कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
कर्णाली प्रदेशमा ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।
विगतका वर्षमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने भए पनि यसपालि पर्याप्त वर्षा भएका कारण रोपाइँ छिट्टै भएको छ ।
कर्णालीमा ४९ हजार ४२५ हेक्टरमा धान रोपाइँ गरिन्छ । गत आइतवारसम्म ३१ हजार ९११ हेक्टरमा रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालयका सूचना अधिकारी यामबहादुर रानाले बताए । उनका अनुसार अघिल्लो हप्तामा कर्णालीमा जम्मा ३९ प्रतिशत रोपाइँ भएकोमा यस हप्ता ६५ प्रतिशत पुगेको हो ।
कर्णालीका जुम्ला, हुम्ला र डोल्पामा शतप्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । सुर्खेतमा गत आइतवारसम्म ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको उनले बताए । ‘सुर्खेतमा १३ हजार ५०२ हेक्टरमा धान रोप्ने गरिएको छ । जसमा ६ हजार ७६ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ । यो जम्मा ४५ प्रतिशत हो । कालिकोटमा १ हजार ६७५ हेक्टर अर्थात् ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ,’ उनले भने, ‘मुगुमा ७० प्रतिशत, सल्यानमा ८५ प्रतिशत, दैलेखमा ५५ प्रतितशत, जाजरकोटमा ९० प्रतिशत र रुकुम पश्चिममा ६० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ ।’
कार्यालय प्रमुख चित्रबहादुर रोकायाका अनुसार हिमाली जिल्लामा चैतमै धानको बिउ राख्ने र वैशाखमै रोपाइँ शुरू हुने गरेका कारण शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । ‘विगतका वर्ष जस्तो यो वर्ष खडेरी परेन । पानी आइरह्यो,’ उनले भने, ‘त्यसैले पनि कृषकलाई ठूलो राहत दियो ।’
कर्णालीका पहाडी जिल्लामा आकाशे पानीकै भरमा अधिकांश खेत रोपिने गरेका छन् । ‘यो वर्ष शतप्रतिशत जग्गामा रोपाइँ हुने सम्भावना देखिएको छ,’ उनले भने ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...