ट सप्तक दुतराजले, उत्पादन गर्यो ‘आर्टमाण्डू’ले अनि तयार भयो यो गीत, पिँजडाको चरा ।
यो गीत पहिलो पटक मैले कथाकार दाइबाट प्राप्त गर्दा यो प्रश्नवाचक अभिव्यक्तिमा लेखिएको शब्द च्यालेञ्जिङ छ भन्ने कुरामा म तयार थिएँ । दाइलाई गितारको ट्यूनमा लय भरेर पठाएँ उहाँले मन पराउनुभो । तर जब हाम्रा साउण्ड डिजाइनर सार्दूल श्रेष्ठसँग कामगर्न बसे उसले, 'दाई यो गीतलाई आ–कापेला(कुनै पनि वाद्यवादन प्रयोग नगरी मुखबाटै विभिन्न धूनहरु निकाली तयार पारीने सङ्गीतको कठिन विधा)मा गरौं' भन्ने सल्लाह दियो, यो अर्को चुनौति थपियो । तर जब हामी तीन जना म, सार्दूल तथा आर्टमाण्डूका संस्थापक तथा चलचित्र निर्देशक नविन चौहानसँग यस सम्बन्धमा छलफलका लागि बस्यौं 'गरौं, सकिन्छ' भन्ने निश्कर्ष पछि ३ हप्ताको नतिजा हो यो 'पिँजडाको चरा' ।
'मज्जा आयो मलाई त, अंकितले पूर्वीय सङ्गीत र मैले पश्चिमी शैलीमा कवितालाई गाउनुपर्ने जानकारी आएसँगै म एक्साइडेट थिएँ । मेरो पहिलो आफ्नै गीत, त्यो पनि नेपालकै पहिलो ओरिज्नल आ–कापेलाकम्पोजिसनमा ।
गाउने भनेपछि शरीरमा खै एउटा बेग्लै खालको उर्जाको सञ्चार हुन थाल्छ । रेकर्डिङ रमाइलो रह्यो । शब्द सुनेरै वाव फिल गरें । 'हामी सबैले यस गीतलाई एउटा कथा बनाउन मिहिनेत गरेका छौं' प्रथम भ्वाइस अफ नेपालका फाइनलिष्ट गायक सप्तक दुतराजले बताए ।
पिँजडाको चरा
………
घरको बन्द कोठा भित्र सिमित
कैदमा भन को छ अहिले ?
अज्ञात अचेत सब लम्पसार परेर
घमण्ड तेरो कता छ अहिले ?
घरको बन्द कोठा भित्र सिमित
कैदमा भन को छ अहिले ?
कता गए तेरा प्रतिद्वन्द्वी सबै
कोसँग जोतिदों होस् अहिले ?
कसको भाषा बोल्छस दिलदार बनेर
उदण्डता तेरो कता छ अहिले ?
घरको बन्द कोठा भित्र सिमित
कैदमा भन को छ अहिले ?
कसरी बाँच्दो होस् आफ्नै पिँजडामा
बाटो फराकिलो पार्न गुँड उजाडिस् तैंले
जलचर, जीवको बाटोवार गरेर
यत्रो कंक्रिट जङ्गलको भन के काम छ अहिले ?
घरको बन्द कोठा भित्र सिमित
कैदमा भन को छ अहिले ?
घरको बन्द कोठा भित्र सिमित
कैदमा भन को छ अहिले ?
——
यो धर्तीको सुवास बदल्ने यात्रालाई विकासको नाम दिंदै गयौं
यही धर्तीको बित्ता-बित्ताको ऋणी तर आधूनिक बन्ने होडमा
हामीले धर्तीलाई धेरै सुनायौं, धेरै चलायौं
अब धर्तीको सुनौं, चुप लागेर धर्तीको सुनौ
गीतमा अहिले विश्व समूदाय र समूदायसँगै यो पृथ्वीले, यो प्रकृतिले विकासका नाममा भोगेको हेपाई तथा करुणा हराएको कथा समेटिएको छ । धर्तिको ब्यथा पोखेको छ, धर्तिको आवाज समेटेको छु । प्रकृतिका हरेक जीव, जलचर, चराचुरुङ्गी, किटपतङ खुल्ला आकाशमुनी स्वच्छ हावामा रमाएका छन् भने बन्द कोठाभित्र मानव सभ्यता थुनिएको यथार्त समेटेको छु ।
अत्ति भएपछि क्षति हुन्छ यही अर्थ समेटिएको छ गीतमा । स्वतन्त्र प्रकृति र सृजनाहरुको ताकत हामीले अवमूल्यन गर्दै गयौं, हेप्दै गयौं र प्रकृतिले सहन नसकेपछि उनको प्रतिकारको असर कस्तो हुन्छ यही प्रश्न छ गीतमा । आखिर हामी सबै त्यही प्रकृतिकै एउटा चरा न भएका छौं तर थुनिएका चरा । यो गीतले कोभिड–१९को प्रकोपका कारण प्रारम्भ वैश्विक लकडाउनको सन्दर्भमा मानिसको अहंकारको मजाक उडाउँदछ ।
गीतका रचनाकार तथा हाम्रो पात्रोको लोकप्रिय पोडकाष्ट सिरिज 'कथाकार'का प्रस्तुतीकर्ता ‘कथाकार’ सन्तोष देवकोटाले बताए ।
यो धर्तीकाहरुसँगको सम्वाद हो पिँजडाको चरा । गीतमा पृष्ठभूमि लकडाउनको छ अनि सृष्टीपछिका अनन्त कथाहरुको सारसंक्षेप समेटिएको छ ।
‘कथाकार’ले गीत पनि लेख्छन्, सुनिहेरौं यो गीत, हेरिहेरौं यो चल्ने तस्वीर, म त भन्छु यो सुन्ने हैन हेर्ने गीत हो, यो बुझाउने हैन मनन गर्ने कथा हो ।
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् । अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...