×

NMB BANK
NIC ASIA

राष्ट्रपति र मविरुद्ध षड्यन्त्र भयो : ओली

असार २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपाभित्र शक्ति संघर्ष चुलिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र आफूविरुद्ध षड्यन्त्र भइरहेको भन्दै जुनसुकै कदम चाल्ने अवस्था आउन सक्ने भएकाले आ–आफ्नो कित्ता क्लियर गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर फर्केपछि साँझ ७ बजे उनले पार्टीभित्रैबाटै राष्ट्रपति र प्रधानमन्त्री दुवैलाई हटाउने षड्यन्त्र भइरहेको मन्त्रीहरूलाई बताए । ‘तपाईंहरूले अहिलेको परिस्थिति बुझ्नुभएकै छ, पार्टीभित्रैबाट साथीहरू राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने अभियानमा लाग्नुभएको छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘तर म अन्तिमसम्म यसको सामना गर्छु ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहमतिका लागि छलफल गर्न भन्दै स्थायी कमिटी बैठक दुई दिन रोकिएको अवस्थामा प्रधानमन्त्री ओलीले शनिबार साँझ बालुवाटारमा मन्त्री र आफ्ना सल्लाहकारहरूलाई समेत बोलाएर पछिल्लो परिस्थिति अवगत गराएका हुन् ।


Advertisment
Nabil box
Kumari

ओलीले पार्टी विभाजनको संघारतिर लागिरहेको भन्दै आफ्नो पक्षमा हुने र नहुनेहरूले कित्ता क्लियर गर्नुपर्ने बताए । ‘हामीमाथि ठूलो षड्यन्त्र भएपछि तपाईंहरूलाई जानकारी दिऊँ भनेर यो बैठक बोलाएको हुँ, अहिले थप छलफल गर्ने समय भएन,’ प्रधानमन्त्रीले भने, ‘यो विषयमा फेरि अर्काे छलफल गरौंला, सोच्दै गर्नुुस्, अर्काेपटक बस्दा मेरो पक्षमा हो कि विपक्षमा हो, साइड क्लियर गरेर आउनुस् ।’

Vianet communication
Laxmi Bank

‘देशमा कोरोनाको प्रभाव बढ्दै गइरहेको छ, बाढीपहिरोले जनजीवन कष्टकर भइरहेको छ, यता साथीहरू मेरो राजीनामा माग्दै हुनुहुन्छ । उहाँहरू नै राष्ट्रपतिलाई महाअभियोग लगाउन कानुनी सरसल्लाहमा लाग्नुभएको बुझेको छु,’ प्रधानमन्त्रीले बैठकमा भने, ‘परिस्थिति यस्तै छ, हामीविरुद्ध भएको षड्यन्त्रलाई मैले बाई वर्ड, बाई स्टेप पराजित गर्नुपर्ने हुन सक्छ, त्यो बेला तपाईंहरूले पनि आफ्नो कित्ता क्लियर गर्नुपर्छ ।’

राष्ट्रपतिलाई भेटेर फर्किएलगत्तै प्रधानमन्त्रीले मन्त्रीहरूलाई आ–आफ्नो साइड सोच्न आग्रह गरेका हुन् । बैठकमा ओलीले आफ्नोमात्रै कुरा सुनाउन बोलाएको र मन्त्रीहरूको कुरा पछि सुन्ने बताए पनि मन्त्रीहरू वर्षमान पुन, घनश्याम भुसाल र पार्वत गुरुङले धारणा राखेका थिए ।

ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले यस्ता कुरा पार्टी बैठकमै गर्नुपर्ने भन्दै शंकाका भरमा षड्यन्त्र भयो भन्दै हिँड्न नहुने बताए । ‘पार्टी कमिटी बैठक चलिरहेको छ, विषयवस्तु त्यही राख्दा कसले, कसरी षड्यन्त्र गरेको हो भन्ने पनि आउन सक्छ,’ पुनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘कित्ता स्पष्ट पार्ने छलफल पार्टी कमिटीकै बैठकमा गरौं, यहाँ नगरौं ।’ उनले आफूहरू पनि सांसद भएकाले नै मन्त्री बनेको भन्दै संसदीय दलभित्रै यस विषयलाई छलफलमा लैजान सकिने धारणा राखेका थिए ।

