×

NMB BANK
NIC ASIA

रामशाहपथ र टंगालमा आशाको दियो निभेको छैन, बालिरहन खबरदारी गरौं !

माघ १४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

‘यस देशका नेता, कर्मचारी र सुरक्षाकर्मी त सकिएकै थिए, आशाको त्यान्द्रोको रूपमा रहेका अख्तियार र न्यायालय पनि सकिए । अख्तियार र न्यायलयको दियो पनि निभ्यो ।’ नेपाली समाजमा पछिल्ला वर्षमा अत्यधिक सुनिने निराशाका अभिव्यक्तिमध्ये यो पनि एउटा हो । जनता भन्न थालेका छन् – ‘यो मुलुक कहिल्यै बन्दैन, अब आश मर्‍यो । सबै भ्रष्ट भए । सबै सकिए । नेता भ्रष्ट भए, कर्मचारी घूस खाने, प्रहरी त्यस्तै । हुँदाहुँदै न्यायालय र अख्तियारमा बस्ने पनि बेइमान, पतित र भ्रष्ट ।’

Sagarmatha Cement
Muktinath Bank

समाजमा धेरै नकारात्मक सोचाइ र निराशा हावी हुनुमा यो देशका जिम्मेवार नेता, संवैधानिक अंगका प्रमुख, पदाधिकारी, कर्मचारी र बौद्धिकहरू बढी जिम्मेवार छन् भन्ने निष्कर्षमा आम नेपाली पुगेको पाइन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेता, कर्मचारी, संवैधानिक अंगका पदाधिकारी, प्रहरी, नागरिक समाजका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार, वकिल, व्यापारीलाई सराप्ने नेपालीको संख्या पछिल्ला वर्षमा व्यापक बढेको छ । 


Advertisment
Nabil box
Kumari

के सबै क्षेत्रको आशाको दियो निभेकै हो ? यो मुलुकमा कोही चोखो बाँकी छैन ? कोही सुध्रनेवाला पनि छैन ? अधिकारप्राप्त व्यक्ति (जसले चाह्यो भने मुलुकले केही वर्षमै कायापलट गर्न सक्छ) पनि सकिएकै हुन् ? 

Vianet communication
Laxmi Bank

यी यावत् प्रश्न, निराशा र खिन्नताका बीच रामशाहपथ र टंगालमा आशाको दियो मरिनसकेको भनेर केही समययता फाट्टफुट्ट सुनिन थालेको छ । मुलुकको राजधानी काठमाडौंको रामशाहपथमा सर्वोच्च अदालत र टंगालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यालय छन् । 

शुरूमा चर्चा गरौं रामशाहपथमा रहेको मुलुकको सर्वोच्च न्यायालयको । अदालत त्यस्तो ठाउँ हो जहाँ जनताको अन्तिम आशा, भरोसा र विश्वास अडेको हुन्छ । न्यायालय त्यस्तो पवित्र घर हो जसले दूधको दूध, पानीको पानी छुट्ट्याउने अपेक्षा नागरिकले गरेका हुन्छन् । सबैतिरबाट अन्यायमा परेको व्यक्तिको आशा गर्ने अन्तिम थलो न्यायालय हो । यति धेरै आशा र भरोसाको केन्द्र मानिएको हाम्रो न्यायालयको पछिल्ला वर्षको हविगत के छ ? के जनतामा न्यायालयबाट न्याय पाइन्छ भन्ने विश्वास बाँकी छ ? 

चरम निराशाका बीच न्यायालय र अख्तियारका नेतृत्वले पछिल्लो समय देखाएको सक्रियता, चालेका कदम र लिएका निर्णयले आशा गर्ने ठाउँ बाँकी रहेछ भन्ने परेको छ ।

व्याप्त आलोचना, त्यसपछाडिका कारण र घटनाक्रम केलाउने हो भने नेपालको न्यायालयप्रति जनताको आशा लगभग शून्यमा पुगेको निष्कर्षमा पुग्न सकिन्छ । शक्ति, सत्ता र पैसा नहुनेका हकमा नेपालको न्यायालयको ढोका सधैंका लागि बन्द छ भनेर व्यापक टिप्पणी हुने गरेका छन् ।

