माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
असार १४, २०७७
रुसमा सन् १९९९ देखि लगातार सत्तामा रहेका राष्ट्रपति भ्लादिमिर पुटिनले आजीवन सत्तामा बस्नका लागि संविधान संशोधनको प्रस्ताव राखेकोमा बुधवार त्यससम्बन्धमा जनमतसंग्रह गरिने भएको छ ।
पुटिनको अहिलेको कार्यकाल सन् २०२४ मा सकिने भए पनि (मतदान खुला भइसकेको) बुधवारको जनमतसंग्रह ले पुटिनलाई पुनः राष्ट्रपति पदमा लड्नका लागि बाटो खोल्ने विश्वास धेरैले लिएका छन् ।
प्रस्तावित संशोधनले अन्य कुराका अलावा राष्ट्रपतिको दुई कार्यकालको अधिकतम सीमालाई हटाउने प्रावधान राखेको छ । अर्थात् पुटिनले चाहेमा थप दुई कार्यकाल चलाउन पाउनेछन् र सन् २०३६ सम्म उनी सत्तामै रहनेछन् ।
पुटिनले अझै १६ वर्ष सत्ता चलाउन पाए भने (कुल ३७ वर्ष) यसअघि जोसेफ स्टालिनले बनाएको कीर्तिमान भंग गर्नेछन् । स्टालिनले ३० वर्षसम्म सोभियत रुसको सर्वशक्तिमान राष्ट्रपतिका रूपमा सत्ता चलाएका थिए ।
अब प्रश्न उठ्छ : पुटिन यति लामो समयसम्म सत्तामा रहन कसरी सफल भए अनि उनको विकल्पमा कोही पनि छैन त ?
सन् १९९९ मा पुटिन प्रधानमन्त्री बन्दा रुसको हालत एकदमै नाजुक थियो । सोभियत संघको पतन भएको सात वर्षमा राष्ट्रपति बोरिस येल्तसिनको नेतृत्वमा रुसमा स्वदेशी तथा विदेशी पूँजीपतिहरूको खुलमखुला लुट कायम थियो । अर्थतन्त्र धराशायी बनेको थियो ।
पुटिनले पूँजीवाद र लोकतन्त्रकै मार्ग अनुसरण गर्दै रुसी अर्थतन्त्रलाई उकास्ने काम गरे । राष्ट्रपति हुँदाका आरम्भिक दुई कार्यकालमा उनले उदारवादी आर्थिक सुधारलाई सहजीकरण गर्ने कानून ल्याए ।
त्यस अवधिमा रुसमा व्याप्त गरीबी आधाभन्दा कम भयो र कुल गार्हस्थ्य उत्पादनमा वृद्धि भयो । उनले स्वास्थ्य, शिक्षा, आवास तथा कृषिको क्षेत्रमा राष्ट्रिय प्राथमिकताका योजना ल्याए जसले ती क्षेत्रमा आमूल परिवर्तन ल्यायो ।
तन्नम भइसकेको मुलुकलाई संसारको ११औं ठूलो अर्थतन्त्र बनाउन पुटिनका प्रभावकारी नीतिहरू नै जिम्मेवार छन् ।
त्यसबीचमा पुटिनले अशान्त चेचेन्यालाई पनि शान्त बनाए । चेचेन्या अशान्त हुन्जेल रुसमा आतंकवादी आक्रमणहरू भइरहने गर्थे ।
उनले सन् २००७ मा रमजान कादीरोभलाई चेचेन्याको राष्ट्रपति बनाए । खतरनाक मिलिसिया समूहका नेता कादीरोभलाई आफूसँग सहकार्य गर्न लगाएर पुटिनले चेचेन्या समस्या समाधान गरे ।
अनि अमेरिका नेतृत्वको नेटो संगठनबाट रुसलाई सुरक्षित बनाउन पुटिनले क्राइमियालाई रुसमा मिसाए अनि जर्जियामा सैनिक पठाए । आफ्नो छिमेकमा रहेको प्रभावक्षेत्रलाई सुरक्षित पार्न उनले गरेको प्रयासका कारण रुसले विश्व राजनीतिमा आफूलाई शक्तिशाली मुलुकका रूपमा उभ्याउन सकेको छ ।
