पुस २७, २०८०
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओले दक्षिण चीन सागरमा खनिज पदार्थ खोज्ने चीनको प्रयास गैरकानूनी भएको बताएका छन् ।
विवादित जलक्षेत्रलाई नियन्त्रणमा लिने चीनको आक्रामक अभियान पूर्ण रूपमा गलत भएको उनको भनाइ छ ।
चीनले उक्त सागरको ठूलो भागमा दाबी प्रस्तुत गरेको छ र मानवनिर्मित टापुमा सैन्य अड्डा बनाइरहेको छ ।
तर यी टापु र समुद्री चट्टानमा ताइवान, फिलिपिन्स, ब्रुनाई, मलेसिया र भियतनामले पनि दाबी गरिरहेका छन् ।
उक्त सागरका विभिन्न क्षेत्रमा नियन्त्रणका विषयमा यी देशहरूबीचको विवाद शताब्दियौंदेखि छ तर हालैका दिनमा तनाव बढेको स्थिति छ ।
नाइन–ड्याश–लाइन नामले चिनिने क्षेत्रमा चीनले दाबी प्रस्तुत गरेको छ र दाबी बलियो बनाउन कृत्रिम टापु बनाइरहेको छ । उसले जलसेनाको उपस्थिति र गश्ती पनि बढाइरहेको छ ।
सोमवार जारी गरिएको बयानमा पोम्पेओले दक्षिण चीन सागरमा विवादास्पद स्प्य्राट्ली टापुसमूहमा चीनको दाबीको पनि विरोध गरेका छन् ।
पोम्पेओले भने, ‘यस जलक्षेत्रमा अन्य देशले माछा मार्ने वा हाइड्रोकार्बन विकाससँग जोडिएको गतिविधि गर्ने काम गरिरहँदा कुनै पनि एकपक्षीय कदम चाल्नु अवैध छ ।’
‘संसारले दक्षिण चीन सागरलाई चीनको जलसाम्राज्य बनाउन दिने छैन ।’
अमेरिका दक्षिणपूर्वी एसियामा आफ्ना साझेदारहरूको अधिकार तथा समुद्रमा तटबाट टाढा रहेका संसाधनको सुरक्षा लागि प्रतिबद्ध रहेको उनको भनाइ छ ।
अमेरिकाले दक्षिण चीन सागरमा आधिपत्यका विषयमा यसअघि कहिले पनि खुलेर कुरा राखेको थिएन । अहिले आएर उसले यो कदम किन चालेको हो ?
अघिल्लो हप्ता दक्षिण चीन सागरमा अमेरिका र चीनका जलसेनाले एउटै समयमा युद्धाभ्यास गरेका थिए । यस दुर्लभ घटनाले दुई देशबीचको बढ्दो तनावलाई औंल्याएको छ ।
विगत चार दशकदेखि अमेरिकाले चीनप्रति लिएको नीतिलाई ट्रम्प प्रशासनले परिवर्तन गर्न लागेको देखिन्छ ।
दक्षिण चीन सागरमा चीनले कृत्रिम टापुहरूको निर्माण गरेर संसारलाई आफ्नो महत्त्वाकांक्षाका विषयमा सन्देश दिएको छ ।
अहिले यस जलक्षेत्रमा उठेको तनावले सबै कुरालाई दाउमा राखेको छ । समुद्री चट्टान र टापुसमूह आफैंमा महत्त्वपूर्ण नभए पनि त्यसैका विषयमा दुई शक्तिशाली देशबीच सैन्य भिडन्तको खतरा बढेर गएको छ ।
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...