यसो हुनुमा पछिल्ला वर्षहरूमा न्यायालयको नेतृत्व सम्हाल्न पुगेका महोदयहरू बढी जिम्मेवार देखिन्छन् । कुनै पनि संस्थाको नेतृत्वकर्ता फोहोरी भइदिँदा सिंगो संस्था नै बदनाम हुन पुग्दो रहेछ । न्यायालय र अख्तियार पछिल्ला वर्षमा यसैको शिकार भए । 

चरम निराशाका बीच न्यायालय र अख्तियार दुवैका नेतृत्वकर्ताले पछिल्लो केही महिनायता देखाएको सक्रियता, चालेका कदम र लिएका निर्णयले भने आशा गर्ने ठाउँ बाँकी रहेछ भन्ने परेको छ । आशा जगाएको छ । 

चोलेन्द्रशमशेर राणा हाल प्रधानन्यायाधीश छन् । पछिल्ला प्रधानन्यायाधीश सबै विवादमा तानिए र प्रश्नै प्रश्नमा घेरिएर घर गए । राणाप्रति पनि नेपाली नागरिकले शंका गर्न छोडेका थिएनन् । उनको उतारचढावपूर्ण विगतले जनतामा राणाप्रति शंका व्याप्त थियो । तर जब उनी प्रधानन्यायाधीश नियुक्त भए, केही महत्त्वपूर्ण पाइला चाले । उनको कदमले शून्यमा पुगेको न्यायालयप्रतिको विश्वासको ग्राफ एकाएक बढाएको छ । 

विवादित आदेश वा फैसला गर्ने सातजना न्यायाधीश यतिबेला छानबीनमा परेका छन् । न्यायाधीशमाथि छानबीन र कारवाही गर्न सक्ने अख्तियारप्राप्त निकाय न्यायपरिषद्को अध्यक्षको हैसियतमा प्रधानन्यायाधीश राणाले ती न्यायाधीशलाई छानबीनमा तानेका हुन् । उनीहरूमाथि छानबीन जारी छ । छानबीनले दोषी प्रमाणित गर्ला या निर्दोष देखाउला, त्यो पछिको कुरा हो । हाललाई राणाले चालेको कदम उचित मानिनुपर्छ ।  

न्यायाधीशहरू ड्याम ड्याम गलत आदेश या फैसला गर्ने तर कहीँ कसैमाथि प्रश्न नउठ्ने ? कसैले छानबीन नगर्ने ? कोही जवाफदेही हुुनु नपर्ने ? एक हिसाबले न्यायाधीशले जे गरेपनि हुने छाडा प्रवृत्ति मौलाइरहेको थियो । कतिपयले त न्यायाधीशहरू पशुपतिका साँढेजस्ता भए भनेर समेत टिप्पणी गर्न थालिसकेका थिए ।

न्यायाधीशले जति फोहोरी या राष्ट्रघाती आदेश या फैसला सुनाउँदा पनि उनीहरूमाथि छानबीन त परै जाओस्, जिम्मेवार निकायबाट सामान्य सोधपुछ समेत हुन छोडेको थियो । विवादास्पद आदेश दिएको आधारमा छानबीन शुरू गरेर राणाले यस अर्थमा उत्कृष्ट कार्यको थालनी गरेका छन् जसले कम्तीमा आगामी दिनमा आदेश वा फैसला गर्दा गम्भीर भएर सोच्न न्यायमूर्तिलाई बाध्य पार्र्नेछ । न्याय किनबेचको गलत परम्पराको अन्त्य गर्न सक्छ ।

राणाको हालैका कदमले न्यायाधीशलाई जिम्मेवार बनाउन सघाउ पुग्नेछ । ममाथि पनि निगरानी भइरहेको छ, म पनि राष्ट्र एवं जनताप्रति जिम्मेवार हुनुपर्छ, मैले न्याय किनबेच गर्नुुहुँदैन भनेर सोच्न अब न्यायाधीश बाध्य हुने दिन शुरू भएका छन् । यस अर्थमा राणाले चालेको कदम उचित छ ।  

छानबीनमा परेका न्यायाधीशमाथि अनुसन्धान गर्न राणाले सर्वोच्चका न्यायाधीशको नेतृत्वमा समिति गठन गरेका छन् । छानबीन समितिलाई उनले पूर्ण रूपमा स्वतन्त्र छोडिदिनुपर्छ । कुनै किसिमिको हस्तक्षेप वा दबाब दिनु हुँदैन ।

