×

NMB BANK
NIC ASIA

ओली–प्रचण्डका फरक–फरक सम्बोधनको सार– नेकपाको विवाद मिल्दैछ !

असार २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेर सेलाउँदै गरेको समयमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको विवाद समाधानउन्मुख रहेको संकेत दिएका छन् ।

Muktinath Bank

पार्टीभित्रको विवाद समाधान गर्न भन्दै स्थायी कमिटी बैठक स्थगित गरेर दुई अध्यक्षले ‘वान टु वान’ वार्ता गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्षद्वयबीच भइरहेको कुराकानीबारे दोस्रो तहका नेताहरूले जानकारी गराउने गरेपनि स्वयं ओली र प्रचण्डले मुख खोलेका थिएनन् । 


Advertisment
Nabil box
Kumari

शुक्रवार राति देशवासीका नाममा गरेको सम्बोधनका क्रममा ओलीले पार्टीभित्रका विवाद सम्बन्धित दल र तिनका नेताहरूले आपसी छलफलबाटै सुल्झाउने बताएका थिए । 

Vianet communication
Laxmi Bank

के भनेका थिए ओलीले ?

दिदीबहिनी तथा दाजुभाइहरू,

अहिले कतिपय राजनीतिक विषय र सन्दर्भहरूप्रति जनताको ध्यान अवश्य तानिएको हुनुपर्दछ । त्यस किसिमको चासो र जिज्ञासा हुनु स्वाभाविकै हो ।

महामारी र प्राकृतिक विपत्तिको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्न उठ्नु अन्यथा होइन । जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन् ।

त्यसलाई निष्कर्षमा पुर्‍याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरूकै हो । पार्टीभित्र हुने यस्ता छलफल, बहस र विमतिहरू तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन् ।

यस्ता विषय सम्बन्धित दल र तिनका नेताले आपसी छलफलबाटै सुल्झाउने छन् । यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ । 

अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको पनि हुनसक्छ ।

म आश्वस्त पार्न चाहन्छु, आम नेपालीका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ । 

यतिबेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवनरक्षाको दायित्वबाट बिमुख बन्न कसैले पनि मिल्दैन ।

मैले पहिले पनि भनेको छु, रोग र भोकबाट देशवासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि हट्दैन ।

त्यसैले मेरो र मैले नेतृत्व गरेको सरकारको सारा ध्यान र सम्पूर्ण प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित छ ।


प्रचण्डको सम्बोधनको आशय 

आइतवार गृहजिल्ला चितवनमा प्रचण्डले एकअकाविरुद्ध उचाल्ने प्रवृत्तिविरुद्ध लाग्न कार्यकर्तालाई अपिल गरे ।

प्राकृतिक विपत्तिको अनुगमनका लागि चितवन पुगेका प्रचण्डले शनिवार पनि पार्टीभित्रको विवाद समाधानउन्मुख रहेको संकेत गरेका थिए । 

आइतवार पार्टीको जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा प्रचण्डले आफूलाई भारतपक्षीय नेताको रूपमा चित्रण गरिएकोप्रति आपत्ति जनाए । गएको असार १४ गते प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले आफ्नो सरकारविरुद्ध भारतीय दूतावासको गतिविधि बढेको र नेपालका नेताहरू पनि लागेको आरोप लगाएका थिए । 

ओलीको अभिव्यक्तिलाई लिएर प्रचण्डले असार १६ गते भारतले नभई आफूहरूले राजीनामा मागेको बताएका थिए । सो भनाइपछि ओलीपक्षीय कार्यकर्ताले भारतको इशारामा सरकार ढाल्न खोजेको भन्दै सडकमा नारा लगाएका थिए । 

उनले दोस्रोपटक आफू प्रधानमन्त्री भएको समयमा लागेको लम्पसारवादको नाराको पनि खण्डन गरे । उनले अतिक्रमित भूमि समेटिएको नक्सा प्रकाशित गर्न स्थायी कमिटी बैठकबाट निर्णय गराउने कुरा लम्पसारवाद हो ? भनी प्रश्न गरे ।