क्राइमियालाई रुसमा मिसाउँदा पश्चिमी मुलुकहरूले लगाएको नाकाबन्दीका कारण रुसको अर्थतन्त्रमा असर त परेको छ तर अर्थतन्त्र धराशायी हुने पूर्वानुमानहरू विफल भएका छन् । सार्वजनिक खर्चमा कटौती गरेर, बैंक र प्रमुख वित्तीय संस्थाहरूलाई ब्यालेन्स शीट चुस्तदुरुस्त राख्न लगाएर, आयातित वस्तुको विकल्पका लागि खर्बौं रुबल खर्च गरेर अनि देशको प्राकृतिक ऊर्जाको राम्रोसँग बजारीकरण गरेर पुटिनले रुसलाई नाकाबन्दीसँग अनुकूलन गर्न समर्थ बनाए ।
देशलाई थप मजबूत बनाउन बहुध्रुवीय विश्वका पक्षधर पुटिनले युरोपमा मात्र निर्भर नरही एसियाली मुलुकहरूसँगको आर्थिक र सैन्य साझेदारी पनि बढाएका छन् । एसियाका विकासशील देशहरू रुसमा भएको ऊर्जास्रोतप्रति आकर्षित छन् ।
पुटिनले चीनसँग प्राकृतिक ग्यासका लागि दुई ठूला सम्झौता गरेका छन् । त्यसैगरी उनले उत्तर कोरियामा रेलमार्ग प्रविधि निर्यात गरेका छन् ।
पुटिनको परराष्ट्रनीतिलाई रुसीहरूले प्रशंसा गर्छन् किनकि उनले पश्चिमी प्रभुत्ववादलाई सधैं चुनौती दिँदै आएका छन् । चीनसँग मिलेर उनले अमेरिकाको सैन्य तथा राजनीतिक शक्तिलाई सन्तुलनमा राख्ने काम गरिरहेका छन् ।
सन् २०१६ को अमेरिकी चुनावमा रुसको हस्तक्षेप रहेको भनी गरिएको स्वीकारोक्तिले पनि रुसको शक्तिको अनुमान लगाउन सकिन्छ ।
अनि रुसले अत्याधुनिक हतियार तथा आणविक बमहरूको निर्माण गरेर आफू निकै शक्तिशाली राष्ट्र भएको साबित गरिसकेको छ ।
अमेरिकाले इराक र अफगानिस्तानमा अन्त्यहीन युद्ध गरेकोमा पुटिनले सधैं त्यसको विरोध गरिरहे । अमेरिकी प्रभुत्वलाई चुनौती दिँदै उनले सिरियामा बशर अल–असदको सरकारलाई निरन्तर समर्थन गरिरहे ।
सिरिया अमेरिकाको कब्जामा गएपछि उसले इरानमाथि आक्रमण गर्ने अनि इरानमा प्रभुत्व जमाउन सफल भएमा रुसमाथि आक्रमण गर्ने योजना थाहा पाएका पुटिनले त्यसो हुन नदिन आफूअनुकूलका शासक असदलाई समर्थन गरिरहेका हुन् ।
विश्व राजनीतिमा दह्रो शासकको छवि निर्माण गर्न सफल पुटिनले अर्धनग्न भएर आफ्नो सुगठित शरीर देखाउँदै घोडचढी गरेका तस्वीर पनि यदाकदा सार्वजनिक गर्ने गरेका छन् । उनले बाघसँग कुश्ती खेलेको तस्वीरहरू पनि आएका छन् जसबाट उनको बलियो व्यक्तित्व झल्काएको छ ।
मजबूत व्यक्तित्वकै कारण उनले आफ्ना विरुद्धमा हुने विरोध प्रदर्शनहरूलाई दबाइदिने गरेका छन् । सन् २०११ मा विपक्षीहरूले गरेको प्रदर्शन बृहत्तर आन्दोलनमा परिणत हुने छाँट देखिएपछि पुटिनले उनीहरूविरुद्ध अनेकौं फौजदारी मुद्दा लगाएर पन्छाइदिएका थिए । वस्तुतः रुसमा विपक्ष छैन नै भन्दा हुन्छ ।
