×

NMB BANK
NIC ASIA

इन्जिनीयरकाे पाँच करोड रुपैयाँकाे सम्पत्ति, अकूत सम्पत्ति कमाएकाे पाइएपछि अख्तियारले चलायाे मुद्दा

असार २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगञ्जमा कार्यरत सिनियर डिभिजन इन्जिनीयर पूर्णप्रसाद उपाध्यायविरुद्ध मुद्दा दायर गरेको छ।

Sagarmatha Cement
Muktinath Bank

अख्तियारले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी हैसियतभन्दा बढी अस्वाभाविक जीवनयापन गरेको भन्दै उपाध्यायमाथि मुद्दा चलाएकाे हाे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामुदायिक खानेपानी तथा सरसफाइ इकाइ कार्यालय डडेल्धुरामा राप तृतीय श्रेणी इन्जिनीयरको पदमा २०६३ पुस ५ गते प्रवेश गरेका उपाध्याय २०६९ चैत १५ गते सिनियर डिभिजन इन्जिनीयर पदमा बढुवा भएका थिए। हाल क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगञ्जमा कार्यरत रहेका छन् । 


Advertisment
Nabil box
Kumari

अख्तियारले २०६३ पुस ५ देखि २०७७ जेठ मसान्तसम्मको छानबिन गरेको थियो । उपाध्यायले सार्वजनिक सेवामा रही आर्जित भत्तालगायत पारिश्रमिक आय, श्रीमती दुर्गा खनाल रिमालको पारिश्रमिक, जग्गा भाडा, कर्मचारी सञ्चय कोष कर्जा, व्यक्तिगत सापटी, शेयर नगद लाभांश, पैतृक जग्गा बिक्रीबाट प्राप्त आय गरी एक करोड ९२ लाख १६ हजार २९८ बराबर मात्र वैधानिक आय गरेको देखिन्छ । 

Vianet communication
Laxmi Bank

    आयोगको अनुसन्धानअनुसार उपाध्यायले जग्गा खरिद, घर निर्माण, विद्युतीय उपकरण खरिद, जीवन बीमा प्रिमियम, साथमा रहेको नगद, श्रीमती दुर्गाका नाममा विभिन्न बैंकमा रहेको खाताको मौज्दात तथा लगानी जाँच गर्दा पाँच करोड एक लाख ४३ हजार ४५१ बराबरको सम्पत्ति रहेको पाइएको छ। वैध आयको तुलनामा खर्च तथा लगानीको मात्रा तीन करोड १० लाख २७ हजार १५३ बढी रहेको पाइएको छ । सोही आधारमा आयोगले मंगलबार तीन करोड १० लाख २७ हजार १५३ बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।  

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x