छानबीन समितिलाई प्रभावमा पार्ने काम राणा आफैंले पनि गर्नुहुन्न र कसैले प्रभाव पार्न खोजे उनले त्यसको भण्डाफोर गर्न सक्नुपर्छ । अनि राणाको पक्षमा मिडिया लाग्नेछ । हामी लाग्नेछौं । छानबीनको नाममा निर्दोषलाई फसाउने काम कुनै हालतमा गर्नुहुन्न । दोषी कुनै पनि हालतमा बच्नुहुँदैन । व्यक्तिगत प्रतिशोध साँध्ने हिसाबले निर्दोषलाई फसाउने काम भयो भने पाप धुरीबाट कराउने पक्का छ ।

विगतमा प्रधानन्यायाधीशलाई बधाइ दिन जानेको अग्रपंक्तिमा बिचौलिया र दलाल हुने गर्थे । राणाले बिचौलियालाई बिचल्लीमा पारेका छन्, पूरै निषेध गरेका छन् ।

राणाले तत्काल देखाउनका लागि वा क्षणिक वाहवाहीको लागि छानबीनको नाटक गरेका हुन् र भित्री उद्देश्य अर्कै हो भने त्यो आगामी दिनमा लुक्ने/छिप्ने छैन । तर पवित्र मन, वचन र कर्मले उनले न्यायालय सुधारको अभियान शुरू गरेका हुन् भने उनको कदमको विरोध गर्नु राष्ट्रप्रतिकै घात हुनेछ । अहिले न्यायालय र न्यायमूर्ति यति धेरै गनाइसकेका छन् कि अदालतमा सामान्य सुधारले मात्र नपुग्ने अवस्था आइसकेको छ ।

न्यायाधीशमाथिको छानबीनको प्रसंगमा एउटा पक्ष चाहिँ बिर्सनुहुँदैन । त्यो के भने न्यायाधीशले गर्ने आदेश या फैसलाको गम्भीर अनुसन्धानपछि मात्र त्यो आदेश या फैसला सही या गलत के थियो भनेर छुट्ट्याउन सकिन्छ । एउटा कुरा पक्का हो – न्यायमूर्तिले कसैको रोनाधोना, भावना वा बिलौना सुनेर आदेश सुनाउँदैनन् । आदेश गर्नुअघि न्यायाधीशले हेर्ने संविधान, कानून, नजीर या विगतका अभ्यासलाई हो । कहिलेकाहीँ प्रमाणको अभावमा न्यायाधीशले समाजले अपेक्षा गरेअनुसार आदेश गर्न सक्दैन । न्यायाधीश पनि मानिस हो । उसबाट पनि गल्ती हुन सक्छ । तर गल्ती जानेर भएको छ कि नजानेर ? न्यायाधीशले विवेक पुर्‍याएको छ कि छैन ? न्यायाधीश प्रभावमा परेर आदेश गरिरहेको छ कि आधार प्रमाणलाई टेकेर ? यस पक्षलाई ध्यान दिइनु जरूरी छ । अनुसन्धान गर्ने जिम्मा पाएका न्यायमूर्तिहरूले यसतर्फ विचार गर्ने नै छन् । 

अहिले जो–जो न्यायाधीश छानबीनको घेरामा तानिएका छन्, उनीहरूले गरेको आदेश या फैसलामा बढी केन्द्रित भएर अनुसन्धान हुनु जरूरी छ । यसमा प्रधानन्यायाधीश राणा पक्कै सचेत होलान् नै ।

न्यायाधीशलाई छानबीनमा तानेपछि राणाको वाहवाही चुलियो तर उनले सुधारको संकेत प्रधानन्यायाधीश भएकै दिनदेखि शुरू गरेका थिए । पंक्तिकारलाई प्राप्त सूचनाअनुसार, राणाले प्रधानन्यायाधीश भएपछि सरकारी निवास बालुवाटारभित्र टेन्ट टाँगेर आफ्ना नातागोता, बिचौलिया, न्यायाधीश र वकिललाई सरकारी खर्चमा पार्टी खुवाउने विगतको परम्परा यसपटक तोडिदिए । 

