×

NMB BANK
NIC ASIA

पहिरोको कहर : ‘बर्थ-डे’ पछि उज्यालो हुन पाएन

असार २७, २०७७

NTC
Sarbottam
पहिरोमा परेर ज्यान गुमाएका टंकबहादुर र सोममायाको घरको भग्नावशेषमा भेटिएको तस्बिर हेर्दै छिमेकी । तस्बिर : कान्तिपुर दैनिक
Premier Steels
Marvel

पोखरा सराङकोटकी पिंकी थापा मगरले गते र बार एकै दिन परेपछि बिहीबार पहिलोपल्ट आफ्नो जन्मदिन मनाउने सुर कसिन् । बुबाआमाले आफन्त र छरछिमेकलाई बोलाए । खुसी मनाए । २१ पुगेर २२ टेकेकी पिंकीको खुसी आधी रातमा खोसियो । घरमाथिबाट पहिरो खस्यो । जन्मदिनको उत्सवमा जुटेका पाँच जनाले तत्कालै ज्यान गुमाए ।

Muktinath Bank


पहिरोमा परेर ज्यान गुमाएका टंकबहादुर र सोममायाको घरको भग्नावशेषमा भेटिएको तस्बिर हेर्दै छिमेकी । तस्बिर : दीपक/कान्तिपुर


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पिंकीले ५० वर्षीय बुबा टंकबहादुर र ४५ वर्षीया आमा सोममायालाई गुमाइन् । पाहुना आएकी सोममायाकी बहिनी सरस्वती श्रेष्ठले आठ वर्षीय छोरा शीतल श्रेष्ठलाई गुमाइन् । टंकबहादुरका माइला दाइ शेरबहादुरले ६ वर्षीय नाति सुवान थापा र ११ वर्षीया नातिनी इशीका राईलाई गुमाए । शुक्रबार बिहान साढे २ बजे खसेको पहिरोले पोखरा–१८ सराङकोटको गोठादी गाउँ मृत्युको शोकमा डुब्यो ।


Advertisment
Nabil box
Kumari

तनहुँ सागे गिरेपानीबाट बिहीबार पिंकीको जन्मदिन मनाउन सरस्वती दुई छोरा शीतल र सन्देशलाई लिएर आएकी थिइन् । चार दिन यतै बस्ने, बहिनी र दिदीका दुई छोरीलाई गाउँमा लिएर जाने योजना थियो उनको । ज्यान गुमाउने सुवान र इशीका हजुरआमा रत्ना थापासँग पछि लागेर पिंकीको घरमा पुगेका थिए । जन्मदिनमा आएका पिंकीकी फुपू चिजा गुरुङ, सुस्मिता गुरुङ, माइलाबुबाको छोरा श्याम थापा, छिमेकी राजेन्द्र थापा भने खानपिन गरेर घर फर्किएका थिए । बाँकी १३ जना दुईवटा कोठामा बाँडिएर सुतेका थिए ।

Vianet communication
Laxmi Bank


टिनले छाएको तीन कोठे घरको एउटा कोठामा पिंकीका बुबा, आमा, सरस्वती र उनका दुई छोरा, श्यामका छोरा सुवान सुते । राति ११ बजे पिंकी र उनकी छोरी पिरिसा, पिंकीकी बहिनी आशा, माइलाबुबाको कान्छा छोरा रसी र उनको साथी अनिश तामाङ, साइलाबुबाकी छोरी रश्मिसहित सात जना अर्को कोठामा बसेका थिए । केही बेरमै सबै मस्त निद्रामा परे । एक्कासि चटयाङको आवाजले निद्रा भंग गरिदियो । सरस्वतीले जेठो छोरा १० वर्षीय सन्देश ‘मम्मी, मम्मी’ भन्दै चिच्याएको सुनिन् । दिदी सोममायाले ‘सरस्वती, सरस्वती’ भन्दै कताकता बोलाएको सुनिन् । उनलाई भने केले केले थिचेको जस्तो भयो । ‘यसो आँखा खोलेर हेरेको बाहिर उज्यालो थियो,’ मणिपाल अस्पतालमा उपचार गरिरहेकी उनले भनिन्, ‘माथितिर हेरेको पहिरो खसिरहेको देखें । मैमाथि आकाश खसेजस्तो भयो ।’

