कात्तिक २४, २०८०
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
नेपालको माटोमा मौलिक ढंगबाट मार्क्सवाद, लेनिनवाद र माओवाद प्रयोग गर्ने उद्देश्य राखेर अधिकांश कम्यूनिस्ट पार्टीहरू गठन भएका छन् । कम्यूनिस्ट पार्टीका नेताले जुन उद्देश्य राखेर सर्वहारा श्रमजीवी वर्गको पक्षमा लाग्ने प्रतिवद्धता गरे, त्यस अनुरूप कथनी र करणीमा तादम्यता प्रायः कमै पाइन्छ ।
परिणामतः कम्यूनिस्ट पार्टीका नेता मालेमावादी हुनुका लागि सैद्धान्तिक मूलभूत मान्यता अभिलेखनमा पूरा गरेपनि व्यावहारिकतामा भने थोरै देखिन्छ । पार्टी नेताको प्रभावका कारण अधिकांश युवा नेतामा पनि यो समस्या छर्लङ्ग देख्न सकिन्छ । इमान्दार नेताहरू सतर्क हुन जरूरी छ ।
विश्वका कतिपय देशजस्तै फ्रान्समा म्याक्रोन, उत्तर कोरियामा किम जोन उन र क्यानडामा जस्टीन टुडों लगायत देशमा युवा नेताले मुलुकको सफल नेतृत्व गरिरहेका छन् । यिनै नेताले विश्व अर्थराजनीतिमा नयाँ तरङ्ग प्रवाह गरिरहेका छन् । तर हाम्रो मुलुकका युवा नेता अवसर खोजीको लागि पार्टीका केही थान जीर्ण नेताको पेरीफेरीमा नै आफ्नो भविष्य खोजिरहेका छन् ।
युवा नेता राष्ट्र र समाजको आदर्शका प्रतिबिम्ब बन्नुपर्छ । भविष्यमा पार्टीसँगै मुलुकको नेतृत्व गर्ने आशा गरिएका युवा नेता अध्ययन, चिन्तन, मनन र जनसेवामा लागेको आजकल कमै भेटिन्छ । पछिल्लो समयमा युवा नेतामा सेवाभावको आदर्श स्खलित भएकोजस्तो देखिन्छ । आर्थिक चलखेल गर्ने, ठेक्कापट्टा गर्ने, बिचौलिया बन्ने र नेताको चाकडी गर्ने काममा प्रतिस्पर्धा ज्यादै बढेको देखिन्छ ।
युवा र विद्यार्थी संगठन पार्टी राजनीतिको मुख्य उत्पादन थलो हो । थलो अर्थात् भुइँ वा जमिन हो । जमिनमा जुन फल रोप्यो, बोटमा पनि त्यहीँ फल फल्दछ । आफ्नो व्यक्तिगत स्वार्थका निम्ति ग्रासरूटका नेता कार्यकर्तासँग आर्थिक चलखेल गरेर तिनै आर्थिक सहयोगीलाई नेताको रुपमा उभ्याउनु भनेको भविष्यमा संगठनलाई मागी खाने मगन्तको समूह बनाउनु हो, बेठीक फल फलाउनु हो । संगठनको उद्देश्य ठीक हुँदाहुँदै पनि नेताहरू व्यक्तिगत स्वार्थमा लागेका कारण अहिले नेपाली युवा विद्यार्थी आन्दोलन, थला पर्दै एजेन्डाविहिन बन्दैछ ।
अहिले कतिपय कलेजमा विद्यार्थी नेताको लगानी छ । सरकारी क्याम्पसमा पढाइ सुधार्न पहल गर्नुपर्ने उनीहरूले निजी कलेजमा लगानी गरेका छन् । मोटरबाटो, पुलपुलेसा र बालुवा खानीमा युवा संगठनका नेताले ठेक्कापट्टा टेन्डर चलाएका छन् । अझ कहिलेकाहीँ प्रशासनिक सरूवा बढुवामा पनि चलखेल गर्दछन् । राजनीतिमा लागेका युवाहरूले मुलुकमा विकासको नक्सा कोर्नुपर्नेमा आफ्नो घरको नक्सा कोर्न लाग्नु बिडम्वनापूर्ण अवस्था हो । संगठनको नाममा धन्दा चलाउने नीतिका कारणले गर्दा युवा र विद्यार्थी नेताको जीवनशैलीबारे बारम्बार प्रश्न उठ्ने गरेको छ ।
