कात्तिक २३, २०८०
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
दक्षिण कोरियाको राजधानी सौलका मेयर पार्क वोन सूनको मृत शरीर फेला परेको त्यहाँको प्रहरीले जनाएको छ । उनी बिहीवारदेखि बेपत्ता थिए ।
घरबाट निस्कनुअघि उनले एउटा सन्देश लेखेर राखेको अनि त्यसबाटै शंका उत्पन्न भएर आफूले मानिसहरूलाई सतर्क गराएको उनकी छोरीले प्रहरीलाई बताएकी थिइन् ।
मेयर पार्कको शव उत्तरी सौलको माउन्ट बुगाकमा फेला परेको थियो । उनको फोनको सिग्नल अन्तिमपटक त्यहीँ फेला परेको थियो ।
मृत्युको कारण अहिलेसम्म खुलेको छैन ।
सामाचार संस्था योन्हापका अनुसार, पार्कले आत्महत्या गरेको हुन सक्ने प्रहरीको आरम्भिक अनुसन्धानले देखाएको छ ।
पार्कले लेखेको नोट पछि सार्वजनिक गरिएको थियो । त्यसमा उनले लेखेका रहेछन्– ‘म सबैसँग माफी चाहन्छु । मेरो जीवनमा मलाई साथ दिनेहरू सबैलाई धन्यवाद दिन्छु ।’
पार्क बेपत्ता हुनुभन्दा केही घन्टाअघि एक महिला कर्मचारीले उनीविरुद्ध यौन शोषणको उजुरी दर्ता गरेको बताइएको छ । तर पार्कको मृत्युँिग यसको कुनै साइनो थियो कि थिएन भन्ने कुरा पुष्टि हुन सकेको छैन ।
पार्क वोन सून बिहीवार कार्यालय गएका थिएनन् ।
प्रहरी अधिकारी ली बेयोङ सिओकले पत्रकारहरूलाई बताएअनुसार, बिहीवार राति १०ः५३ मा उनलाई सेक्युरिटी क्यामरामा अन्तिमपटक देखियो । त्यतिखेर उनी जंगल क्षेत्रमा प्रवेश गरिरहेका थिए । उनको फोनको सिग्नल पनि अन्तिमपटक त्यहीँ देखिएको थियो ।
उनी राष्ट्रपति मून जे–इनको लिबरल डेमोक्रेटिक पार्टीका सदस्य थिए । उनलाई सन् २०२२ को राष्ट्रपति चुनावमा सम्भावित उम्मेदवारका रूपमा लिइएको थियो ।
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...