×

NMB BANK
NIC ASIA

नेकपा विवाद अन्त्य कि स्थगित ?

असार ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

तेस्रो धार भन्छ : ‘ओली–दाहाल कल्याणकारी तानाशाह’

Muktinath Bank

गत १८ गते अध्यक्ष दाहालले ओलीपक्षीय नेताहरूलाई संवादका लागि खुमलटार बोलाए । त्यहाँ पूर्वमाओवादी र नेपालनिकट नेताहरू सहभागी थिए । करिब २ घण्टा चलेको छलफलमा दाहालले भनिहाले, ‘अहिले पार्टीभित्र जे–जति समस्या भएको छ, मेरो र केपीजीबीचको आशंका र अविश्वासले भएको हो, अरू कुरा गौण हुन् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा सहभागी एक नेताका अनुसार सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले दाहालको भनाइलाई त्यहीं प्रतिवाद गर्दै भनेका थिए, ‘तपाईंहरू दुवै अध्यक्ष जहिले पनि व्यक्तिवादी कुरा गर्नु हुन्छ, पार्टीमा यत्रो समस्या भइसक्यो, कुनै हेक्का नै छैन, तपाईंहरू चरित्रका हिसाबले कम्युनिस्ट त के, डेमोक्र्याट पनि होइन, अधिकतम भए कल्याणकारी तानाशाह हो ।’


Advertisment
Nabil box
Kumari

श्रेष्ठसहित वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल र अन्य केही नेताहरू दुवै अध्यक्षमा व्यक्तिवादी चिन्तन हावी रहेको ठान्छन् । ‘दुवै अध्यक्षमा व्यक्तिवादी चिन्तन हावी छ, तर अहिले ओलीजीको शैलीले पार्टीलाई घाटा पुर्‍याइरहेको छ,’ नेपालको भनाइ उद्धृत गर्दै उनीनिकट नेताले भने, ‘प्रचण्डजीमा पनि समस्या आउँदा हामीले सच्याउनुपर्छ, पार्टी विधिमै चल्नुपर्छ ।’

Vianet communication
Laxmi Bank

उनले नेताहरू कुन पक्षको हो भनेर ‘डीएनए टेस्ट’ गरिसकेपछि मात्रै ओलीले उनीहरूलाई भूमिका दिने गरेको उल्लेख गर्दै अब गुटको मानसिकताबाट पार्टीलाई माथि उठाउनुपर्ने निकटस्थहरूसँग भनिरहेका छन् । त्यसैले यो पक्ष ओलीलाई कम्तीमा एउटा पदबाट हटाउनुपर्छ भन्नेमै छ । तर दाहालपक्षीय केही स्थायी कमिटी सदस्यहरू अहिले प्रधानमन्त्रीमा ओलीलाई नै समर्थन गरेर अघि बढ्ने र दाहाललाई कार्यकारी अध्यक्ष बनाउने लाइनमा भएको आशंका तेस्रो धारलाई छ ।

‘पूर्वमाओवादीकै लेखराज भट्टजी त अब ओलीजीकै लाइनमा उभिने निश्चित भइसक्यो, दीनानाथ शर्मा, देवेन्द्र पौडेल, हरिबोल गजुरेल, मणि थापा, टोपबहादुर रायमाझीलगायत साथीहरू पनि ओलीले प्रधानमन्त्री नछोड्ने र दुई अध्यक्ष नै मिलेर जानुपर्छ भन्नेमा हुनुहुन्छ,’ नेपालनिकट एक नेताले कान्तिपुरसँग भने ।

अझै अलमलमै

प्रवक्ता श्रेष्ठले स्थायी कमिटी बैठकमा सोधे, ‘ओलीलाई बाँचुन्जेल पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाउने जे–जे गर्न मन छ, गर्नुस्, हामी तपाईंको दास, रैती हुन पाऔं हजुर भनेर पार्टी एकता जोगाउने कि यो पार्टीलाई सकारात्मक दिशातिर लैजाने हस्तक्षेप गरेर एकता जोगाउने ?’ नेता नेपालले पनि व्यक्तिवादी सर्वसत्तावादविरुद्ध यही बैठकले निर्णय गर्नुपर्ने तर्क राख्छन् । पार्टी अध्यक्षद्वय मिल्दा राम्ररी चल्ने, नमिल्दा डामाडोल हुने स्थिति आएको भन्दै त्यसलाई चिर्नुपर्ने पक्षमा स्थायी कमिटीका अधिकांश सदस्यहरू एकमत छन् ।

‘तर पार्टी एकता पनि गर्ने र व्यक्तिवादी सर्वसत्तावाद पनि अन्त्य गर्ने कुरालाई कसरी लैजाने हो भन्ने समस्या छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘हामी जसरी भए पनि दोस्रो लाइनमा जान्छौं ।’

त्यसो भए उपाय के त ? ‘ओलीले स्वेच्छामै दुईमध्ये एउटा पद छाड्नैपर्छ तर उहाँले त यो कुर्सीमा बस्न को आउँछ, म भाँचिदिन्छु भन्नुभएको छ, यो त लोकतान्त्रिक तरिका भएन नि,’ दाहालनिकट नेताले भने, ‘यसअघि उहाँले राजीनामा माग्दा माधव र झलनाथले कहिल्यै पार्टी छाड्छु भन्नुभएन ।’

ती नेताका अनुसार सम्भव भयो भने आलोपालो सरकार चलाउने सहमतिमै जानुपर्नेमा यो पक्षको जोड रहन्छ । ‘बरु ओलीलाई स्वेच्छाले निर्णय गर्न हामी केही समय दिन्छौं,’ ती नेताले भने, ‘अहिलेसम्म प्रचण्डजी यही लाइनमा लागिराख्नुभएको छ ।’ ओलीले अघि सारेको दोस्रो निकास दाहालको कार्यकारी भूमिका प्रभावकारी बनाउने भन्ने नै हो । यसका लागि के–के लिखित गर्नुपर्छ, आफूहरू तयार रहेको र महाधिवेशनपछि दाहाललाई नै एकल अध्यक्ष र प्रधानमन्त्रीसमेत मान्ने ओलीनिकट नेताहरूको भनाइ छ । तर यो सर्त मान्न दाहाल तयार नभएपछि मंसिरमै महाधिवेशन गरेर दाहाल एकल अध्यक्ष बन्ने भन्ने प्रस्ताव ओलीले ल्याएका छन् ।

यसो हुँदा एक व्यक्ति एक जिम्मेवारी भन्ने माधव नेपाल समूहलाई पनि सम्बोधन हुने उनीहरूको तर्क छ । तर ८ लाख कार्यकर्ता भएको दाबी गर्ने नेकपाले मंसिरमै महाधिवेशन गर्ला त ? यसमा स्वयं ओलीपक्षीय नेताहरू पनि विश्वस्त छैनन् । त्यसैले नेकपाको अबको बाटो के होला, स्वयं ओली–दाहालले पनि भेउ पाइसकेका छैनन् । कान्तिपुर दैनिकमा बिनु सुवेदीले खबर लेखेकी छिन् । 
  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x