मंसिर १६, २०८०
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
भारतको उत्तर प्रदेशका कुख्यात अपराधी विकास दुबेलाई भारतीय सुरक्षाकर्मीहरूले शुक्रवार बिहान कानपुर नजिक इन्काउन्टर गरेका छन् ।
अघिल्लो साता आठजना प्रहरी अधिकारीको हत्या गराएर फरार रहेका दुबेलाई प्रहरीले मध्य प्रदेशको उज्जैनबाट पक्राउ गरी कानपुर ल्याइरहेको थियो । बाटोमा आउँदै गर्दा पानीले बिगारेको सडकमा गाडी पल्टिएपछि दुबे
प्रहरीको बन्दूक लिएर भागेको र आत्मसमर्पण गर्नू भन्दा नमानी गोली चलाएकाले जवाफी कारवाहीमा मारिएको प्रहरीको भनाइ छ ।
गोली लागेपछि दुबेलाई अस्पताल लगिएको र त्यहीँ उनको मृत्यु भएको बताइएको छ । उनको कम्मरमा गोली लागेको छ ।
दुबे मारिएपछि मध्य प्रदेशको राजनीति तातेको छ । पूर्व मुख्यमन्त्री तथा कांग्रेस नेता दिग्विजय सिंहले मुख्यमन्त्री शिवराज सिंह चौहानको आलोचना गर्दै राजनीतिक रहस्यहरू खुल्ने डरले विकास दुबेको गैरन्यायिक हत्या गरिएको आरोप लगाए ।
घटनाको सीबीआई अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।
दुबेको सम्बन्ध अनेकौं राजनीतिकर्मीहरूसँग रहेको बताइन्छ । राजनीतिक आडमा उनले अपराध गरिरहेका थिए ।
हत्या, अपहरण, फिरौती लगायतका गैरकानूनी काममा लिप्त दुबेलाई पक्राउ गर्न गर्न गएका आठ प्रहरीको हत्या भएपछि उनलाई समात्नका लागि व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...