कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
मधेश संघीय नेपालको संरचनाभित्र एक भूखण्ड रहेको आम नेपालीलाई थाहा छ । तर उक्त वास्तविकताभन्दा भिन्न छ मधेशभित्र मधेशको पहिचान ।
राजनीति समाज रूपान्तरणको बाहक रहेको कयौं उदाहरण छन्, तर सिद्धान्त विपरीत मधेशको राजनीति शक्तिशाली समूह र व्यक्तिकेन्द्रित देखिन्छ । मधेशी भाषामा प्रायः ‘महन्त’ त्यस्ता व्यक्तिलाई भन्ने गरिएको छ, जो आर्थिक र सामाजिक रूपमा सक्षम हुन्छन् । व्यापारी र सामन्तको भूमिकामा रहने महन्तहरू मधेशभित्र राजनीतिमा पनि उत्तिकै प्रभावशाली छन् ।
हिजोआज मधेशभित्र अधिकारको लडाईंको नारा विभिन्न राजनीतिक र सामाजिक मञ्चमा सुन्न सकिन्छ । राजनीतिकरूपमा हामी मधेशी कमजोर रहेको निष्कर्ष त्यहाँबाट आउने लगभग सुनिश्चित नै हुन्छ ।
मधेशका महन्त शीर्षकले आज तिनै कमजोर राजनीतिक व्यवस्था र राजनीतिक व्यक्तित्वलाई सतहमा ल्याउने प्रयास गर्नेछ । राजनीतिभित्र फरक मत हुनु लोकतन्त्रको एक सुन्दर पक्ष हो । तर देशको अखण्डतालाई नै खल्बलाउने गरी जन्मिएको फरक मत स्वार्थपूर्ति र सदैव शक्तिशाली बनिरहने खेल हो । यसले गर्दा आज समस्त राष्ट्र नै दोधारमा परेको अवस्था छ ।
अधिकार र पहिचान दुवै पक्षमा कमजोर रहेको मधेश आज भ्रष्ट नेता र तिनका अनुयायीहरूको चेपुवामा परेको छ । एकतिर अधिकारको लडाइँको नाममा कयौं निर्दोष र कमजोर जनतालाई उचालेर आन्दोलनमा मारेका छन् भने अर्कोतिर सरकार गठन हुनासाथ आफ्नो घरपरिवार लगायत अनन्य मित्रलाई राजनीतिक सेवासुविधा दिँदै आएका छन् ।
मधेश आज एउटा यस्तो बाटोमा आएर उभिएको छ जहाँ परिवर्तनका सबै मार्गमा सम्भावना भन्दा बढी चुनौती देखिन्छ ।
मधेशसहित देशमा भएको चुनावमा वाम गठबन्धनले जीतको नयाँ कीर्तिमान बनायो भने मधेशभित्र २०६३ सालझैं मधेशवादी राजनीतिक दलको वर्चश्व कायम रह्यो ।
जनतामा उत्साहको तरंग थियो किनभने राजनीतिले निकासको बाटो खोज्दै थियो, तर आमनागरिकमा रहेको उत्साहले मूर्तता पाएन ।
देशभित्र अधिकारको लडाइँ लडिरहेको मधेश आफू भने समावेशी हुन सकिरहेको छैन । कमजोर वर्गको वकालत गर्ने महन्तहरूले आफ्नो छोराछोरी, नातिनातिनी, ज्वाइँ, सम्धी र अनन्य मित्रहरूलाई आफूले लगानी गरेको समय र पैसा उठाउन राजनीतिक नियुक्ति दिन थाले ।
मधेशभित्र उठेको अधिकार को लडाइँको आवाज आज बन्द कोठामा हुने बलात्कार जस्तै लाग्छ । जसले समाजभित्र रहेको गलत पक्षलाई उजागर त गर्छ तर त्यस्ता गलत पक्षलाई सुधार गर्न कानून र नीति बनाउँदैन ।
हिजोसम्म देशले अधिकार खोस्यो भनेर हल्ला गर्दै हिँडेका महन्तहरू आज सुनको महल बनाउन व्यस्त छन् । चुनावी प्रक्रियालाई नै गलत भन्दै कहिले चुनावमा सहभागी नहुने भन्ने नेताहरू आज सरकारका समर्थक र साझेदार बनेर बसेका छन् ।
