कात्तिक २३, २०७८
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाको ब्यारेक स्थानान्तरण गर्ने सहमति जुटेको छ । नागरिक उड्डयन प्राधिकरणले भरतपुर विमानस्थललाई आन्तरिकतर्फको क्षेत्रीय विमानस्थल बनाउने गरी गुरुयोजना अगाडि सारिरहेका बेला भरतपुरमा सेनाको ब्यारेक सार्ने निर्णय भएको हो ।
भरतपुर विमानस्थल विस्तारको योजना सङ्घीय सरकारको नीति तथा कार्यक्रममा पनि परेको छ । भरतपुर महानगरले बुधबार राखेको छलफलमा सेनाको ब्यारेक सार्ने सहमति भएको हो ।
“विमानस्थल विस्तारका लागि भरतपुर–१० मा रहेको नेपाली सेनाको ब्यारेक (कालीबहादुर गण)लाई भरतपुर–१, आँपटारीमा रहेको दियालो बङ्गलामा सार्ने सहमति भएको छ,” बैठकपछि महानगर प्रमुख रेणु दाहालले जानकारी दिइन् ।
बैठकमा जिल्लाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद, प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, विमानस्थल प्रमुखसहितको सहभागिता थियो । नेपाली सेनाले विकास निर्माणमा सहयोग गर्दै दियालो बङ्गलामा जान सहमत भएको छ दाहालले भन्नुभयो, “सेनाको घोडा फर्म (प्रजनन केन्द्र)समेत भरतपुर–११, बसेनीमा रहेको फायरिङ रेन्जमा सार्ने सहमति भएको छ । ”
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सेनाको ब्यारेक सारेर पनि विमानस्थल विस्तार गर्ने निर्णय हुनु स्वागतयोग्य बताए ।
विमानस्थललाई आवश्यक जग्ग्गा ब्यारेकबाट लिनुपर्छ बाँकी जग्गामा सेनाको सानो टुकडी राख्न आवश्यक छ, उनले भने । सेनाको एयर बेस र लजिस्टिक राख्न पनि सो ठाउँमा सेनाको टुकडी जरुरी रहेको उनको भनाइ छ ।
नागरिक उड्डयन प्राधिकरणले भरतपुर विमानस्थललाई आन्तरिकतर्फको क्षेत्रीय विमानस्थल बनाउने गरी गुरुयोजना बनाउन सुरु गरिसकेको छ । गुरुयोजना र डीपीआर निर्माणको काम सुरु भइसकेको भरतपुर विमानस्थलका प्रमुख पवन गौतमले जानकारी दिए।
भरतपुर विमानस्थलको धावन मार्ग हाल एक हजार दुई सय मिटरको छ । यसलाई विस्तार गरेर एक हजार पाँच सय मिटर पु¥याउने योजना छ । अहिले भरतपुर विमानस्थलमा ८० सिट क्षमता भएका
जहाजसमेत अवतरण गर्न नसकिने अवस्थामा विमानस्थलको विस्तारसँगै यसमा सहजता आउने विश्वास गरिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...