×

NMB BANK
NIC ASIA

नेकपा विवाद : थप संवाद गर्न एक साता

असार २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अध्यक्षद्वयबीच कुरा नमिलेपछि नेकपा स्थायी कमिटी बैठक सात दिन पर सरेको छ । बारम्बार एक्लाएक्लै र ‘दूत’ हरूमार्फत गरिएका छलफलले खास आकार ग्रहण गर्न नसकेपछि बैठक सार्नुपरेको नेकपा स्रोतको भनाइ छ ।

Sagarmatha Cement
Muktinath Bank

‘अध्यक्षद्वयले बारम्बार छलफल गर्दा पनि कुरा मिल्न नसकेपछि सहमतिका लागि बैठक सार्नु उत्तम विकल्प देखियो,’ प्रधानमन्त्रीनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘सहमति नहुँदासम्म बैठक जति पनि लम्बिन सक्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत असार १४ गते लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेपछि भारतले आफूलाई हटाउन चाहेको र त्यसमा पार्टीभित्रकै नेताहरूको संलग्नता रहेको बताएपछि बैठकको एजेन्डा नै बदलिएको थियो । १६ र १७ गते बसेको स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालसहित अधिकांश नेताले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने बताएका थिए । पार्टीभित्रैबाट चर्काे आलोचना भएपछि प्रधानमन्त्री ओली दबाबमा परेका थिए । त्यसपछि नेकपाले स्थायी कमिटी बैठक रोकेर अध्यक्षद्वयबीच संवादको सिलसिला सुरु भएको थियो । तर तीन दिनसम्म घण्टौं भएको छलफलले पनि निकास दिन नसकेपछि दुई दिनको भाका राखेर चारपटक बैठक स्थगित भइसकेको थियो ।


Advertisment
Nabil box
Kumari

शुक्रबार बस्ने भनिएको बैठक भने बाढीपहिरो र कोरोना संक्रमणको दर बढिरहेकाले पार्टीका नेता–कार्यकर्ता उद्धार तथा राहतका निम्ति खटिनुपर्ने भएकाले रोकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘देशभर भइरहेको अतिवृष्टि र सिन्धुपाल्चोकलगायत केही जिल्लामा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टी पंक्तिलाई उद्धार एवं राहतमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने काममा लाग्न पार्टीका तर्फबाट निर्देशन दिइएको छ, त्यसकै लागि बैठक पनि एक साता पर सारिएको छ,’ प्रवक्ता श्रेष्ठले भने ।

Vianet communication
Laxmi Bank

यो बीचमा सहमतिका लागि अध्यक्षद्वयले संवाद भने जारी राख्ने उनले बताए । स्थायी कमिटी सदस्य सुवास नेम्वाङले पनि अध्यक्षद्वय र सहमतिका लागि संवाद जारी राखेका अरू नेताहरूले साता दिनलाई सदुपयोग गर्नुुपर्ने बताए । ‘यो अवस्थामा अध्यक्षद्वयलाई केही समय प्राप्त भएको छ, उहाँहरू र पार्टीले यो समयलाई सक्दो सदुपयोग गर्नुहुन्छ भन्ने हामीलाई लागेको छ,’ नेता नेम्वाङले कान्तिपुरसँग भने, ‘हामीले दुवै अध्यक्षलाई पार्टी एकता नटुट्ने गरी संवाद र एकता झन् बलियो हुने गरी सहमति गर्नुस् भनेर सुझाव दिएका छौं ।’

नेतृत्वलाई दबाब दिन हस्ताक्षर संकलन

पार्टीको शीर्ष नेतृत्व फुटको दिशामा गएको भन्दै सत्तारूढ नेकपाका सांसदहरूले हस्ताक्षर संकलन अभियान थालेका छन् । पार्टी एकतालाई सुदृढ र जनतामाझ गरेका वाचा पूरा गर्नुपर्ने भन्दै अभियान थालिएको हो ।

शुक्रबारसम्म प्रतिनिधिसभाका २८ जनाभन्दा बढी सांसदले हस्ताक्षर गरेका छन् । पार्टी विभाजन गर्ने पक्षमा आफूहरू नलाग्ने भन्दै उनीहरू अपिल जारी गरेर अभियानमा जुटेका हुन् । अपिलमा शीर्ष नेताहरूबीच जारी शक्ति संघर्षले पार्टी एकता विग्रहमा जाने हो कि भन्ने चिन्ता व्यक्त गरिएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा दिन अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दबाब दिँदा उत्पन्न भएको पछिल्लो मतभेदले पार्टी विभाजनतिर जान लागेको हो कि भन्ने बुझाइ अभियान चलाइरहेका सांसदहरूको छ । समाजको प्रगतिशील रूपान्तरण, राष्ट्रिय एकता, सबल अर्थतन्त्रको निर्माण र समाजवादको दिशामा जानुको सट्टा शक्तिका लागि पार्टीका नेताहरूबीच अन्तरविरोध चलेको र त्यसमा आफूहरू कुनै पनि हदमा नजाने ती सांसदहरूको भनाइ छ ।

