×

NMB BANK
NIC ASIA

नेकपा कार्यकर्तालाई प्रचण्डको आह्वान- एकविरुद्ध अर्कोले कान फुक्ने प्रवृत्तिमाथि खबरदारी गर्नुस्

असार २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक नेताविरुद्ध अर्को नेताको कान फुक्ने प्रवृत्तिविरुद्ध खबरदारी गर्न कार्यकर्ताहरुलाई अपील गरेका छन् । उनले नेकपालाई एकताबद्ध गर्नको लागि सच्चाइ के हो भन्ने कुरामा नेताहरुले छातीमा हात राखेर बोल्नुपर्ने बताए ।

Muktinath Bank

‘एउटा गएर केपीलाई छाड्नु हुन्न भन्ने अर्कोलाई आएर प्रचण्डलाई छाड्नुहुन्न भन्ने गरिएको छ । यो प्रवृत्तिप्रति खबरदारी गर्न जरुरी छ,’ आइतवार चितवनको भरतपुरमा नेकपा जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रचण्डले कसैलाई महान राष्ट्रवादी र कसैलाई राष्ट्रघाती करार गर्ने काम बन्द गर्न आग्रह गरे ।


Advertisment
Nabil box
Kumari

‘नेपालको नक्सा प्रकाशित गर्ने कुरा मेरो अध्यक्षतामा बसेको स्थायी समितिबाट पारित गराइएको थियो, त्यो लम्पसारवाद हो ? केन्द्रीय समिति बैठकबाट लिम्पियाधुरासहितको नक्सा अविलम्ब प्रकाशित गरोस् भनेर सरकारलाई निर्देशन दिएका थियौं, के त्यो लम्पसारवाद हो ?’ प्रचण्डले प्रश्न गरे, ‘कमरेडहरु हामी सबैले छातीमा हात राखेर यो पार्टीलाई एकताबद्ध गर्नको लागि सच्चाइ के हो भन्ने कुरा कम्युनिस्ष्ट स्पिरिटमा बोल्नु पर्छ ।’

Vianet communication
Laxmi Bank

पार्टी एकतालाई कुनैपनि हालतमा जोगाउनु पर्ने भन्दै रचनात्मक दबाब सिर्जना गर्न उनले आग्रह गरे । ‘कोही राष्ट्रघाती दलाल र कोही महान राष्ट्रवादी होइन । हामी सबै मिलेर समस्याको सामना गरेको हो, सबै मिलेर नक्सा बनाएको हो,' उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x