×

NMB BANK
NIC ASIA

फ्रान्सका प्रधानमन्त्री एडूआर्ड फिलिप्पेले दिए राजीनामा

असार १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

फ्रान्सका प्रधानमन्त्री एडूआर्ड फिलिप्पेले पदबाट राजीनामा दिएका छन् तर नयाँ मन्त्रिपरिषद् गठन नहुँदासम्म उनी कार्यवाहकका रूपमा रहने फ्रान्सेली राष्ट्रपतिको कार्यालयले शुक्रवार जनाएको छ । 

Muktinath Bank

राष्ट्रपति इम्मानुएल म्याक्रोंले फिलिप्पेको राजीनामा स्वीकार गरेका छन् । सन् २०१७ मा प्रधानमन्त्री बनेका फिलिप्पेले नयाँ सरकार गठन नहुन्जेल मन्त्रीहरूका साथ सरकार चलाइरहने बताए । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

म्याक्रोंले राष्ट्रपति कार्यकाललाई नवीनता दिने प्रतिज्ञा गरेपछि प्रधानमन्त्रीको राजीनामा आएको हो । बिहीवार उनले अब नयाँ समूहले आर्थिक पुनरुत्थान तथा पुनर्निर्माणको जिम्मा लिने बताएका थिए । 


Advertisment
Nabil box
Kumari

राष्ट्रपति कार्यालयले फिलिप्पेको बहिर्गमनको कारण खुलाएन । उनलाई पुनर्नियुक्ति गरिने विषयमा पनि कुनै संकेत दिइएको छैन । मन्त्रिपरिषद् हेरफेरमा यसअघि प्रधानमन्त्रीलाई दोहोर्‍याउने चलन छ । 

Vianet communication
Laxmi Bank

आजै नयाँ प्रधानमन्त्रीको घोषणा हुने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 
 

फिलिप्पेले हाभ्र शहरको मेयर हुन चाहेको बताएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x