×

NMB BANK
NIC ASIA

श्रीलंकाले भारतीय प्रोजेक्ट रोकेको संकेत

असार १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

एक वर्षअघि श्रीलंकाको तत्कालीन सरकारले भारत र जापानसँग कोलम्बोमा ईस्ट कन्टेनर टर्मिनल बनाउने विषयमा सम्झौता गरेको थियो । 

Muktinath Bank

तर अहिले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपक्षेले यस प्रोजेक्टमा अन्तिम निर्णय लिइनसकिएको बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार तमिल मिडियाका सम्पादकहरूलाई सम्बोधन गर्दै राजपक्षेले भने, ‘यो सम्झौता श्रीलंकाका तत्कालीन राष्ट्रपति मैत्रीपाला सिरिसेना र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको थियो । तर हामीले यसमा कुनै फैसला गरेका छैनौं ।’
 


Advertisment
Nabil box
Kumari

राजपक्षेको बयानले पाइएको संकेत के हो भने भारतले इच्छा देखाएको रणनीतिक बन्दरगाह परियोजना अब उसले नपाउने सम्भावना छ । 
 

Vianet communication
Laxmi Bank

ईसीटी परियोजनाका विषयमा श्रीलंकामा विवाद छ । त्यहाँको राष्ट्रवादी समूहले त्यसमा कुनै पनि विदेशी मुलुकको संलग्नता हुनु नहुने बताएको छ । 

सन् २०१९ को मे महिनामा श्रीलंका, जापान र भारत यस प्रोजेक्टको समझदारी बनाउने चरणमा पुगेका थिए । ७० करोड डलरको अनुमानित लागत भएको यस परियोजनामा सहमति बनेको थियो । प्रोजेक्टमा ५१ प्रतिशत शेयर जापानको अनि ४९ प्रतिशत शेयर भारतको हुने कुरा थियो । 

तर यसको स्वामित्व श्रीलंका पोर्ट्स अथोरिटीसँग नै हुने प्रावधान थियो । ईसीटीबाट ७० प्रतिशत कारोबार भारतसँग हुनुपर्ने थियो । 
 

ईसीटी प्रोजेक्टको विषयमा श्रीलंकाका तत्कालीन राष्ट्रपति सिरिसेना र प्रधानमन्त्री विक्रमसिंघेबीच विवाद थियो । विक्रमसिंघे यस टर्मिनलबाट श्रीलंका शिपिङ हब बन्ने विश्वास गर्थे भने सिरिसेना यसमा विदेशी लगानी ​चाहँदैनथिए । 
 

ईसीटी कोलम्बो इन्टरनेसनल कन्टेनर टर्मिनल नजिक छ । कोलम्बो इन्टरनेसनल कन्टेनरलाई चाइना मर्चेन्ट्स पोर्ट होल्डिंग्स कम्पनी लिमिटेड र पोर्ट्स अथोरिटीले मिलेर बनाएका हुन् । 

त्यसमा चिनियाँ कम्पनीको ८५ प्रतिशत शेयर छ । 
 

श्रीलंकामा भारत र चीनबीच प्रतिस्पर्धा छ । तर त्यहाँ भारतका प्रोजेक्टको कुरा मात्र हुन्छ भने चीन चाहिँ टुंगोमा पुर्‍याउन सफल हुन्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x