मंसिर १४, २०८०
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
असार १, २०७७
अहिले (कोरोनाभाइरस) कोभिड– १९ विरुद्ध पूरा संसार नै लडाईं लडिरहेको छ ।
उक्त लडाईंको अग्रपंक्तिमा भने चिकित्सक तथा स्वास्थ्यकर्मीले मोर्चा सम्हालेका छन् । यस्तै अग्रमोर्चा सम्हाल्ने एक चिकित्सक रजनी साह केसी कोरोनाविरुद्धको लड़ाईं लड्न पाउँदा आफूलाई धेरै नै गौरवान्वित ठान्छिन् ।
संघीय सरकार मातहत रहेको भेरी अस्पताल नेपालगञ्जमा उनी कन्सलटेन्ट फिजिसियनको रूपमा विगत ३ वर्षदेखि कार्यरत छिन् ।
भेरी अस्पताल नेपालगञ्जकै नेतृत्वमा नेपालगञ्जकै खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई कोभिड विशेष अस्पताल बनाइएको छ ।
शुरूमा ६ वटा आईसीयू शय्यासहित कुल ५४ शय्याको आइसोलेसन अस्पताल बनाउने लक्ष्य रहेको भएपनि उक्त लक्ष्य पूरा हुन सकेन ।
६ वटा आईसीयू कक्षसहित कुल ३२ शय्या मात्र निर्माण भएका कारण एकपटकमा त्यति संख्याभन्दा बढी बिरामीहरूको उपचार हुन सकेको छैन ।
शुरू–शुरूमा ३२ जना बिरामी भर्ना भएका थिए भने जेठ ३० गतेसम्म समेत २६ जना कोरोना संक्रमित बिरामीहरू अहिले त्यहाँ भर्ना भएर उपचार गराइरहेका छन् ।
उक्त आइसोलेसनबाट हालसम्म २५ जना कोरोना संक्रमित बिरामीहरू उपचारपश्चात निको भएर डिस्चार्ज भई घर फर्किसकेका छन् ।
त्यही कोभिड अस्पतालमा कोरोना पोजेटिभ पाइएका बिरामीहरूको उपचारमा प्रत्यक्ष खटिएकी चिकत्सक हुन्, रजनी साह केसी ।
चिकित्सक भएपछि जुनसुकै परिस्थितका लागि पनि हरहमेशा तयार भएर बस्नु तथा आवश्यक परेको बेला आफ्नो ज्यानको समेत परवाह नगरी जस्तोसुकै सरुवा रोगविरुद्ध उपचारमा संलग्न हुनु परम कर्तव्य भएको उनले राम्रोसँग बुझेकी छन् ।
नेपालगञ्जमा पनि कोरोना संक्रमित बिरामी हुनसक्ने र आफू इन्टरनल मेडिसिनमा कन्सलटेन्ट फिजिसियन रहेका कारण कोरोना संक्रमितको उपचारमा खट्नुपर्छ भन्ने कुराको अनुमान पहिल्यै रहेको उनी बताउँछिन् । सोही कारण उनले आफूलाई पहिलेदेखि नै त्यसका लागि तयार पारेकी थिइन् ।
चिकित्सक भएपनि शुरू–शुरूमा त उनलाई डर नलागेको होइन । इटली, चीनसहित अन्य देशमा समेत उपचारमा संलग्न चिकित्सकदेखि अन्य स्वास्थ्यकर्मीमा कोरोना संक्रमण सरेको उनले सुनेकी थिइन् ।
‘मलाई आफ्नो ज्यानको डरभन्दा पनि यदि मलाई कोरोना सर्यो भने कोरोना बोकेर मैले आफ्नो घरपरिवार, छोराछोरीमा समेतलाई सार्ने त होइन भन्ने डर थियो,’ डा. केसीले भनिन्, ‘तर, बिरामीहरूको उपचारमा संलग्न भएपछि विस्तारै डर पनि स्वाभाविक रूपमा हराउँदै गयो ।’
आइसोलेसनमा पहिलो दिन मात्र उक्त डर रहेको र पछि सामान्य जस्तै बनेको उनले बताइन् । कोरोना नै जीवन हो र अब कोरोनासँगै बाच्नुपर्छ भन्ने आफूहरू सबैलाई लागेको उनले बताइन् ।
कन्सल्टेन्ट फिजिसियनको अगुवाइमा २ जना मेडिकल अफिसर, ६ जना नर्सिङ स्टाफ तथा ४ जना कार्यालय सहयोगीसहितको टीम बनेको थियो । एउटा टीमको नेतृत्व उनले गर्नुपर्यो ।
