×

NMB BANK
NIC ASIA

म्याग्दी पहिरोमा बेपत्ता १७ जनाको शव फेला, ३ घाइतेको उद्धार

असार २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

म्याग्दी जिल्लाको धवलागिरी र मालिका गाउँपालिकामा गएको पहिरोमा बेपत्तामध्ये १७ जनाको शव भेटिएको छ भने ३ घाइतेको हेलिकोप्टरमार्फत उद्धार गरी अस्पताल पठाइएको छ । 

Muktinath Bank

अविरल वर्षापछि शुक्रवार आएको पहिरोमा परी बेपत्ता मालिका गाउँपालिका–७ बिम दुलेबाट ७ जना र धवलागिरी गाउँपालिका–६ मराङ रिखाबाट १० जनाको शव फेला परेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मालिकाबाट स्थानीय विष्णु पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, विष्णु नेपाली, सन्दीप नेपाली, वीरबहादुर नेपाली र वीरबहादुरका ३ महिने छोराको शव फेला परेको छ ।


Advertisment
Nabil box
Kumari

मराङको पहिरोबाट स्थानीय सुकुना लामगादे, आशीष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली र प्रकाश केसी (जनिमा केसीका १८ वर्षे छोरा) को शव निकालिएको छ ।

Vianet communication
Laxmi Bank

पहिरोबाट घाइते अवस्थामा उद्धार गरी मालिका–७ बस्ने ३६ वर्षीय पूर्णबहादुर नेपाली, धवलागिरी–६ बस्ने २२ वर्षीया मञ्जिता श्रीपाली र ७ वर्षीय सफल नेपालीलाई अस्पताल लगिएको छ । तीमध्ये पूर्णबहादुरको बेनी अस्पतलामा उपचार भइरहेको छ, उनी बोल्न सक्दैनन् । 

मञ्जिता र सफलको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि रेफर गरिएको छ । गर्भवती समेत रहेकी मञ्जिताको ढाँडमा समस्या देखिएको छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, जिल्ला प्रहरी प्रमख प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर लगायत नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली पुगी पहिरोमा बेपत्ता भएका व्यक्तिलाई स्थानीयको सहयोगमा खोजतलास गरेको थियो ।

पहिरोमा परेर घाइते भेटिएकाहरूलाई प्रभू एयरको हेलिकोप्टरमार्फत बेनी अस्पताल र पोखरा पठाइएको हो । अन्य बेपत्ताको खोजीकार्य जारी रहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । 

धवलागिरी गाउँपालिका–६ का वडाध्यक्ष राजाराम सुवेदीले गाउँमा करीब ५०/६० ठाउँमा पहिरो गएको र उद्धारमा कठिनाइ भएको बताए । लोकान्तरसँगको कुराकानीमा उनले विपद्को घडीमा सघाउन सम्पूर्णमा आग्रह गरे ।  

म्याग्दीका विभिन्न स्थानमा पहिरोको उच्च जोखिम भएका २२० जना मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । रघुगंगा गाउँपालिका–३ गलेशवर राहुँघाटखोला नजिकको बस्ती जोखिममा रहेका २१ घरधुरीका ८५ जनाको परिवारलाई नजिकैको गायत्री मन्दिरमा सारिएको छ । 

धवलागिरी–६ कल्लेरी जहरे बस्ने ८९ जना व्यक्तिको उद्धार गरी ५० जनालाई वडा नम्बर–७ शिवलिङ्गस्थित हेम मावि आश्रय दिइएको छ भने बाँकी आफन्तको आश्रयमा गएका छन् । 

मालिका गाउँपालिका–५ देवीस्थानका ३ घरधुरीका १३ जना र वडा नम्बर–६ दरबारचाउटाका ६ घरधुरीका ३३ जना गरी ४६ जनालाई जनप्रिय मावि दरबाङ सारिएको प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

भौगोलिक विकटता र प्रतिकुल मौसमसँगै उद्धारमा कठिनाइ र ढिलाइ भएको प्रहरीले जनाएको छ । शुक्रवार पनि त्यस स्थानमा उद्धारका लागि उडेको हेलिकप्टर मौसम खराबीले भिजिविलिटी अभावमा २ पटकसम्म फर्केको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x