पहिरोले १९ वर्षीय रसी र उनका दामली अनिशलाई हुत्याएर मकै बारीमा पुर्‍याएको थियो । हिलैहिलोबाट निस्किएर उनीहरू गुहार माग्न दौडिएका थिए । उनीहरूबाटै थाहा पाएपछि छिमेकी र आफन्त उद्धारमा खटिए । १८ वर्षीया आशाको ओठ, कान र हातमा गहिरो चोट लागेको छ । घाइतेमध्ये १९ वर्षीया रश्मि थापा मगरको अवस्था गम्भीर छ । उनको छाती र शरीरका विभिन्न भागमा चोट लागेको छ । बाँकीको अवस्था खतरामुक्त छ ।

घाइतेको उद्धारमा सराङकोटमा रहेको प्रहरी बिटबाट दुई प्रहरी शुक्रबार ४ बजेतिर पुगेका थिए । पछि ६ बजे सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा पुगेको थियो । उनीहरूले घटनास्थलबाट पाँच जनाको शव निकाले । घाइते आठ जनामध्ये पिंकीलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र बाँकीलाई मणिपाल शिक्षण अस्पताल पुर्‍याए । बागलुङ बसपार्कबाट गोठादी जाने बाटोको ३–४ ठाउँमा खसेको पहिरो पन्छाउँदै जानुपरेकाले केही समय लागेको प्रहरीले जनाएको छ ।


घाइते पिंकीको दुईवटै खुट्टा भाँच्चिएको छ भने पाँच वर्षीया छोरी पिरिसाको देब्रे खुट्टा । म्याग्दी घोडेपानीका सन्तोष थापासँग उनको बिहे भए पनि सम्बन्ध धेरै समय टिकेन । घटना थाहा पाएर पनि श्रीमान् भेट्न आएका छैनन् । ‘श्रीमान्ले साथ छोडिहाले, बुबाआमाले पनि संसार छोड्नुभयो,’ भक्कानो छोड्दै उनले भनिन्, ‘अब म कहाँ जाने ?’ ज्यान गुमाएका पाँचै जनाको शुक्रबार नै सामूहिक दाहसंस्कार गरिएको छ ।

शुक्रबार पहिरोले पुरेको घर मोटरबाटोबाट झन्डै डेढ सय मिटर तल पर्छ । १५ किलोमिटर सडकमध्ये आधा यसअघि नै कालोपत्रे भइसकेको छ । चालु आर्थिक वर्षमा हाल पहिरो गएकै स्थान पँधेलीसम्म कालोपत्रे गरिसक्नुपर्ने सम्झौतामा छ । ठेकेदारले लकडाउनको बहाना बनाउँदै बाटो आधाकल्चो छोडेका छन् । महानगरपालिकाबाट उल्टै म्याद थप गरेका छन् । १५ दिनअघि पनि बाटोमाथि खसेको सानो ढिस्कोले पानी बग्ने नाला र ह्युमपाइप पुरेको थियो ।

बिहीबार रातिको पानीले बाटोको तलपट्टिबाट उकासेको प्लम्बिङ वाललाई खोतल्दै लगेको र घरमाथि बजारिएको मृतक टंकबहादुरका दाइ शेरबहादुर थापाले बताए । पहिरो हटाउन कसैले वास्ता नगर्दा भाइको परिवारले ज्यान गुमाउनुपरेको उनको भनाइ छ । ‘पर्खालको जग पनि बलियो गरी बनाएको रैन्छ,’ उनले भने, ‘यो ठेकेदारको कमजोरी हो ।’ ठेकेदार कम्पनीले चार महिनाअघि उक्त वाल लगाएपछि बाटो स्तरोन्नतिको अन्य काम गरेको छैन । उक्त बाटोको ठेक्का निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष सुरेश श्रेष्ठको कम्पनीले पाएको छ । पोखरा–१८ का वडाध्यक्ष रणबहादुर थापाले मजदुर अभावमा ठेकेदारले काम अघि बढाउन नसकेको दाबी गरे । कान्तिपुर दैनिकमा दीपक परियारले समाचार लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x