७ दिनसम्म लगातार आइसोलेसनमा ड्युटी गरेपछि १४ दिनका लागि होटलमा क्वारेन्टीनमा बस्ने व्यवस्था मिलाइएको थियो ।
शुरूमा नेपालगञ्जको वडा नम्बर ८ मा २७ जना मानिसमा कोरोना संक्रमण फेला परेको थियो । एक किसिमले त्यो आउटब्रेक नै भएको थियो ।
‘मदरसामा ट्युसन पढाउने ६० वर्षीय पुरुषबाट बाँकी मानिसहरूमा संक्रमण सरेको थियो, उनी भारतबाट आएका थिए,’ केसीले भनिन्, ‘उनमा कोरोना पोजेटिभ रहेको कुरा धेरै पछिमात्र थाहा हुन सकेको थियो ।’
अनि उनीसँग सम्पर्कमा आएका विद्यार्थीहरू र विद्यार्थीका परिवारमा समेत गरी २७ जनामा कोरोना पोजेटिभ रहेको कुरा एकैदिन सार्वजनिक भएको थियो ।
भर्ना भएकामध्ये अधिकांश बिरामीमा कुनैपनि लक्षण देखा परेको थिएन । केही बिरामीलाई सामान्य रुघाखोकी, ज्वरोजस्ता लक्षण देखा परेको थियो ।
जस्तो लक्षण देखियो, त्यहीअनुसार औषधि दिने गरेको उनले बताइन् । दीर्घरोग मधुमेह, ब्लडप्रेसर जस्ता बिरामी पनि थिए, तर उनीहरूलाई पनि उक्त रोगको नियमित औषधि दिने गरिएको थियो ।
आइसोलेसनमा काम गर्दा उनलाई एउटा घटनाले भने निकै छोएको रहेछ ।
७ वर्षीय बालिकामा कोरोनापोजेटिभ आएको थियो । उनको बुवालाई पनि कोरोना संक्रमण भएको थियो । तर, बालिकालाई महिला वार्डमा राखिएको थियो भने उनको बुवालाई पुरुष वार्डमा राखिएको थियो ।
‘छुट्टाछुट्टै वार्डमा बुवा र छोरीलाई राखिएको थियो,’ डा केसीले भनिन्, ‘बुवासँग छुट्टिनुपरेकी ती बालिका दिनरात रोएर बसेकी थिइन् । ’
मम्मीमम्मी भन्दै रोएर बस्नुपरेको दृश्य देख्दा आफू धेरै नै भावुक बनेको उनले सम्झिइन् ।
‘आफ्नो पनि छोरा–छोरी भएका कारण ती बालिकाको दृश्यले पोलेको थियो,’ उनले थपिन्, ‘एक दिनपछि उनको आमामा पनि कोरोनापोजेटिभ आएको थियो, अनि आमासँगै बस्न पाएकी थिइन् ।’
कोरोना संक्रमित भएर भर्ना हुन आउने बिरामीहरू शुरू–शुरूमा आफूहरूलाई कोरोना रोग नै नलागेको भन्दै डिस्चार्ज गर्नुपर्छ भनेर भन्ने गर्थे ।
सरकारको बजेट पचाउन तथा अस्पताल चलाउनका लागि आफूहरूलाई कोरोनाको बिरामी भनेर बलजफ्ती अस्पतालमा भर्ना गरेको भन्दै कतिपय बिरामीले २–३ दिनसम्म होहल्ला गर्ने गरेको उनले सुनाइन् ।
‘हामीलाई केही पनि भएको छैन, कुनै रोग नै लागेको छैन, डिस्चार्ज गर्नुपर्यो भनेर भन्ने गर्थे,’ उनले भनिन्, ‘यदि केही भएको छ भने हामी घरमा नै झारफुक गराएर ठीक भइहाल्छौं भनेर होहल्ला गर्ने, असन्तुष्टि व्यक्त गर्ने गर्थे ।’
तर, पछि काउन्सिलिङ गर्दै उनीहरूलाई भर्ना गरेर राखेको उनले बताइन् । काउन्सिलिङ गर्नु नै सबैभन्दा चूनौतीपूर्ण काम भएको उनको अनुभव छ ।
नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जबाट एमबीबीएस गरेकी उनले फिल्पिन्सबाट इन्टरनल मेडिसिनमा एमडी गरेकी थिइन् ।
आफ्नो चिकित्सकीय करिअरमा कोरोना महाव्याधिमा काम गर्नु ऐतिहासिक र स्मरणीय रहेको उनी बताउँछिन् ।
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...