मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
असार २०, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमति जुट्न नसक्दा नेकपा स्थायी कमिटीको बैठक असार २२ गते सोमवारसम्मको लागि स्थगित भएको छ ।
शुक्रवार दिनभरमा सहमति खोज्न भन्दै बिहीवार बसेको स्थायी कमिटी बैठक आज शनिवारसम्मको लागि स्थगित गरिएको थियो ।
स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले सोमवारसम्म बैठक स्थगित भएको लोकान्तरलाई जानकारी दिए ।
ओली– प्रचण्डबीच शुक्रवार भएको वार्ता निश्कर्षबिहीन भएपछि स्थायी कमिटीको आजको बैठक स्थगित भएको हो ।
शुक्रवारको छलफलमा प्रचण्डले आलोपालो प्रधानमन्त्री बन्ने २०७५ जेठ २ गतेको सहमतिमा फर्किन प्रस्ताव गरेका थिए । ओलीले भने प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने र पाँच वर्षसम्म आफैले सरकार चलाउने गरी २०७६ मंसिरमा भएको सहमति कार्यान्वयनमा जोड दिएका थिए ।
स्थायी कमिटी सदस्य गजुरेलले दुई अध्यक्षबीच शनिवार दिउँसो छलफल हुने बताए ।
‘संवादहीनताको स्थिती अन्त्य भएको छ, अध्यक्षद्वयबीच सहमति गरेर स्थायी कमिटी बस्छ,’ गजुरेलले भने ।
अर्का स्थायी कमिटी सदस्य गणेश साहले दुई अध्यक्षबीच छलफलका लागि बैठक सोमवारसम्म स्थगित भएको जानकारी गराए । असार १० गतेदेखि शुरू भएको नेकपा बैठकमा गत मंगलवार प्रचण्डलगायत शीर्ष नेताले प्रधानमन्त्रीबाट ओलीको राजीनामा माग गरेपछि नेकपा बिबाद पेचिलो बनेको छ ।
दिउँसो बस्ने बैठकअघि ओली प्रचण्ड दुवै नेताले आफू निकटस्थहरुसँग परामर्श गरेका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...