×

NMB BANK
NIC ASIA

प्रतिपक्षीको निरन्तर नाराबाजीबीच सुदूरपश्चिम प्रदेशको बजेट पारित

असार २४, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

सुदूरपश्चिम प्रदेशसभाको बुधबारको बैठकले प्रतिपक्षीको नाराबाजीकाबीच आर्थिक वर्ष २०७७/०७८ को बजेटसँग सम्बन्धित प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक-२०७७ पारित गरेको छ। 

Sagarmatha Cement
Muktinath Bank

यसैगरी आर्थिक वर्ष २०७७/०७८को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक- २०७७ समेत बैठकले पारित गरेको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधबार अपराह्न २ बजे बसेको तेस्रो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले छुट्टाछुट्टै रुपमा ती दुवै प्रस्ताव पारित गरियोस् भनी बैठकमा प्रस्ताव पेश गरेका थिए। 


Advertisment
Nabil box
Kumari

यसअघि बुधबार बिहान ८ बजे बसेको प्रदेशसभाको पहिलो बैठकमा मन्त्री बोहराले उक्त विधेयकमाथि छलफल गरियोस् भनी पेश गर्नुभएको प्रस्तावलाई बैठकले स्वीकृत गरेको थियो। त्यसपछि बैठक स्थगित गरिएको थियो।

Vianet communication
Laxmi Bank

बिहान ९ बजे बसेको दोस्रो बैठकमा उक्त प्रस्ताव माथिको छलफलमा दुर्गाकुमारी कामी र दिउँसो २ बजे बसेको तेस्रो बैठकमा भएको छलफलमा महेशदत्त जोशी भाग लिएका थिए। दोस्रो बैठकको कारवाही चलिरहँदा सभामुख अर्जुनबहादुर थापाले आफ्ना कुरा राख्दा सभामुखलाई सम्बोधन हुनेगरी बोल्न सदस्यहरुलाई ‘रुलिङ‘ गरेका थिए।

त्यसपछि सभामुखले दोस्रो बैठकको कारवाही स्थगित गरेका थिए। 

प्रतिपक्षीको निरन्तर नाराबाजी 

प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका प्रदेशसभा सदस्यको अवरोध र नाराबाजीकाबीच प्रदेशसभाको बैठकका कारवाही अगाडि बढाएर प्रस्ताव पारित गरिएको हो। 
बुधबार छुट्टाछुट्टै समयमा बसेका तीन वटा बैठकको कारवाही प्रारम्भ हुनासाथ प्रतिपक्षी सदस्यले रोष्ट्रम अगाडि पुगेर निरन्तर नाराबाजी गरिरहेका थिए।  

प्रदेशमा भयावह बन्दै गएको कोभिड-१९ को सङ्क्रमणको रोकथाम, उपचार, व्यवस्थापनमा प्रभावकारी काम गरी जनताको जीउधनको रक्षा गर्न, कोरोना रोकथाममा भएको खर्चको विवरण सार्वजनिक गर्नुपर्ने जस्ता माग राखे पनि सरकारले सुनुवाई नगर्दा बाध्य भएर विरोध गर्नुपरेको प्रतिपक्षीको भनाइ छ। 

क्वारेन्टाइनमा महिला बलात्कार हुने, आत्महत्याका घटना हुने, स्वास्थ्य जाँच नहुने जस्ता समस्या उत्पन्न भई कोरोनाले प्रदेश आक्रान्त बन्दा पनि रोगको रोकथामका लागि सरकार गैरजिम्मेवार ढङ्गले प्रस्तुत भएको र विधि प्रक्रिया, सहकार्य, सहमति नचाहेकाले विरोध गर्नुपर्ने परिस्थिति सिर्जना भएको काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले आरोप लगाए। 

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले कोरोनाको रोकथाममा भएको खर्चको विवरणबारे यसअघि नै सदनलाई जानकारी गराइसकिएको बताए। उनले भने, “प्रतिपक्षीले असत्य तथ्यहीन कुरा ल्याएर सदन अवरुद्ध गर्नु असंसदीय काम हो ।”

सरकार र प्रतिपक्षीबीच सदन सुचारु बनाउन यसअघि पटक पटक छलफल भए पनि कुनै सहमति जुट्न सकेको थिएन। त्रिपन्न सदस्यीय रहेको सुदूरपश्चिम प्रदेशसभामा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३९, प्रतिपक्षी नेपाली काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई जना सदस्य छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x