विगतमा प्रधानन्यायाधीश हुनासाथ सरकारी निवास बालुवाटारमा बधाइ दिन जानेको लर्को लाग्ने गर्थ्यो । राणाले यसपटक त्यस्तो लर्को लाग्न दिएनन् । उनले आफूलाई बधाइ दिन सरकारी निवास बालुवाटार आउनेलाई भित्र पस्न दिएनन् । केवल गेटमा राखिएको पुस्तिकामा आगन्तुकको नाम र उद्देश्य बधाइ दिनु थियो भन्ने लेख्न लगाएर त्यहीँबाटै बिदा गर्ने नयाँ परम्पराको शुरूआत गरे ।  

पंक्तिकारले सुनेअनुसार राणाले सर्वोच्चका न्यायाधीश बाहेक अन्यलाई शुरूदेखि नै सरकारी निवासमा प्रवेश गर्न दिएका छैनन् । पछिल्लो समय त सर्वोच्चका न्यायाधीशलाई पनि कार्यालयमा मात्र भेट्ने, निवासमा नभेट्ने शुरूआत गरिसकेका छन् । 

विगतमा प्रधानन्यायाधीशलाई बधाइ दिन जानेको अग्रपंक्तिमा बिचौलिया र दलाल हुने गर्थे । राणाले बिचौलियालाई बिचल्लीमा पारेका छन्, पूरै निषेध गरेका छन् । राणाको व्यवहारबाट न्यायको किनबेच गर्न पल्केका, गरीबमारा, देश लुटेरा बिचौलिया र दलालहरूको भागाभाग भएको छ ।       

पंक्तिकारले पाएको सूचनाअनुसार, न्यायपरिषदमा डुङ्डुङ्ती गनाएका न्यायाधीशविरुद्ध उजुरीको चाङ छ । धेरै वर्षदेखि त्यस्ता उजुरीमाथि कुनै कारवाही भएको छैन । विगतमा धेरै प्रधानन्यायाधीश आए/गए तर कसैले ती उजुरीमाथि छानबीन गर्नुपर्ने आवश्यकता देखेनन् । अहिले के सुनिँदैछ भने राणा ती प्रत्येक उजुरीमाथि एक एक गरी गहिरोसँग अनुसन्धान गर्नुपर्ने पक्षमा उभिएका छन् । आफूले मुद्दा कम हेर्ने रणनीति बनाएका राणाले मुख्य चासो न्यायालय सुधारलाई बनाएका हुन् भने ती उजुरी अब खोलिनेछन्, खोलिनुपर्छ ।

फटाहा, धूर्त, देश लुट्न पल्केका नेता, कर्मचारी, बौद्धिक जमात धेरै भएको यो देशमा जतासुकै बिचौलियाको बिगबिगी छ । त्यस्ता बिचौलियाले व्यापक दबाब, धम्की या सताउन अनेकन प्रयास गर्न सक्नेछन् । त्यसलाई राणाले थेगिराख्न सक्छन् ? उनीसँग सिंगो चार वर्षको कार्यकाल बाँकी छ । चार चार वर्ष उनी कसैको सामु झुकेनन्, गलेनन्, घुँडा टेकेनन् भने इतिहास बनाएर बिदा हुनेछन् । मुलुक र जनताका लागि अमूल्य गुन लगाउनेछन् ।

बिचौलियासामु राणाले घुँडा टेके र क्रमशः बिचौलियाकै इशारामा न्यायालय चल्न थाल्यो भने यस पंक्तिकारले पनि राणाको पक्षमा खर्चेका शब्द फिर्ता लिनुपर्ने दिन आउनेछ । 

बिचौलियाका अलावा, नेपाललाई कहिल्यै स्वतन्त्र ढंगले काम गर्न नदिने विदेशी शक्तिकेन्द्रहरू पनि राणाका लागि आगामी चुनौती बन्ने निश्चित छ । प्रारम्भिक संकेत हेर्दा राणा टेलिकम कम्पनीका नाममा विदेशिएको अर्बौं रूपैयाँको राजस्वप्रति पक्कै आँखा चिम्लेर बस्ने छैनन् भनेर बुझ्न कठिन छैन । अदालतमा विचाराधीन मुद्दामा प्रधानन्यायाधीशले यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भनेर टिप्पणी गर्ने या अर्ती उपदेश दिने अधिकार सञ्चारकर्मीलाई हुँदैन । तर नेपाली जनताको रगत पसिना जोडिएको अर्बौं रकम बराबरको राजस्व मुलुककै ढुकुटीमा फिर्ता ल्याउँदा त्यो राष्ट्रिय हितमा हुने विषयमा विवाद होला र ? 

