पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
कोरोना महामारीका बीचमा पनि ‘असारे विकास’ले तीव्रता पाएको छ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि असारे विकासले निरन्तरता पाएको हो ।
असारे विकासका कारण विभिन्न सरकारी कार्यालय तथा विभागमा भुक्तानीका लागि बिलको चाङ लागेका छन् ।
आर्थिक वर्षको ११ महिनासम्म ‘ढलेको लोटा नउठाउने’ सरकारले वर्षको अन्तिममा आएर बजेट सक्ने मेसो गर्ने पुरानै प्रवृत्ति हो । विकासका काममा देखिने यस्तो रोगका कारण सरकारको निकै आलोचना हुँदै आएको छ ।
सामान्यतयाः बजेट सक्नका लागि असारे विकास सबैभन्दा सहज हुन्छ ।
असारमासमा बाटो बनाउने, कालोपत्रे गर्ने लगायतका विभिन्न कामहरू, टेन्डरहरू प्रायः असारताका नै गरिन्छ । तर सधैँभन्दा अहिले फरक परिस्थिति छ ।
कोरोनाभाइरस (कोभिड–१९)को महामारी नियन्त्रणका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । फागुन महिनासम्म नभएका काम लकडाउनका बीचमा भने धमाधम भयो । काठमाडौंका सडकहरू चिल्ला भए भने अन्य कामहरू पनि यसबीचमा भयो ।
सडक विभागले माग्यो ७ अर्ब
विगतमा जस्तै जेठ र असार महिनामा विकास खर्च बढी हुन्छ । यसपालि सधैँको जस्तो समय अनुकूल रहेन । यद्यपि विकासका काम भने भए । जेठ मसान्तसम्ममा १ सय ८० किलोमिटर सडक कालोपत्रे भएको सडक विभाग बताउँछ ।
सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शिवहरि सापकोटाका अनुसार यसबीचमा निर्माणाधीन २९ पुल सम्पन्न भएका छन् ।
कोरोना महामारीले विकासको काम धेरै गर्न नपाए पनि गरिएको काममा स्रोत जुटाउनुपर्ने उनी बताउँछन् । बजेट कम खर्च भएपनि स्रोत व्यवस्थापन गर्न अप्ठ्यारो भएको उनी बताउँछन् ।
उनका अनुसार विभागले बिल भुक्तानीका लागि ७ अर्ब अर्थमन्त्रालयसँग मागिएको छ ।
‘विभिन्न कामहरूको भुक्तानी बाँकी छ, स्रोत व्यवस्थापन भइसकेको छैन, हामीले अर्थमन्त्रालयसँग माग गरेका छौं,’ लोकान्तरसँग उनले भने ।
सडक विभागमा मात्रै हैन, विकासका अन्य विभिन्न निकायमा पनि बिलको चाङ छ ।
गत वर्षहरूमा भन्दा कम
बर्सेनि जेठ र असार महिनामा विकासका नाममा बढी खर्च हुन्छ । यस वर्ष अघिल्ला वर्षहरूको तुलनामा भने विकास कम भएको छ ।
लकडाउनका कारण जेठ असारमा प्रक्रिया शुरू हुने अधिकांश कामहरू प्रभावित बने, जसका कारण गत वर्षमा भन्दा यसवर्ष असारे विकास कम भएको छ ।
सरकारले चालू आवमा ४ खर्ब ८ अर्ब विकास बजेट खर्च गर्ने लक्ष्य राखेको छ ।
महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार असार १ गते विकास बजेट १ खर्ब २७ अर्ब ५९ करोड खर्च भएको छ, जुन लक्ष्यको ३१.२७ प्रतिशत मात्रै हो ।
यस्तै असार २४ गतेसम्ममा सो सो खर्च बढेर १ खर्ब ४७ अर्ब १८ करोड पुगेको छ । जुन लक्ष्यको ३६ प्रतिशत रहेको छ ।
तुलनात्मक रूपमा गत वर्षमा भन्दा अहिले विकास बजेट कम खर्च भएको देखिन्छ ।
गत आर्थिक वर्ष २०७५/७६ मा पूँजीगत खर्च ८७.३८ प्रतिशत भएको छ । यद्यपि अहिले आर्थिक वर्ष सकिनु केही दिन अगाडिको प्रगति जम्मा ३६ प्रतिशत रहेको छ ।
खर्च कम भएसँगै यस वर्ष सरकारसँग ठूलो रकम माग नभएको अर्थमन्त्रालय स्रोत बताउँछ । केही शीर्षकमा भने स्रोत व्यवस्थापन तथा बजेट विनियोजनका लागि अर्थमन्त्रालयमा पत्र पुगेको छ ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...