कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
रूपन्देहीको सैनामैनाका एम्बुलेन्स चालक रमेश पौडेललाई कोरोना भाइरससँग डर लाग्न छाडेको छ ।
पौडेलले सैनामैनाका विभिन्न क्वारेन्टीन बसेर कोभिड–१९ संक्रमण पुष्टि भएकालाई १० जनाभन्दा बढीलाई काठमाडौंसम्म पुर्याएका छन् । वैशाख तेस्रो सातादेखि संक्रमितलाई अस्पताल र भारतबाट आएकाहरुलाई क्वारेन्टीन पुर्याउने काम अहिले जारी छ । ५ वर्षदेखि पौडेलले चलाउँदै आएको गुलाब सहकारीको लु२च १४८४ नम्बरको एम्बुलेन्स ‘लकडाउन’को अवधिका लागि सैनामैना नगरपालिकाले प्रयोजन गरेको छ ।
पौडेल भन्छन्, ‘मलाई कोरोनासँग कुनै डर नै छैन । सैनामैनाकी एक संक्रमित महिलालाई काठमाडौंसम्म लगे । बुटवल, भैरहवा, एन्फा टेक्निकल सेन्टरस्थित आइसोलेन, भैरहवाको भीम अस्पतालमा धेरै संक्रमितलाई पुर्याए ।’
प्रदेशको केही जिल्लामा एम्बुलेन्सले संक्रमित बोक्न छाडेर भागेपछि प्रहरीले एम्बुलेन्स चलाउनुपर्नेको थियो ।
पौडेल थप्छन्, ‘संक्रमित भेटिन शुरूको चरणमा डर लागे पनि अहिले मलाई कुनै डर छैन । निर्धक्क संक्रमितलाई एम्बुलेन्समा बोकेर अस्पतालसम्म पुर्याउँदै आएको छु । परिवारलाई महामारीमा आफ्नो क्षमता प्रदर्शन गरेर देशलाई सहयोग गर्नुपर्छ भनी परिवारलाई सम्झाएर क्वारेन्टीनमै बसेर बिरामी अस्पतालमा ओर्सादै आएको छु । तर, पीपीई धेरै लामो समयसम्म लगाउन गाह्रो हुने रहेछ ।’
संक्रमितलाई टाढाको अस्पताल पुर्याउन निकै समस्या हुने पौडेलको भनाइ छ । पौडेल भारतीय सेनामा कार्यरत रुपन्देहीका युवाको मृत्यु भएपछि उनको शव लिने काँकरभिट्टा पुगेका थिए ।
बुटवल–१५ सेमलारका एम्बुलेन्स चालक वीरबहादुर क्षेत्री भारतबाट आएकालाई क्वारेन्टीनमा पुर्याउँछन् त कहिले संक्रमितलाई आइसोलेसनमा लैजान्छन् । क्षेत्री घर परिवारबाट दबाब र रोकावटलाई पन्छाएर उनी संक्रमितको सेवामा लागेका हुन् । । पञ्चरत्न युवा क्लबको लु१च ७८९० एम्बुलेन्स बुटवल उपमहानगरपालिका मातहत राखेर सञ्चालनमा ल्याइएको छ ।
उनी भन्छन्, ‘मलाई शुरूको अवस्थादेखि नै कोरोनासँग त्रसित भने थिइन । परिवारबाट भने जोखिम नमोल्न भन्थे तर, मैले वास्ता नगरी महामारीमा सेवामा लागि जुटे,’ उनले थपे, ‘मैले त पीपीई पनि लगाउँदिन । डर नैं लाग्दैन । मास्क र चस्मा लगाउँछु । बिरामी बोक्छु । अस्पताल पुर्याउँछ । अहिले यसैमा खुसी छु ।’
रुपन्देहीमा कोरोना संक्रमण हुने डरले लकडाउनको पूर्वसन्ध्यादेखि जागिरबाट हात पनि झिके । क्षेत्रीले भने, ‘शुरुमा महामारी भनेर डर लाग्थ्यो तर, अहिले त्यस्तो हुँदैन । राज्यलाई सेवा गर्न पाउदा आनन्द अनुभूत हुन्छ ।’
रुपन्देहीकै अर्का एम्बुलेन्स चालक सुरेन्द्र सुवेदी १५ जनाभन्दा बढी संक्रमितलाई आइसोलेसनमा पुर्याएका छन् । ३६ वर्षिय सुवेदी भन्छन्, ‘चालक सिटबाट झर्नुपर्दैन । बिरामी आफैं पछाडिबाट ढोका खोलेर एम्बुलेन्समा बस्छन् । आफैं ढोका लगाउँछन् । हस्पिटल पुगेपछि आफैं झर्छन् । गाडी सेनिटाइज गरेर फर्किन्छु ।’
