×

NMB BANK
NIC ASIA

कोरोना रोकथामसँगै अर्थतन्त्र माथि ल्याउनसमेत काम गरिरहेको छ- परराष्ट्रमन्त्री ज्ञवाली

असार २०, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली जनतालाई कोरोना सङ्क्रमणबाट जोगाउन  र कोरोनाका कारण गिरेको अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन सरकारले काम गरिरहेको बताएका छन्।

Muktinath Bank

सरकारले कोरानाको कहरबाट देशलाई सुरक्षित राख्नका लागि निरन्तर कार्य गरिरहेको उल्लेख गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले कोरोनाको कारण गिरेको अर्थतन्त्रलाई पुनर्ताजगी गर्ने कार्यलाई  पनि सरकारले गम्भीरतापूर्वक लिएको बताए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको नवौँ वार्षिक साधारण तथा राष्ट्रिय ज्ञान सम्मेलनलाई शनिबार अनलाइन सम्बोधन गर्नुहुँदै परराष्ट्रमन्त्री ज्ञवालीले कोरोनाको यो महामारीबाट विश्व नै प्रभावित भएको र विश्वकै अर्थतन्त्र नै गिरेको अवस्थामा नेपालको अर्थतन्त्र उकास्न सरकारको एकल प्रयास मात्रै पर्याप्त नहुने भएकाले देशभित्र र देशबाहिर रहेका सबै नेपालीको सहकार्य जरुरी रहेको बताए।


Advertisment
Nabil box
Kumari

'कोरोनाको सङ्क्रमण रोक्न र सङ्क्रमण भएकाहरुलाई सुरक्षित क्वारेन्टिनमा राख्न सरकारले बन्दोबस्त मिलाएको छ । परीक्षणको दर पनि बढाइएको छ,' मन्त्री ज्ञवालीले भने, 'यस महामारीले अर्थतन्त्रमा गहिरो खाल्डाहरु बनाएको छ । आर्थिक चुनौती थपिएको छ । पर्यटन क्षेत्र ध्वस्त हुँदैछ । यस्तो बेला सबैको साथको खाँचो छ । सरकारको प्रयासमात्र पर्याप्त नहुन सक्छ।' 

Vianet communication
Laxmi Bank

प्रत्येक वर्ष पाँच लाख विश्व श्रम बजारमा जानेहरु छन्। त्यो अहिले सम्भावना देखिँदैन । करीब १० लाखको सङ्ख्या बाहिर रहनुभएकाहरु फर्कने अनुमान छ । कूल १५ लाखभन्दा बढीलाई तत्काल स्वदेशमा नै रोजगारी सुनिश्चितता गर्नुपर्ने अवस्था छ । परराष्ट्रमन्त्री ज्ञवालीले भने, 'यस पक्षलाई सरकारले गम्भीरतापूर्वक हेरेको छ ।' अर्थतन्त्रलाई पुरानो लयमै फर्काउन सरकारले तयारी गरिरहेको छ । यस कार्यमा गैरआवासीय नेपालीको पनि साझेदारी रहन्छ भन्ने सरकारलाई विश्वास छ। 

सो अवसरमा नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले कोरोनापछिको नेपालका बारेमा समेत बहस र छलफल हुनुपर्ने बताए। स्वदेश फर्किनुभएका नेपालीहरुलाई नेपालमै रोजगारी कसरी दिने भन्ने सन्दर्भमा अब हामी सबैको ध्यान केन्द्रित हुनुपर्ने नेता कोइरालाको भनाइ थियो। एक अर्को प्रसङ्गमा नेता कोइरालाले गैरआवासीय नेपालीलाई नागरिकता दिने विषय अब विवाद वा छलफलको विषय नभएको बताउँदै संविधानले सुनिश्चित गरिसकेकाले अब त्यसको कार्यान्वयनमात्र बाँकी रहेको उल्लेख गरे। 

 पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले कोरोनाका कारण मानवीय क्षतिसँगै मुलुकको आर्थिक तथा सामाजिक पक्षमा समेत असर पुगेको बताए। उनले भविष्यमा आउन सक्ने खाद्य सङ्कटदेखि आर्थिक समस्याप्रति गम्भीर भई काम गर्नुपर्नेमा वर्तमान सरकार यस्तो विषम परिस्थितिमा पनि सत्ता सङ्घर्षमा नै केन्द्रित रहेको आरोप लगाए। पूर्वपरराष्ट्रमन्त्री महतले सरकारले संसद स्थगित गरेर कुनै पनि विषयमा छलफल गर्न नचाहेको प्रस्ट भएको भन्दै हठात रुपमा संसद् स्थगित गर्नु सरकारको कमजोरी भएको बताए। 

एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहको अध्यक्षता र महासचिव पशुपति पाण्डेको सञ्चालनमा भएको साधारणसभा उद्घाटनमा बोल्दै अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्कीले विदेशमा रहेका नेपाली स्थायी रुपमै नेपालका दूत भएको बताए। उनले देशबाहिर रहेका नेपालीको गतिविधि र क्रियाकलापसँग नेपालको पहिचान जोडिएको उल्लेख गर्दै यसलाई मनन गरेर देशको छवि बढाउने गतिविधि गर्न एनआरएनमा आग्रह गरे।

यसैगरी, गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तले एनआरएनएले सरकारसँग मिलेर काम गरिरहेको बताउँदै आगामी दिनमा समेत सरकारसँग सहकार्य गरी काम गरिने उल्लेख गरे। उनले विभिन्न श्रम गन्तव्य देशबाट नेपाल फर्किएका नेपालीलाई नेपालमै रोजगारको सुनिश्चितता गर्ने सरकारले सुरु गरेको प्रयास सकारात्मक भएको र यस कार्यमा एनआरएनए सक्दो सहयोग गर्ने बताए। 

अमेरिकाको मेरिल्यान्ड राज्यको तल्लो सदनका हाउस अफ डेलिगेट्स ह्यारी भण्डारीले गैरआवासीय नेपालीहरु जुन देशमा बसेका छन् त्यो देशको राजनीतिमा पनि पाइला अघि बढाउनुपर्नेमा जोड दिए। साधारणसभा सँगै राष्ट्रिय ज्ञान सम्मेलनमा विभिन्न शीर्षकमा गोष्ठीको आयोजन गरिएको र विषयगत विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने साधारणसभा तथा सम्मेलनका संयोजक एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष डा अर्जुन बञ्जाडेले जानकारी दिए।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x