कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
बिहीवार रातिदेखि परिरहेको अविरल वर्षाले जनकपुरधाम जलमग्न हुनुको साथै धनुषा जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकाको जनजीवन प्रभावित भएका छन् । यहाँको मूल सडकमा २ फिटभन्दा बढी पानी जमेको छ ।
पानीको निकास नहुँदा घरघरमा पानी पसेको छ । जनकपुरधामका प्रायः सडक छेउमा रहेका घर तथा सरकारी कार्यालयमा पानी पस्नुका साथै जमेको छ । मुख्यमन्त्री कार्यालय, ऐतिहासिक रङ्गभूमि मैदान बाह्रबिघा मैदान, रामानन्दचोक, जिल्ला प्रहरी कार्यालय, प्रादेशिक अस्पताल परिसर डुबानमा परेको छ ।
प्रादेशिक अस्पतालको नवनिर्मित भवनको आकस्मिककक्षमा समेत पानी पसेको छ । आकस्मिककक्षको छत चुहिएका कारण पानी जमेको कर्मचारीले बताएका छन् । अस्पतालमा पानी जमेका कारण बिरामीलाई उपचारमा समस्या भइरहेको छ । जनकपुर उद्योग वाणिज्य सङ्घ, भानुचोक, मिल्स एरिया, मुरलीचोक, विश्वकर्माचोक, कदमचोक र रमानन्दचोकमा समेत पानी जमेको छ ।
त्यसैगरी धनुषा जिल्लाको पूर्वी क्षेत्रका गाउँपालिका र नगरपालिकाको गाउँ डुबानमा परेको छ । जिल्लाबाट बग्ने कमला, जलाधी, जमुनीलगायतका नदी वहाव वढेको छ । अविरल वर्षाले अप्रिय घटना नभएको र क्षतिको तथ्यांक संकलनको भइरहेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
जनकपुरधाम उपमहानगरपालिका–१ स्थित सडक विस्तारको क्रममा सडकपेटीमा वर्षौंदेखि घरटहरामा बस्दै आएका दलित सुकुम्वासीको वर्षाको बेला उठिबास हुने भएको छ । निरन्तरको वर्षाको बेलामा हुन लागेको सडक विस्तारको क्रममा वडा नं १ धर्मवान टोलका ती समुदायलाई घरटहरा भत्काउन दबाब परिरहेको छ । ती समुदायले आफूहरू सडकमै बसेको ५० वर्ष भइसकेको र आफ्नो अन्य ठाउँमा जग्गा जमिन नभएपछि कहाँ जाने भनेर दुःखेसो व्यक्त गर्दछन् ।
स्थानीय मनोज मल्लिक डोमले भने, ‘सडकपेटीमा बसेको ५० वर्ष भयो, जलाद नदीको छेउमै घरटहरा बनाएर बसेका छौं, वर्षायामको बेलामा नदीको पानी माथिल्लोस्तरमा आएर घरटहरामा क्षति गर्ने गरेको छ, आफूहरू निकै कष्टकर जीवन बिताउँदै आएको भए पनि अहिले सडक विस्तारको क्रममा आफूहरूलाई विस्थापित गरे बिचल्ली पार्नु भएन, हामीलाई सरकारले कुनै ठाउँमा बस्नका लागि व्यवस्थापन गरिदिए सडकपेटीको जग्गा खाली गर्न तयार छौं ।’
जनकपुरधाम–१ मा सडक फराकिलो गर्ने क्रममा उपमहानगरपालिकाले घरटहरा सूचना जारी गरेको छ । सो सूचनालाई मध्यजर गर्दै दलित अगुवाहरूले आफूहरू विकासविरोधी नभएको तर भूमिहीनको उचित व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेका छन् ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...