कोरोनाको तीब्र फैलावट र रातदिन बिरामीसँग उठबस गर्नुपर्ने भए पनि अहिले ढुक्क भएर परिवारमाझ जान समेत थालेको सुवेदीले सुनाए । चालकहरू अहिले संक्रमितलाई बोक्दा व्यक्तिगत सुरक्षा उपकरण पीपीई लगाउँछन् । लु१च ६६७९ नम्बरको एम्बुलेन्स चालक सुवेदी भन्छन्, ‘एम्बुलेन्स चालकले संकटका बेला जागिर छाड्नु अपराध हो । हामीले जस्तो अप्ठ्यारो परिस्थितिमा पनि काम गर्यौं ।’
मुलुकलाई संकटका बेला आफ्नो कर्तव्य बिर्सेर बिरामी बोक्न नमान्ने केही चालकबीच केही चालकहरूले भने संक्रमण देखिएको समयदेखि नै सेवामा समर्पित भएका हुन् । उनीहरुले भने, कुनै बेला पीपीई नभएको समयमा पनि बिरामी बोक्न डर मानेनन् ।
नेपालमा कोरोना संक्रमण देखिएको समयमा आशंकित बिरामीलाई पनि बोक्न नमान्दा बिरामीहरू समस्यामा परेका थिए । अहिले प्रदेश पाँचमा सञ्चालित एम्बुलेन्समा क्याबिन राखिएको छ । कोरोना पोजेटिभलाई अस्पतालसम्म पुर्याउँदा चालकलाई संक्रमण नफैलियोस् भनेर प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयहरूले एम्बुलेन्सहरूलाई ‘पार्टेसन’ गरेर अनिवार्य ‘क्याबिन’ राख्न निर्देशन दिएको थियो । अहिले संक्रमण देखिएकाहरूमा कोरोनाको लक्षण छैन । चालकहरूले पनि त्रास कम अनुभुति गरेका छन् ।
एम्बुलेन्स चालक संघ रुपन्देहीका अध्यक्ष सुरज तिवारीले चालकहरूले अफ्ठ्यारो परिस्थितिमा पनि निरन्तर खटेर सेवा दिने चालकहरूको राज्यले मूल्याङ्कन गर्नुपर्ने बताए । जोखिमको प्रवाह नगरी सेवामा खट्नुपर्छ भनेर हामीले सबैलाई निर्देश गरेका थियौं । सोही अनुसार चालक पनि लागे । अहिलेसम्म आउदा बिरामी बोक्ने सहज अवस्था बन्यो ।’
तिवारी भन्छन्, 'चालकलाई राज्यले पीपीई उपलब्ध गराउन सकेन । मेरो पहलमा महावीर पुनसँगबाट ल्याएर तत्कालको संकट टारेको हुँ । अहिले आफ्ना क्षेत्रमा संक्रमण देखिएका पालिकाहरूलाई चालकलाई भने उपलब्ध गराएका छन् ।’
यो महामारीमा चालकहरूको कोरोना बीमा राज्यले गरिदिनुपर्ने तिवारीको माग छ ।
प्रदेश पाँचमा अहिले ६० भन्दा बढी एम्बुलेन्स संक्रमितलाई ओसार पसार गर्न प्रयोगमा छन् ।
प्रदेश पाँच सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. उमाशंकरप्रसाद चौधरीले जोखिमपूर्ण क्षेत्रमा काम गर्नेको योगदानको उच्च मूल्याङकन हुने बताए । उनले भने, ‘जोखिमपूर्ण अवस्थामा काम गर्नेलाई हामी चार तहमा विभाजन गरेर योगदानको उच्च मुल्याङ्कन गर्नेछौं ।’
त्यसको लागि डाटा संकलन प्रदेशका १२ वटै जिल्लाबाट गरिरहेको छ ।
आइतबारसम्म प्रदेशमा संक्रमित ३ हजार ८९४, डिस्चार्ज २ हजार ६९, १३ जनाको मृत्यु भएको छ । त्यस्तै क्वारेन्टीनमा ९ हजार ६२८ र ३ हजार ७०० को रिपोर्ट आउन बाँकी छ ।
(यो रिपोर्ट फ्रीडम फोरमसँगको सहकार्यमा तयार पारिएको हो ।)
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...