मंसिर १४, २०८०
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
सम्पूर्ण विश्व नै कोरोना भाईरसको संक्रमणबाट जुधिरहेको वर्तमान अवस्थामा कोभिड-१९ प्रकोपले महामारीको रुप लिंदै गर्दा अति आवश्यक पर्ने भेन्टीलेटर लगायतका सघन उपचारका उपकरणहरु सहज र सुलभ माध्ययमबाट उपलब्ध गराउने उदेश्यका साथ नेपाल भेन्टीलेटर सर्भिसको शुरूवात भएको छ ।
नेपालमा विद्यमान भेन्टीलेटर लगायत अन्य स्वास्थ उपकरणको अभावले कोरोना भाइरससँगको युद्धमा डटेर लड्न कठिन हुने अवस्था आंकलन गरिएको छ ।
यस अभावले हाल सम्पूर्ण स्वास्थ जगतमा निम्त्याएका र भविष्यमा समेत हुन सक्ने जोखिमलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल विचार, विमर्श गरी भेन्टीलेटर बैंकको स्थापना गर्नु पर्छ भन्ने निष्कर्षमा पुगी “नेपाल भेन्टीलेटर सिर्भिस” नामक परोपकारी संस्था संस्थापना भएको हो । जुन समस्याको जड्नै कुनै वस्तुको अभावले भएको छ भने त्यसको एकमात्र समाधान भनेको सोही वस्तुको उपलब्धताले दिन सक्छ भन्ने मान्यता अनुरुप यस संस्थाको संस्थापना गरिएको हो ।
परोपकारी संस्थाको रुपमा स्थापना गरिएको नेपाल भेन्टिलेटर सर्भिसको मुख्य उदेश्य नेपालमा भेन्टिलेटर लगायतका सघन उपचारका उपकरणहरुको अभावमा कसैको ज्यान जोखिममा नपरोस् र दुरदराजका अस्पतालहरु सम्म यी उपकरणहरु सुलभ र सहज रुपमा उपलब्ध गराउन सकियोस् भन्ने रहेको छ । यस संस्थाले नेपालका सरकारी, सामुदायिक र निजि अस्पतालहरुमा भेन्टिलेटर लगायतका उपकरणहरु सर्वसुलभ रुपमा उपलब्ध गराउने छ ।
कोभिड-१९ महामारीको अवस्थामा नेपाल सरकार संगको सहकार्यमा आवश्यक परेका स्थानहरु तथा फिल्ड हस्पिटलहरुमा यस संस्थाका भेन्टिलेटरहरु परिचालन गर्ने सकिने गरि संस्थाले समन्वय गर्दै छ ।
यस संस्थाले नेपालका औद्योगिक तथा ब्यबसायीक गृहहरु, बैंक तथा वित्तीय संस्थाहरु, विभिन्न संघ संस्था लगायतका मनकारी हृदय भएका व्यक्तिहरुलाई संस्थाको उदेश्य पुरा गर्न हातेमालो गर्न आग्रह गर्ने र एउटा कोष खडा गरि सो कोषमा जम्मा भएको रकमलाई भेन्टीलेटर खरिद गर्न, भेन्टीलेटरको मर्मत सम्मार गर्न खर्च गर्नेछ ।
संस्थाको संस्थापना पूर्व नै यसले थालेको सार्वजनिक उपयोगिता, परोपकारी र कल्याणकारी कार्यको सरहाना गरि विभिन्न संघ, संस्था र व्यक्त्तिहरुले भेन्टीलेटरहरु लगायत नगद सहयोग गरेका छन् भने धेरैले सहयोग गर्ने प्रतिबद्दता जनाएका छन् ।
हाल यस संस्थासँग कोभिड-१९को लागि अति आवश्यक पर्ने मेकानिकल भेन्टीलेटरहरु सहित, हाइफ्लो न्याजल क्यनुला,बाइप्याप, लगायतका ३० वटा उपकरणहरु जम्मा भैसकेका छन् । कोभिड-१९ उपचारको लागि संसार भर अति प्रभावकारी देखिएको हाइफ्लो न्याजल क्यनुला नेपालमै पहिलो पटक यस संस्थाले उपलब्ध गराउने भएको छ । कम्पनिले थप उपकरणहरुको खरिद प्रक्रिया सुचारु गरिसकेको छ ।
संस्थाले आफ्नो कार्यालय स्थापना गर्नुका साथै आवश्यक अन्य प्रशासनिक कार्यहरु पनि सुचारु गरिसकेको छ । यस संस्थाले भविष्यमा तिनै तहका सरकारसँग समन्वय गरि नेपालमा भेन्टीलेटरको संचालन र व्यवस्थापन गर्ने उदेश्य राखेको छ । कम्पनीले हाल प्रदेश नं ३ मा भेन्टीलेटरलाई केन्द्रिकृत गर्ने र कालान्तरमा नेपालका सातैवटा प्रदेशमा यसको शाखा विस्तार गरि सो प्रदेशलाई आवश्यक भेन्टीलेटर सोहि प्रदेश कै शाखाबाट उपलब्ध गराउने छ ।
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...