अनि देशमा अराजकता फैलाएको भन्दै पुटिनले विदेशी दातृसंस्थाबाट पैसा ल्याएर चलेका गैरसरकारी संस्थाहरूलाई नियमन गरेका छन् । त्यस्ता संस्थालाई उनले ब्वाँसा र देशद्रोही नाम दिएका छन् ।
सन् २०१२ मा उनले ल्याएको कानूनअनुसार, गैरसरकारी संस्थाले आफ्ना प्रकाशनहरूमा आफूलाई विदेशी एजेन्ट भन्नुपर्छ र लेखापरीक्षण गराउनुपर्छ । यसो नगरेमा उनीहरूलाई कडा जरिवाना लगाइने व्यवस्था छ ।
अनि पुटिनले देशमा परम्परागत मूल्यमान्यतालाई प्रोत्साहन गर्ने कदम पनि चालिरहेका छन् । सन् २०१३ मा उनले समलिंगीहरूलाई प्रचारबाजी गर्न रोक लगाएका थिए । अनि टेलिभिजन, रेडियो र चलचित्रहरूमा छाडा शब्द प्रयोग गर्दा कठोर जरिवाना तिर्नुपर्ने कानून पनि उनले ल्याएका छन् ।
अनि सन् २०१४ मा सोची शहरमा शीतकालीन ओलम्पिक तथा सन् २०१८ मा फूटबल विश्वकप आयोजना गरेर उनले देश अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता आयोजना गर्न समर्थ रहेको सिद्ध गरेका छन् । त्यसले पनि रुसको प्रतिष्ठा बढाएको छ ।
यी सबै उपलब्धिका कारण रुसमा पुटिनको लोकप्रियता उच्च छ । सन् २०२० को मार्च महिनामा गरिएको लेभादा सेन्टर नामक स्वतन्त्र संस्थाले गरेको सर्वेक्षणमा पुटिनको समर्थन सूचकांक ५९ प्रतिशत थियो ।
त्यसमाथि पुटिनको भरपर्दो विकल्प पनि रुसमा देखिएको छैन । खासमा संविधान संशोधन गरेर अझै १६ वर्ष आफैं राष्ट्रपति बन्ने पुटिनको चाहना पनि गतिलो उत्तराधिकारी नभएरै हो ।
पुटिनका सम्भावित उत्तराधिकारीहरू दिमित्री मेदभेदेभ, मिखाइल मिशुस्तिन, भ्यालेन्टिना मात्भिएन्को, सर्गे सोब्यानिन लगायत छन् तर उनीहरूको समर्थन सूचकांक दोहोरो अंकमा समेत छैन । रक्षामन्त्री सर्गे शोइगुले १९ प्रतिशत समर्थन पाएका छन् तर राष्ट्रपति बन्नैका लागि त्यो निकै कम अंक हो ।
अनि रुसी मतदाताको एक पूरै पुस्ता उनकै शासनमा हुर्किएको हो । देशलाई महाशक्ति बनाउन, अर्थतन्त्र स्थिर पार्न र देशमा आतंकवादी आक्रमणको जोखिम घटाउन पुटिनले गरेको योगदानका बारेमा यो पुस्ता अवगत छ र यसले उनलाई निकै मन पराउँछ ।
अनि रुसमा पुटिनलाई टक्कर दिने गतिलो विपक्ष पनि छैन । विपक्षी नेता अलेक्से नभाल्नीको चर्चा त हुने गर्छ तर सर्वेक्षणमा नभाल्नीप्रति रुसी जनताको समर्थन जम्मा ३ प्रतिशत देखियो । अर्थात् उनीसँग राष्ट्रपति बन्न सक्ने लोकप्रिय मत छैन ।
यस्तो स्थिति रहेकाले रुसी मतदाताका लागि पुटिनको विकल्प नै छैन । पुटिन जति अनुभवी, विश्वसनीय र देश चलाउन सक्षम अन्य कुनै पनि नेता उनीहरूले देखेका छैनन् ।
त्यसैले अबको डेढ दशक पनि रुस पुटिनकै शासनमा रहने देखिएको छ । बुधवार हुने जनमतसंग्रहले त्यसलाई औपचारिकता दिने देखिन्छ ।
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...