त्यसपछि मन्त्री भुसालले शीर्ष नेताहरू अनावश्यक हल्लाको बहकाउमा लागेको उदाहरण आफूसँग धेरै भएको भन्दै सूचनाको दुरुपयोग भएको कुरा बुझ्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । ‘अफवाहहरूले हामीलाई बगाएका थुप्रै उदाहरण छन्, कहिलेकाहीँ म हाम्रा शीर्ष नेताहरू बहकिएको देख्छु, प्रधानमन्त्रीज्यू यो विषयलाई राम्ररी ख्याल गर्नुहोला,’ मन्त्री भुसालले भने । मन्त्री भुसालले पहिलो विश्वयुद्धका बेला भएको पुँजीपतिहरूले हत्यारा भन्दै गर्ने गरेको पोस्टर पम्प्लेटिङको उदाहरण दिँदै अहिले यहाँ पनि त्यस्तै खालका अफवाह बढी चलेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपतिलाई हटाउन दाहाल–नेपाल समूहले कानुनी परामर्श गरेको भन्ने शुक्रबार सूचना आएको थियो । त्यो सूचनाकै आधारमा ओलीले राष्ट्रपतिविरुद्ध महाअभियोगको आशंका गरेका थिए । मन्त्री भुसालले प्रधानमन्त्रीलाई त्यो कुरा गलत भएको भन्दै सम्झाउने प्रयास गरेका थिए । ‘हिजो राष्ट्रपतिविरुद्ध षड्यन्त्र भयो भनिएको सूचनाको मैले भेरिफाई गरें । मसँग यथेष्ट प्रमाण छन्, कुनै पनि त्यस्तो कुराकानी भएको छैन,’ मन्त्री भुसालले भने । यस्ता अफवाहबाट बच्नुपर्ने उनको प्रधानमन्त्रीलाई आग्रह थियो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री गुरुङले प्रधानमन्त्रीलाई पार्टीको बहुमतका आधारमा हटाउन खोजिए संसदीय दलमा बहुमत पुर्‍याउन बाध्य हुने बताए । निर्वाचित प्रधानमन्त्रीलाई हटाउन षड्यन्त्र भए आफूहरू जुन हदमा पनि जान सक्ने भन्दै उनले बैठकमै आफ्नो कित्ता स्पष्ट पारेका थिए । ‘राष्ट्रिय संकट परेका बेला नेतृत्वलाई बल पुर्‍याउनुपर्छ,’ उनले भनेका थिए, ‘यस्तो बेलामा गणितीय कुरा गरेर हँुदैन ।’ नौ सदस्यीय सचिवालय र स्थायी कमिटीभन्दा माथि केन्द्रीय कमिटी रहेको उल्लेख गर्दै उनले अहिलेको अवस्थामा नेतृत्व परिवर्तन गर्न नहुने धारणा राखेका थिए । आफ्नो कुरामात्र भन्नका लागि बैठक बोलाएको भन्दै कुरा सुरु गरेका ओलीले केही मन्त्रीहरूले बोलेपछि थप समय नभएको भन्दै छलफल सकेका थिए ।

प्रधानमन्त्रीले त्यसपछि आफ्नो समूहमा रहेका मन्त्रीहरूसँग एक्लाएक्लै परामर्श गरे । मन्त्रीहरूसँग अनौपचारिक छलफल गर्नुअघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । त्यहाँ उनीहरूबीच करिब ४५ मिनेट छलफल भएको थियो ।

आ–आफ्नो समूह दिनभर व्यस्त

सहमतिका लागि थप समय चाहिने निष्कर्षसहित जारी स्थायी कमिटीलाई दुई दिन स्थगन गरेका नेकपा शीर्ष नेताहरू शनिबार दिनभर आ–आफ्नो समूहको बैठकमा व्यस्त रहे । एकता जोगाउनुपर्छ भनेर केन्द्रीयस्तरका नेताहरू पार्टी मुख्यालय धुम्बाराहीमा धर्ना बसिरहे । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको निवासमा पार्टीका केन्द्रीय सदस्यसमेत रहेका सांसदहरूको शनिबारै एकताका लागि दबाब सिर्जना गर्ने उद्देश्यले भेला भयो । अध्यक्षद्वय भने दिनभर गुटगत भेलामै केन्द्रित रहे । ओलीले बालुवाटारमा आफ्नै पक्षका नेताहरूसँग परामर्श गरिरहँदा अर्का अध्यक्ष पुष्पकमल दाहाल खुमलटारमा त्यही प्रकृतिकै छलफलमा व्यस्त रहे ।

प्रधानमन्त्री ओली बिहानैदेखि आफूनिकटका नेताहरू, मन्त्री तथा सांसदसँगको छलफलमा व्यस्त थिए । ती सबै छलफलमा उनले अहिले पार्टीभित्र गहिरो समस्या आइपरेको बताएका थिए ।

खुमलटारमा पनि अध्यक्ष दाहालले आफू निकटस्थहरूसँग छलफल चलाए । ‘शनिबार ४ बजे दुई अध्यक्षका बीचमा छलफल हुने कुरा थियो, प्रधानमन्त्रीले फोन गरेर आइतबार बिहान १० बजेका लागि बैठक सारौं भन्नुभयो,’ दाहालनिकट स्रोतले भन्यो, ‘अब दुई अध्यक्षका बीचमा कस्तो खालको समझदारी बन्छ, त्यहीअनुसार नै आगामी रणनीति तय हुन्छ ।’

दाहालले दिउँसो आफूनिकटका सचिवालय सदस्यसँग पनि परामर्श गरेका थिए । उक्त परामर्शमा दुई अध्यक्षबीच कुरा नभएसम्म केही निक्र्योल गर्न नसकिने निष्कर्ष निस्किएको थियो । ‘ओलीजी कसरी आउनुहुन्छ, भोलि बिहानसम्म कुरौं, त्यसपछि के हुन्छ, सचिवालयका ६ सदस्य बसेर फेरि निर्णय गर्छाैं,’ एक सचिवालय सदस्यले भने, ‘तर अब उहाँलाई समय दिने भन्दै विवाद थप धेरै लम्ब्याउन सकिन्न । स्थायी कमिटी बैठक चलाउनुपर्छ ।’

दाहाल पक्षधर नेताहरूको सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमले आफूलाई ओली पक्षधर नेताहरू र राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई साथ दिन आग्रह गरेको बताएका थिए । ‘केपीजी र तपाईं नै जनताको बहुदलीय जनवादलाई जोगाउनुपर्छ भन्नेमा हुनुुहुन्छ, पार्टीको आगामी कार्यक्रम पनि जबज नै हुनुपर्छ,’ ओलीपक्षीय नेताहरूको भनाइ उद्धृत गर्दै गौतमले भनेका थिए, ‘अहिले प्रधानमन्त्रीलाई साथ दिनुस्, आगामी महाधिवेशनमा तपाईं पार्टी अध्यक्ष हो ।’ कान्तिपुर दैनिकमा बिनु सुवेदीले खबर लेखेकी छिन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x