फागुन २८, २०८०
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
केही समयअघि सरोगेसी मदर (भाडाको आमा) विषयक प्रसङ्ग निकै चर्चित थियो । धापासीस्थित ग्रान्डी अस्पतालले शुरू गरेको सो कामसित पंक्तिकार शुरूदेखि नै परिचित थियो ।
यसबारे पंक्तिकारले आफू सम्बद्ध पत्रिकाका साथीहरूसित कुरा गरेको पनि हो तर कारणवश प्रकाशनमा ल्याउन सकेन । तथापि तत्कालै जसो अर्को एक दैनिकले भने शृंखलाबद्धरूपमा प्रकाशमा ल्याउने काम गर्यो ।
पछि व्यापक आलोचना भएकाले सो काम बीचैमा रोकिएको थियो । बुझ्दै जाँदा थाहा भयो यसको शुरूआत अन्यत्र पहिले नै भइसकेको रहेछ र त्यता वैधता पाउन नसकेपछि यहाँ प्रयोग हुन आएको रहेछ ।
यी त भए वर्तमानका कुरा । विगतलाई कोट्याउने हो भने हिन्दू धर्मग्रन्थमा हजारौं वर्षपूर्व नै भाडामा कोख लिने अभ्यास भइसकेको देखिन्छ । यस आलेखमा यसैलाई केलाउने प्रयास गरेको छु ।
हिन्दू धर्मशास्त्र अनुसार कोख सापटी लिने काम सर्वप्रथम महादेव र पार्वतीले गरेका हुन् । उनीहरूलाई तारकासूर नामक असूरको अत्याचार रोक्न ५ मुनिका बालक चाहिएको थियो । यस्तो काम सामान्य व्यक्तिले गर्न नसक्ने प्रस्ट भएपछि महादेवले आफ्नै वीर्यबाट गणेश र कुमारलाई जन्म दिएका थिए ।
यस निम्ति गणेशका लागि कुनै एक मस्त ढोई (हात्तीको पोथी) को खोजी भएको छ भने कुमारका लागि षड्कृतिकाको गर्भ सापटी लिइएको छ । त्यसको लगत्तै जसो हुनुपर्छ भगवान् विष्णुले पनि त्यसै गरेका छन् । उनलाई पनि हयग्रीव (घोडाको जस्तो घाँटी भएको) नामक दानवले नष्ट गरेका सनातन मर्यादा बचाउन ऊ जस्तै जीवको आवश्यकता परेको रहेछ । त्यसैले उनले त्यस्तै जवान घोडीको कोख सापटी लिएर त्यस्तै जीव जन्माएका थिए, जसलाई उनको हैहय अवतार भनिन्छ ।
वैदिक ग्रन्थका अनुसार सप्तऋषिमध्येका भरद्वाज र वशिष्ठ जस्ता महर्षिहरू पनि सापट लिइएको कोखबाट जन्मेका सन्तान हुन् । महर्षि भरद्वाज देवगुरु बृहस्पतिका पुत्र हुन् । उनलाई जन्माउन बृहस्पतिले आफ्नै भाइ उतथ्यकी पत्नी ममताको गर्भ सापटी लिएका छन् ।
महर्षि वशिष्ठ मैत्रावरुणका पुत्र हुन् । उनलाई जन्माउन मैत्रावरुणले उर्वशी अप्सराको कोख सापट लिएका छन् । सूर्यपुत्र अश्विनिकुमार पनि यस्तै कोखका उपज हुन् । उनीहरूका लागि सूर्यदेवले उत्तर कुरुदेशकी एक घोडीको कोख प्रयोग गरेका छन् ।
रामायण र महाभारतमा यसको लामो शृंखला भेटिन्छ । महाभारतको सूत्राधार सत्यवती आफैं भाडाको कोखबाट जन्मेकी प्रभावशाली नारी हुन् । उनलाई जन्माउन बुवा उपरिचर वशुले कुनै जलचर प्राणी मत्सीको कोख सापट लिएका छन् । पछि महर्षि परासरले तिनै सत्यवतीकै कोख सापटी लिएर व्यासलाई जन्माएका छन् । पछि गएर तिनै व्यासले समेत घृताची अप्सराको कोख सापटी लिएर शुकदेवको जन्म दिएका छन्, जसले श्रीमद्भागवत पुराण सुनाएर पाण्डव पौत्र परीक्षितको उद्धार गरेका थिए ।