‘नेपालको नक्सा प्रकाशित गर्ने कुरा मेरो अध्यक्षतामा बसेको स्थायी समितिबाट पारित गराइएको थियो, त्यो लम्पसारवाद हो ? पछि केन्द्रीय समिति बैठकबाट कालापानी सहितको नक्सा अबिलम्ब जारी गरोस् भनेर सरकारलाई निर्देशन दिएका थियौं, के त्यो लम्पसारवाद हो ?’ प्रचण्डको प्रश्न थियो । आफूले भारतीय इशारामा सरकार ढाल्न लागेको भनेर गरिएको प्रचारप्रति प्रचण्ड रुष्ट थिए । 

नेपालको नक्सा प्रकाशित गर्ने काम सबै मिलेर गरेको भन्दै कसैलाई राष्ट्रघाती दलाल र कोही महान राष्ट्रवादी करार नगर्न उनले आग्रह गरे । 

‘कोही राष्ट्रघाती दलाल र कोही महान राष्ट्रवादी होइन, हामी सबै मिलेर समस्याको सामना गरेको हो, सबै मिलेर नक्सा बनाएको हो,’ प्रचण्डले भने, ‘कमरेडहरू हामी सबैले छातीमा हात राखेर यो पार्टीलाई एकताबद्ध गर्नका लागि सच्चाइ के हो भन्ने कुरा कम्युनिस्ट स्पिरिटमा बोल्नुपर्छ ।’ 

प्रचण्डको सम्बोधनको सार नेकपाभित्रको विवाद समाधान हुने र पार्टी एकता बचाउनु पर्छ भन्ने थियो । उनले ओलीको आलोचना गरेनन्, न त सो समूहप्रति आक्रमकता देखाए ।

नेकपामा युद्धविरामको स्थिति

असार १० गते शुरू भएको नेकपा स्थायी कमिटी बैठकका लागि ७ वटा एजेण्डा तय गरिएको थियो । शुरूका दिनमा अध्यक्षद्वय ओली र प्रचण्डले सम्बोधन गरेपछि तेस्रो दिनको बैठकमा नेपाल–भारत सीमा समस्याको विषयमा छलफल भयो । 

१४ गते आइतवार ओलीले आफ्नो सरकार गिराउन चलखेल भएको अभिव्यक्ति दिएपछि १६ गते मंगलवार प्रचण्ड, नेपाल लगायतका शीर्ष नेताले एक स्वरमा ओलीको राजीनामा माग गरे । ओलीको राजीनामाको माग चर्केपछि नेकपा विवाद चरमोत्कर्षमा पुग्यो । 

पार्टी विवाद उत्कर्षमा पुगेका बेला ओलीले असार २० गते सरकारमा सहभागी मन्त्री र राज्यमन्त्रीलाई बोलाएर सरकार अप्ठ्यारोमा परेको भन्दै कित्ता प्रस्ट गर्न निर्देशन दिए ।

ओलीको राजीनामाको मागपछि नेकपा स्थायी कमिटीको बैठक लगातार स्थगित भएको छ । १८ गतेदेखि स्थगित बैठक साउन २ गतेका लागि बोलाइएको छ । यसबीचमा सहमतिको प्रयास भन्दै ओली–प्रचण्डले छलफललाई घनिभूत बनाएका थिए । 

‘दुवै अध्यक्षको अभिव्यक्तिले नेकपामा युद्धविरामको संकेत गरेको छ, केही न केही सहमतिमार्फत विवाद समाधान हुने दिशामा गएको छ’ नेकपाका एक स्थायी कमिटी सदस्यले आइतवार लोकान्तरसँग भने । 

प्रचण्डलाई कार्यकारी अधिकार दिने २०७६ मंसिर ४ गतेको सहमतिको थप व्याख्या, मन्त्रिपरिषद् पुनर्गठन, केही मुख्यमन्त्रीको हेरफेर, असमान ढंगले गरिएको राजनीतिक नियुक्ति खारेजी र वैशाख २० मा पार्टीमा गरिएको आत्मालोचनालाई माइन्युट गर्ने लगायतका बुँदामा सहमति नजिक पुगिएको नेकपा स्रोतको दाबी छ ।

ओली प्रचण्डका पछिल्ला अभिव्यक्तिको पनि पार्टीको विवाद आपसी सहमतिमा मिल्दैछ भन्ने अर्थ लगाउन सकिने ती सदस्यले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x