×

NMB BANK
NIC ASIA

पत्रकारलाई निष्काशन गर्ने, पारिश्रमिक कटौती गर्ने समस्या देखिएको महासङ्घको ठहर

असार १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

श्रमजीवी पत्रकारको पेशागत सुरक्षा र अधिकार स्थापित गर्न दबाबमूलक कार्यक्रमका साथै सञ्चार उद्यमीसँग वार्तालाई पनि अघि बढाउन नेपाल पत्रकार महासङ्घका पूर्वपदाधिकारीले सुझाव दिएका छन् ।

Muktinath Bank

महासङ्घको उपलब्ध पदाधिकारी तथा सदस्यको यही असार १५ को बैठकले यसअघि सञ्चारगृहमा समयसीमासहित बुझाइएको चेतावनीको समेतका आधारमा यही असार १९ गते बबरमहलमा श्रमजीवी पत्रकारको पेशागत सुरक्षा र अधिकार स्थापित गर्न बृहत् प्रदर्शन गर्ने निर्णय गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो निर्णय कार्यान्वयनका सन्दर्भमा आज महासङ्घले गरेको छलफलमा पूर्वअध्यक्षहरु डा सुरेश आचार्य, धर्मेन्द्र झा र डा महेन्द्र विष्टसहित विभिन्न पत्रकार सङ्गठनका प्रतिनिधिले श्रमजीवी पत्रकारको रक्षाका लागि महासङ्घले अघि सारेका कार्यक्रम उपयुक्त भएको बताउँदै वार्ता र अन्य पहलबाट पनि पेशागत सुरक्षा दिलाउनु पर्ने सुझाव दिए। 


Advertisment
Nabil box
Kumari

उनीहरुले कोरोना भाइरसका कारण सञ्चार क्षेत्रमा आर्थिक सङ्कट आउनु स्वाभाविक भए पनि कतिपय राम्रै आम्दानी गरेर अन्य व्यवसायमा समेत लगानी गरेका सञ्चार गृहले यही बहानामा पत्रकारलाई पहिले निसाना बनाउनु खेदजनक भएको उल्लेख गरे।

Vianet communication
Laxmi Bank

छलफलमा नेपाल प्रेस युनियनका महासचिव अजय शिवाकोटी, प्रेस सङ्गठनका केन्द्रीय नेता मनोज घर्ती, महासङ्घका पूर्वकेन्द्रीय सदस्यहरु मातृका पौडेल, जनक नेपाल, प्रभात चलाउनेलगाउतले प्रभावकारी कार्यक्रमबाट श्रमजीवी पत्रकारको हित रक्षा गर्न र यसका लागि सम्बन्धित सञ्चार गृहका सञ्चालक र सम्पादकसँग पनि छलफल गर्न आग्रह गरे।  

महासङ्घका अध्यक्ष गोविन्द आचार्यले प्राप्त सुझावका आधारमा आन्दोलन र अन्य उपचारका लागि क्रियाशील रहने जनाए। बन्दाबन्दीको अवधिमा श्रमजीवी पत्रकारलाई निष्काशन गर्ने, बेतलबी बिदामा राख्ने, पारिश्रमिक कटौती गर्ने, काम गर्ने वातावरण नदिने र जिम्मेवारविहीन गराउने जस्ता जटिल समस्या देखिएको महासङ्घको ठहर छ ।

महासङ्घले यही असार २० गतेदेखि आकस्मिकरुपमा धर्ना, घेराउ र कालो ब्यानर राख्नेलगायतका विरोध कार्यक्रमका कार्यतालिका तय गरेको छ । श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका लागि नेपाल सरकार, संसदीय समिति, पेशागत सङ्घसङ्गठन, संयुक्त राष्ट्रसङ्घ, अन्तरराष्ट्रिय पत्रकार महासङ्घ (आईएफजे), अन्तरराष्ट्रिय श्रम सङ्गठन (आईएलओ) लगायतका राष्ट्रिय, अन्तरराष्ट्रिय समुदायलाई ऐक्यबद्धताका लागि आग्रह गरिसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x