टंगालको धिपधिपे दियो 

टंगाल अर्थात् शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहेको स्थान । यस निकायको नेतृत्व गरेका महोदयहरूका कारण अख्तियार पछिल्ला वर्षमा बदनाम मात्र भएन, प्रतिशोध साँध्ने अड्डाको रूपमा चिनिन पुग्यो । कतिपयले त अख्तियारलाई खारेजै गर्नुपर्ने निराशाजनक अभिव्यक्ति दिए । संस्था आफैंमा पतित हुँदैन, त्यसलाई हाँक्ने पदाधिकारी बेइमान भइदिँदा संस्था पनि विवादमा तानिदो रहेछ । अख्तियार पछिल्ला वर्षमा यसैको शिकार भयो । अख्तियारको नेतृत्व गर्ने व्यक्तिहरू पतित, भ्रष्ट र बिचौलियाको चंगुलमा फसे । यसका नेतृत्वकर्ता त पटक पटक फेरिए, तर जुन जोगी आएपनि कानै चिरेको भन्ने टिप्पणी सुनिन बन्द भएन । न्यायालय जस्तै अख्तियारप्रति पनि आम जनताको भरोसा लगभग शून्यमा पुगेको छ । 

अत्यन्तै निराशाबीच नविन घिमिरे यस संस्थाको प्रमुख आयुक्त बनेका छन् । घिमिरे पूर्वप्रशासक हुन् । कर्मचारीका रूपमा उनी गनाएका व्यक्ति होइनन् । उनको विगत विवादास्पद थिएन, छैन । यस हिसाबले उनि अख्तियार प्रमुखका लागि योग्य थिए, छन् । नियुक्तिका बेला संसदीय सुनुवाइ समितिमा उनीविरुद्ध एउटै उजुरी नपर्नुले पनि घिमिरेको स्वच्छ छवि प्रस्ट हुन्छ । तर विगतका नेतृत्वको बदनामीबाट झस्केका आम नेपालीलाई घिमिरको विगतले मात्र ढुक्क बनाएको थिएन । अख्तियार प्रमुख भएपछि उनले कस्ता कदम चाल्छन् भन्नेमा स्वाभाविक रूपमा व्यापक चासो थियो ।

घिमिरेले प्रमुख भएपछि चालेका कदमले चाहिँ निभ्नै लागेको अख्तियारप्रतिको आशाको दियो बाँकी रहेको छनक दिएको छ । घिमिरेको नियुक्तिलगत्तै सिक्टा सिँचाइ आयोजनामा अर्बौं रुपैयाँको भ्रष्टाचार भएको आरोपपत्र विशेष अदालतमा दायर भएको छ ।

नेपाल आयल निगमका तत्कालीन प्रमुख गोपाल खड्का (जसमाथि सधैं शक्तिकेन्द्रको आडमा अनेकौं धन्दा गर्ने गरेको आरोप लाग्दै आएको थियो) विरुद्ध १८ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।
घिमिरेले वर्षौं पुराना भ्रष्टाचारका मुद्दा ब्युँताइदिएका छन् । लामो समयदेखि थन्किएर रहेको पोलिमर नोट काण्डलाई किनारा लगाइदिएका छन् । नोट छपाइमा भएको भ्रष्टाचार मुद्दालाई अदालतमा पुर्‍याइदिएका छन् ।  

पछिल्ला वर्षहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्यसका पदाधिकारीका वरिपरि बिचौलिया, दलाल र माफियाहरूले अड्डा जमाएर बस्ने गरेको व्यापक गुनासो सुनिने गर्थ्यो । घिमिरेले बिचौलिया र दलाललाई पूर्ण निषेध गरेको सुनिन थालेको छ ।

फूटबल क्षेत्रका बदनाम पात्र गणेश थापाको पुरानो फाइल खोलेका छन् । यसअघिका अख्तियार प्रमुखले सुनपानी छर्केर चोख्याइदिएका थापाको कर्तुतमाथि अब विस्तृत छानबीन हुने देखिन्छ । 

