×

NMB BANK
NIC ASIA

सरकारलाई सर्वाेच्चकाे प्रश्न: अदालतका फैसलाकाे कार्यान्वयन अवस्था के छ?

असार ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोभिड–१९ सम्बन्धी आदेशको कार्यान्वयन भए नभएको विषयमा सर्वोच्च अदालतले चासो लिएर मंगलबार सम्बन्धित मन्त्रालयसँग छलफल गरेको छ।

Sagarmatha Cement
Muktinath Bank

केन्द्रीय न्याय क्षेत्र समन्वय समिति र न्यायमा पहुँच आयोगको समन्वय एवं सर्वोच्च अदालतले कोरोनाको नियन्त्रणसँग सम्बन्धित मन्त्रालयहरुले आदेश कार्यान्वयनमा गरिरहेको कार्यप्रगतिका बारेमा छलफल आयोजना गरेको हो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दीको अवस्थामा पनि सर्वोच्च अदालतले अत्यावश्यक सेवाअन्तर्गत बन्दी प्रत्यक्षीकरण र जनताको मौलिक हकमा आघात नपुगोस् भन्ने उद्देश्यले कोभिड–१९ सँग सम्बन्धित रिट निवेदनको सुनुवाइ गरी फैसला गरेको थियो । यो अवधिमा सर्वोच्च अदालतमा ४२ वटा रिट निवेदन दर्ता भएका थिए । तीमध्ये २३ वटा रिटमा अन्तरिम आदेश जारी भएका छन् । 


Advertisment
Nabil box
Kumari

कार्यक्रममा केन्द्रीय न्याय क्षेत्र समन्वय समितिका अध्यक्षसमेत रहनुभएका सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतले नागरिकको जीवनरक्षाका लागि गरिएका फैसला तथा आदेशको कार्यान्वयन गर्नुपर्ने बताए। उनले जनताको मौलिक हकको रक्षाका लागि अदालत उदासिन रहन नसक्ने भएकाले राज्यका अन्य निकाय पनि उदासिन हुनु हुँदैन भन्ने अपेक्षा गरिने उल्लेख गरे। 

Vianet communication
Laxmi Bank

न्यायमा पहुँच आयोगकी सदस्य सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले अदालतबाट भएका आदेश कार्यान्वयन कहिले हुन्छ भन्नेभन्दा पनि तत्काल कार्यान्वयन भए नभएको कुरा महत्वपूर्ण हुने बताए।

मुख्यसचिव लोकदर्शन रेग्मीले नागरिकको जीवन रक्षाको विषय सरकारको पहिलो प्राथमिकता रहेको र सर्वोच्च अदालतबाट कोभिड–१९ आदेशले नेपालभित्र र नेपाल बाहिर रहेका नागरिकको विषय पनि उठेकाले सोहीअनुरुप सरकारले आफ्ना काम कारवाही अगाडि बढाएको बताए।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले विषम परिस्थितिमा अत्यावश्यक सेवा नहुँदा जनताको जीवनयापन तथा दैनिकीमा समस्या आउने अवस्था हुन नदिन सेवामा सीमितता गर्दै अदालत सञ्चालनमा ल्याइएको उल्लेख गरे।

परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीको जीवनयापन तथा घर आउन चाहने नेपाली नागरिकलाई फिर्ता ल्याउन उपयुक्त कदम चाल्न आदेश गरेअनुसार सोमबारसम्म छ हजार ४८६  नेपाली फर्किसकेको जानकारी गराए। राष्ट्रपति, प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले आफ्नो समकक्षीमार्फत पनि नेपाली कामदार, विद्यार्थी आदि विदेशमा रहेका नागरिकको संरक्षणका लागि गरिएका प्रयासका बारेमा उनले जानकारी दिए। 

गृहसचिव महेश्वर न्यौपानेले कारागारभित्रै आइसोलेशन, क्वारेन्टिन तथा मनोपरामर्शको समेत व्यवस्था गरिएको र अहिले पनि कोरोना परीक्षण गरेर मात्रै कारागारमा लिने व्यवस्था गरिएको तथा प्रमुख जिल्ला अधिकारीमार्फत उपयुक्त निर्णय लिन निर्देशन दिएको बताए । 

प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले राहत कोष वितरणका सम्बन्धमा अदालतबाट भएको आदेश कार्यान्वयनमा गइसकेको जानकारी दिए।  उनका अनुसार कोषमा रु २३६ करोड जम्मा भएको रु ६५ करोड खर्च भइसकेको जानकारी गराउँदै आइसोलेशन सेन्टर, क्वारेन्टिनलगायतको व्यवस्थापनमा कोषको रकम प्रयोग भइरहेको छ । 

छलफलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव यमकुमारी खतिवडाले बन्दाबन्दीकै समयमा महिला, सुत्केरी, बालबालिका तथा ज्येष्ठ नागरिकको सन्दर्भमा आवश्यक काम गरिरहेको बताए। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले स्रोत साधन र सामथ्र्यको अभावका बीच सर्वोच्च अदालतका फैसला तथा आदेश कार्यान्वयन भइरहेको जानकारी गराए।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x