कतिपय अवस्था नयाँ दृष्टिकोणको अपेक्षा गरिएका युवा नेताहरू भट्टिदेखि महंगा रेस्टुरेन्ट धाउँदै धुम्रपान र मदिरापानको संस्कारमा रमाइरहेका छन् । मदिराले लठ्ठिएपछि झगडा गरेर जगत हसाइरहेका छन् । गलत संस्कार भुसको आगोझैं संगठनभित्र सल्किरहेछ । यस्तो विचलनमा फसेका वर्तमान युवा पुस्ताबाट नयाँ ऊर्जाशील पुस्ताले के पाठ सिक्ने होला ! झड्केलो पूँजीवादबाट ग्रसित यी युवाले नयाँ विचार दिन नसके पनि गलत संस्कार अबलम्वन गरिदिँदा पार्टीका नेता, कार्यकर्ता र जनताप्रतिको आशा भरोसालाई टुक्र्याइरहेका छन् ।
सामाजिक काम गरेजस्तो नाटक गर्दै सेल्फी खिच्ने, सामाजिक सञ्जालमा फोटो राख्ने र सेलिब्रेटी हुने युवा जमात क्रमशः वृद्धि हुँदैछ । सस्तो लोकप्रियताको दौडमा राजनैतिक दलका युवा पनि छन् । सेलिब्रेटीको ढोङ कम्यूनिस्ट आचरणभित्र पर्दैन । यस्तो कामचोर प्रवृत्तिले हाम्रो समाजमा कस्तो असर पुर्याउँछ ? यसबारे सम्बन्धित युवा नेता किन अनविज्ञ छन् ।
निष्ठा, सेवाभाव र आदर्शको राजनीति गर्ने नेताको संगठनमा संकट देखिँदैछ । यी गम्भीर विषयमा नेपाल कम्यूनिस्ट पार्टीका जिम्मेवार नेताले समीक्षा गर्नुपर्ने देखिन्छ । कांग्रेसका युवाको हालत पनि उस्तै देखिन्छ । यस्ता विषय पार्टीका लागि गम्भीर चुनौती हुन् । परन्तु पार्टीका जिम्मेवार नेताले यस्ता व्यथितिलाई गुट केन्द्रीत हुँदै गलतलाई प्रश्रय दिनु हुँदैन ।
पञ्चायतविरूद्ध सघर्ष गरेका नेताको आचरण खराब भयो भन्दै १ छाक खाएर जनयुद्ध लडेका केही थान युवा नेता आज नवधनाड्य अवताररूपी वर्गमा देखिएका छन् । यी कमरेडको वर्ग उत्थान भएको छ । केही नवधनाड्य नेताले संगठनलाई नै कब्जामा राख्ने प्रयास वा भ्रमको खेती गरिरहेका छन् । अबको मुख्य अन्तरसंघर्ष संगठनभित्र इमान्दार नेता भर्सेज नवधनाड्यको हुनेछ ।
पार्टीका युवाशक्तिको सम्पूर्ण ध्यान अर्थोपार्जनतर्फ भएपछि समानतामा आधारित समाजवादको जिम्मेवारी भविष्यमा यिनैको हातमा गए के होला ? यस्तो वर्तमान अवस्थामा चीनमा माओले अबलम्वन गरेकोजस्तै सांस्कृतिक क्रान्तिको टड्कारो आवश्यकता नेपालका कम्यूनिस्ट पार्टीभित्र देखिँदैछ ।
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...