पछिल्ला वर्षहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्यसका पदाधिकारीका वरिपरि बिचौलिया, दलाल र माफियाहरूले अड्डा जमाएर बस्ने गरेको व्यापक गुनासो सुनिने गर्थ्यो । घिमिरेले बिचौलिया र दलाललाई पूर्ण निषेध गरेको सुनिन थालेको छ । अख्तियार वरिपरि अड्डा जमाएर बसेका बिचौलियाको अहिले भागाभाग भएको सुनिन थालेको छ । अख्तियारभित्र बिचौलियाको प्रवेश रोकिएको छ । 

कतिपयले घिमिरे कुनै विन्दुमा पुगेपछि पूर्वाग्रही हुने हुन् कि भन्ने शंका गर्ने गरेको पाइन्छ । उनलाई दुईतिहाइ भएको सरकारले प्रमुख बनाएको हो । प्रमुख नियुक्त भइसकेपछि घिमिरे सरकारप्रति मात्र जवाफदेही हुनुपर्ने भन्ने हुँदैन । उनले अहिलेसम्म त्यस्तो व्यवहार देखाएका पनि छैनन् । उनी सिंगो देश र जनताप्रति मात्र जवाफदेही हुनुपर्ने संस्थाका प्रमुख हुन् । लामो समय कर्मचारी संयन्त्रमा बसेर काम गरेका घिमिरे यी सामान्य विषयको पक्कै जानकार छन् । जहाँसम्म उनी पूर्वाग्रही बन्छन् कि भन्ने जुन शंका कतिपयमा  पाइन्छ, त्यो उनको आगामी दिनको व्यवहारले जवाफ दिने नै छ । अख्तियार प्रमुखको रूपमा घिमिरेले आयोगको गुमेको साख फर्काई असल छवि छाडेर गए भने उनको त्यो पदचाप पछ्याउन आगामी नेतृत्वलाई प्रेरणा मिल्नेछ । यद्यपि घिमिरेपछि अख्तियार प्रमुखको लाइनमा रहेका आयुक्त गणेशराज जोशी इमान्दार र असल छवि बनाएका प्रशासकको रूपमा चिनिन्छन् ।

न्यायालय र अख्तियार मात्रै इमान्दार र निष्पक्ष हुँदा मुलुकमा धेरै काम हुन सक्छ । यी दुई संस्थाका प्रमुख इमान्दार भइदिँदा मुलुकमा धेरै हदसम्म विकृति,  विसंगति र राज्यकोषको दोहन रोकिन सक्छ । पछिल्लो समय यस्तो मान्यता र विश्वास मेटिँदै गएको बेला यी दुवै महत्त्वपूर्ण, स्वतन्त्र र अधिकारप्राप्त निकायका नेतृत्वले प्रारम्भमा स्पष्ट संकेत दिएका छन् – ‘रामशाहपथ र टंगालमा आशाको दियो मरेको छैन ।’ 

उनीहरूले निभ्नै लागेको आशाको दियोलाई तत्कालका लागि निभ्नबाट जोगाएका छन् । तर धिपधिप गरेको दियोमा तेल कति छ ? तेल सकिँदै गयो भने दियो कुनै पनि बेला निभ्न सक्छ । आशाको उक्त दियोमा तेल थप्ने काम अर्थात् यी दुवै निकायका प्रमुखलाई निरन्तर खबरदारी गर्ने जिम्मेवारी आम नेपालीको हो, मिडियाको हो, नागरिक समाजको हो । जनताले निरन्तर चासो दिन छोडेमा दियोको तेल सुक्दै जान सक्छ । दियो निभ्ने खतरा रहिरहन्छ । 

दियोमा तेल भरेर मात्र पनि पुग्दैन । तेलले भरिएको दियोलाई बेस्सरी चलेको हावाबाट जोगाउन सकिएन भने कुनै पनि बेला निभ्न सक्छ । त्यसैले जसरी दियोलाई हावाबाट जोगाउन जरूरी छ, त्यसैगरी न्याय र संवैधानिक अंगलाई किनबेच गर्ने बिचौलियारूपी हावाहरूको भण्डाफोर गर्न नसकिए आशाको दियो फेरि पनि जोखिममै पर्छ । आशाको दियो जोगाउने हो भने त्यसमा तेल पनि थपौं र बिचौलियारूपी हावाहरूलाई पनि रोकौं ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x