×

NMB BANK
NIC ASIA

नेकपा विवाद

ओलीसँगको वार्तापछि बालुवाटारबाट बाहिरिए प्रचण्ड, सहयोगीहरु बैठकमै

असार २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पार्टीभित्र देखिएको विवाद समाधानलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच आइतवार बालुवाटारमा डेढ घण्टा वार्ता भएको छ ।

Muktinath Bank

ओलीसँगको वार्ता सकेर प्रचण्ड पौने २ बजे बालुवाटारबाट बाहिरिएका छन् । प्रचण्डका २ सहयोगी नेता वर्षमान पुन र जनार्दन शर्मा भने बालुवाटारमै छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वार्तामा ओलीको तर्फबाट महासचिव विष्णु पौडेल र स्थायी कमिटीका सदस्य शंकर पोखरेल पनि सहभागि थिए । प्रचण्ड बाहिरिए पनि उनका सहयोगी नेता र ओलीका सहयोगी नेताहरूबीच छलफल जारी छ ।


Advertisment
Nabil box
Kumari

ओली प्रचण्डबीच शुक्रवार जस्तै जेठ २ गतेको सहमतिमा फर्किने या मंसिरको सहमतिमा फर्किने भन्नेमा छलफल भएको स्रोतको भनाइ छ । मन्त्री र राज्यमन्त्रीसँग हिजो प्रधानमन्त्रीले गलत ब्रिफिङ गरेको भन्दै असहमति जनाएका थिए ।

Vianet communication
Laxmi Bank

ओली र प्रचण्डबीच सहमति खोज्न भन्दै शनिवारका लागि बोलाइएको स्थायी कमिटी बैठक भोलि सोमवारसम्मको लागि स्थगित भएको छ । असार १० गते शुरु भएको स्थायी कमिटी बैठकमा गत मंगलवार प्रचण्डलगायत शीर्ष नेताहरुले ओलीको राजीनामा माग गरेपछि नेकपा विवाद नयाँ चरणमा प्रवेश गरेको हो ।

शुक्रवारको बैठकमा प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्नेगरी २०७५ जेठ २ गते भएको सहमतिमा फर्किन प्रस्ताव गरेका थिए भने ओलीले प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने २०७६ मंसिरको समझदारीलाई थप व्याख्या गरेर जान प्रस्ताव गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x