महाभारतका पात्रहरू द्रोणाचार्य, कृपाचार्य, धृतराष्ट्र, पाण्डु र विदुर समेत भाडाकै कोखका उपज हुन् । महर्षि व्यासले भाइबुहारीद्वय अम्बिका र अम्बालिकाको कोख सापटी लिएर क्रमशः धृतराष्ट्र र पाण्डुलाई जन्म दिएका छन् भने सन्तशिरोमणि विदुरका लागि दाशी (मनोरमा ?) को कोख भाडामा लिएका छन् ।
महारथि द्रोणाचार्य महर्षि भारद्वाजका पुत्र हुन् । उनलाई जन्माउन भारद्वाजले घृताची नामक अप्सराको कोख सापट लिएका छन् । गुरु कृपाचार्यको अवस्था पनि त्यस्तै देखिन्छ । उनका बुवा महर्षि शरद्वान् हुन्, जसले उनका निम्ति जानपदी नामक एक देवकन्याको कोख सापटी लिएका छन् ।
महारथि कर्ण लगायत पाण्डवहरू समेत भाडाकै कोखका उपज हुन् । महारथि कर्णका बुवा सूर्यदेव हुन् । सूर्यदेवले उनका निम्ति राजकुमारी कुन्तीको कोख सापटी लिएका छन् । राजकुमारी कुन्ती तिनै कुन्ती हुन्, जसले हस्तिनापुर नरेश पाण्डुसित विवाहपश्चात् पनि कोख सापटी दिने शिलशिला जारी नै राखेकी छन् । उनले पति पाण्डु सन्तानोत्पादन निम्ति असक्षम छन् भन्ने थाहा पाएपछि धर्मराज, वायुदेव र इन्द्रलाई कोख भाडामा लगाएर क्रमशः युधिष्ठिर, भीमसेन र अर्जुनलाई जन्म दिएकी छन् । उनकी बहिनी (सौता) माद्री मात्र किन पछि पर्थिन् र पछि उनले पनि दिदी कुन्तीकै अनुशरण गर्दै अश्विनिकुमारलाई कोख भाडामा दिएर नकुल र सहदेवलाई जन्म दिएकी छन् ।
महाभारतकी नायिका द्रौपदी र रामायणकी नायिका सीता पनि एक किसिमले सापटी कोखकै उपज हुन् । महाभारतका अनुसार राजकुमारी द्रौपदीका बुवा पाञ्चाल (पञ्जाव ?) नरेश द्रुपद हुनु, जसले द्रौपदीका निम्ति अग्गिगर्भ (यज्ञकुण्ड) लाई प्रयोगमा ल्याएका छन् । रामायणका अनुसार वैदेही सीताजीको जन्म दण्डकारन्य निवासी ऋषिहरूका रगतबाट भएको हो, जुन रगत लंकाधिपति रावणले सुनको घडामा बन्द गरी जमिनमा गाडेका थिए । पछि धर्तीको गर्भ भेदन गरी सोही रक्तघडाबाट सीताजी उत्पन्न भएकी थिइन्, जसलाई मिथिलाधिपति जनकले भेट्टाएका थिए ।
देवकुल र मनुष्य कुल मात्र नभई ऋषिकुल र असूर कुललाई समेत यसको हावाले छाडेको छैन । अयोध्या नरेश दशरथका ज्वाइँ महर्षि ऋष्यसृङ्ग विभाण्डक ऋषिका पुत्र हुन् । उनका जन्म निम्ति विभाण्डकका तर्फबाट मृगिणीको कोख प्रयोग भएका छन् । महारभारतमा व्यासजीले यसको रोचक झाँकी प्रस्तुत गरेका छन् । उनका अनुसार १ दिन तलाउमा स्नान गर्न लागेको बखत उर्वशी अप्सराको नाङ्गो शरीर देखेर ऋषि विभाण्डकको वीर्य स्खलित भएको रहेछ । पछि सो पानी खाने मृगिणीलाई गर्भ रहेकाले सोही गर्भबाट ऋष्यसृङ्गको जन्म भएको हो, जसले ससुराबा दशरथका निम्ति पुत्रेष्टि गराएर राम, भरत, लक्ष्मण र शत्रुघनको जन्म भएको थियो । असूरकूल शिरोमणि महषिसासुरका बुवा रम्भ दानव हुन्, जसले महिष (भैसी) को कोख सापटी लिएर उनलाई जन्माएका थिए । सरसर्ती अध्ययनमा भेटिएका केही केही उदाहरण हुन् यी । खोजेमा हिन्दू धर्मशास्त्रमा यस्ता अनगिन्ती उदाहरण पाउन सकिन्छ ।
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...