लोकतन्त्रको मर्म विपरीत अझै मधेशभित्र परिवारवाद हावी रहेको उदाहरण हेर्ने हो भने मधेशवादी दल नमूनाका रूपमा प्रस्तुत भएका छन् । हिजोसम्म जनताले हक अधिकार पाएनन् भनेर हिँड्ने नेताहरूले आज आफ्नै सरकार र चयनसम्म समावेशी बनाउन सकेका छैनन् । कानून निर्माणजस्तो गम्भीर विषयमा विवादित रहेर केन्द्र सरकारसँग भिड्दै गरेको प्रदेश सरकार विखण्डनकारी व्यक्ति र शक्तिलाई कानून निर्माणको जिम्मेवारी दिएर बसेको छ ।
कानून निर्माणको अभिप्राय मजबुत आन्तरिक व्यवस्थापन हुन्छ, तर प्रदेश भित्रको सरकारले गैरजिम्मेवार र विदेशी लगानीमा अघि सारेका गैरसरकारी संस्था चलाउने व्यक्तिहरूलाई कानून निर्माण गर्ने अवसर प्रदान गरेर अघि बढेको प्रस्ट देखिन्छ ।
मधेशभित्र रहेका राजनीतिक दल आन्तरिक भागबण्डा मिलाउन व्यस्त छन् भने उक्त भागबण्डाका दाबेदार कार्यकर्ताहरू प्रायः जसो नैतिकरूपले समाजभित्र कमजोर छविका व्यक्तित्वहरू छन् । मधेश आन्दोलनको मुख्य उद्देश्य हेर्दा र बुझ्दा धेरै भिन्न रहेको वास्तविकता बाहिर आउँदा आम सर्वसाधारणमा आफ्नो चयनप्रति क्रोध र घृणा बढ्दै गएको छ ।
आन्दोलनका क्रममा जब सर्वसाधारण मृत्युको भय र दैनिक उपभोगका सामग्रीका लागि संघर्ष गर्दै थिए त्यति नै बेला राजनीतिक दलका नेता/कार्यकर्ताहरू कालोबाजारीमा व्यस्त थिए ।
आन्दोलनको असर कम भए आफ्नो व्यापार समाप्त हुने डरले तिनै नेता कार्यकर्ताले अनैतिक काम गरे । यसरी आमजनता कमजोर भइरहेको बेलामा मधेशभित्र कयौं नयाँ महन्तहरूको जन्म भयो ।
गैरकानूनीरूपले कमाएको त्यही सम्पतिले चुनाव जितेर आउँदा ती जनप्रतिनिधिहरू यतिसम्म बलियो भइसकेका थिए कि पत्रकारलगायत निष्पक्ष रहेका नागरिक समाजका अगुवाहरूलाई ज्यान मार्ने धम्की समेत दिने थाले ।
मधेशभित्र आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इमान्दारीपूर्वक आफ्नो काम गरे ५० प्रतिशतभन्दा बढी जनप्रतिनिधिहरू सजायका भागिदार बन्नेछन् । जनप्रतिनिधि नेताभन्दा बढी महन्त र व्यापारीको छवि बनाउन सफल भएका छन् भने विकासका कामकाज गुणस्तरहीन हुँदै गएको छ ।
समाजको विकासभन्दा आफ्नो निजी कामकाजमा लागेका यी जनप्रतिनिधिहरू वास्तविकरूपमा एउटा कमजोर राज्य व्यवस्था र कानूनका फाइदा उठाएर बसेका छन् । मधेशमा निकटम भविष्यमा ठूलो संकट आउनबाट जोगिन यी नकारात्मक व्यक्ति र समूहविरुद्ध खुलेरै लाग्नुको विकल्प मधेशी जनतासँग छैन ।
आज आवाज उठाउन हामी पछि पर्यौं भने भोलि देश आर्थिक संकटमा पर्ने र गृहयुद्धमा फस्ने सम्भावना बढ्दै जानेछ । मधेशका महन्त बलियो हुँदै गए भने भोलिको मधेशको भविष्यमात्र होइन देशको भविष्य नै संकट पर्नेछ ।
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...