×

NMB BANK
NIC ASIA

तिब्बतको विषय उठाउने अमेरिकीहरूलाई चीनले प्रवेशाज्ञा नदिने

असार २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पेओले केही चिनियाँ अधिकारीहरूलाई प्रवेशाज्ञा रोक्ने बताएपछि चीनले जवाफका रूपमा अमेरिकीहरूलाई चीनको प्रवेशाज्ञा नदिने बताएको छ । 

Sagarmatha Cement
Muktinath Bank

बेइजिङले अमेरिकी कूटनीतिकर्मी, पत्रकार र पर्यटकलाई तिब्बत जान नदिएकाले उसका अधिकारीलाई प्रवेशाज्ञा नदिने पम्पेओको भनाइ थियो । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वाशिङटनले यसरी चिनियाँ अधिकारीमाथि लगाम लगाउन खोजेपछि चीनले जवाफी रूपमा प्रवेशाज्ञामा कडाइ गर्ने चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बताए । 


Advertisment
Nabil box
Kumari

दुई देशबीच तनाव बढिरहेको बेलामा विवादका विभिन्न विषय उठाउँदै एक अर्काका अधिकारीहरूको प्रवेशाज्ञा रोकिरहेका छन् । चीनले हङकङ, तिब्बत र सिनजियाङमा मानवअधिकार उल्लंघन र दमन गरिरहेको अमेरिकाको आरोप छ । बेइजिङले यी आरोपलाई अस्वीकार गर्दै वाशिङटनले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने बताएको छ । 

Vianet communication
Laxmi Bank

सन् २०१८ मा अमेरिकाले रेसिप्रोकल एक्सेस टु टिबेट याक्ट पारित गरेको थियो । यस ऐनले अमेरिकी कूटनीतिकर्मी तथा अन्य अधिकारी, पत्रकार र अन्य नागरिकका लागि तिब्बतमा पहुँच प्रवर्द्धन गर्न रोकमा संलग्न चिनियाँ अधिकारीहरूलाई अमेरिका पहुँचमा रोक लगाउने प्रावधान राखेको छ । 
 

कूटनीतिकर्मी र पत्रकारले विशेष पहुँच आवश्यक हुने चीनको एक मात्र क्षेत्र तिब्बत हो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x