हस्ताक्षर संकलन अभियानमा अध्यक्षद्वय ओली र दाहाल तथा वरिष्ठ नेता नेपाल पक्षका सांसद छन् । कृष्णप्रसाद दाहाल, सुरेश राई, गणेश पहाडी, रामकुमारी झाँक्री, समिना हुसेन, लक्ष्मी चौधरी, इन्दु शर्मा, झपट रावल, मेटमणि चौधरी, यज्ञराज सुनुवारलगायत सांसदले उक्त अपिलमा हस्ताक्षर गरेका छन् । सांसद सुनुवारले अभियानमा स्थायी कमिटी सदस्य र मन्त्रीलाई सहभागी नगराइएको बताए । ‘पार्टी एकताका लागि दबाब अभियान जारी छ । सबै सांसद सहभागी हुनुहुन्छ । बाँकी कुरा आइतबार सार्वजनिक गर्छौं,’ उनले भने । सांसद झाँक्रीले पार्टीको निर्माण कसैको सनकबाट नभई नेता र कार्यकर्ताको योगदान र बलिदानबाट भएकाले एकताका लागि दबाब दिने अभियान चलाएको बताइन् । ‘हामीले यो अभियान कसैलाई सरकारबाट हटाउन, कसैलाई सरकारमा जान र पार्टी फुटाउन चलाएका होइनौं,’ उनले भनिन् ।

अभियानप्रति ओली पक्ष भने सशंकित बनेको छ । हस्ताक्षर अभियान रोक्न र आफू पक्षका सांसदलाई त्यसमा सहभागी नहुन ओली पक्षले दबाब दिइरहेको सांसदहरूले बताएका छन् । अभियानमा ओली पक्षका भनेर चिनिएका कृष्णप्रसाद दाहाल, दाहाल पक्षका सुरेश राई र नेपाल पक्षबाट यज्ञराज सुनुवारले नेतृत्व गरिरहेका छन् । सांसद दाहाललाई ओली पक्षले अभियान स्थगित गर्न दबाब दिएको स्रोतको भनाइ छ । पार्टीभित्र विवाद बढेका बेला संकलन भइरहेको हस्ताक्षर भविष्यमा दुरुपयोग हुने ओलीनिकट नेताहरूको आशंका छ । ‘संसदीय राजनीतिको अभ्यासमा सबै कुरा भनेर गरिँदैन । खाली पानामा गरिएका हस्ताक्षर भोलिका दिनमा दुरुपयोग हुन सक्छ भनेर सांसदहरूलाई सचेत गराएका मात्रै हौं,’ ओलीनिकट एक सांसदले भने ।

अभियानमा सहभागी सांसदले प्रधानमन्त्री ओलीको पक्षमा सडक र सामाजिक सञ्जालमा भइरहेका गतिविधि रोक्नुपर्ने र त्यसरी नेता विशेषका पक्षमा हुने गतिविधिमा संलग्न नहुने भन्ने आशयको प्रतिबद्धता चलाएका छन् । तर, सडकमा भइरहेका नाराबाजी र प्रदर्शन रोक्ने एवं सामाजिक सञ्जालमा ओलीका पक्षमा र अन्य नेताको विरोधमा भइरहेका नेकपाका कार्यकर्ताका प्रस्तुतिलाई पनि रोक्ने निर्णय बालुवाटारमा भइसकेकाले यस्तो हस्ताक्षर अभियान रोक्नुपर्ने ओलीनिकट नेताले जानकारी दिए ।

अभियानमा संलग्न सांसदहरू महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको निवास पुल्चोकमा भेला भएका थिए । उक्त भेलामा राष्ट्रिय सभामा सत्तारूढ दलका सचेतक रहेका खिमलाल भट्टराई पनि सहभागी थिए । तर, सहमतिविपरीत खुलेर मन्त्री गुरुङले ओलीको पक्ष लिएको र भट्टराईले पनि त्यस्तै गरेको भन्दै उनीहरूलाई यो अभियानमा संलग्न गराइएको छैन । त्यसैले पनि हस्ताक्षर संकलन अभियानमा ओली पक्षले आशंका व्यक्त गरेको हुन सक्ने अभियानमा संलग्न सांसदको भनाइ थियो । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x