×

NMB BANK
NIC ASIA

शैक्षिक समस्या

सामुदायिक विद्यालयका शिक्षक : तालिम पर्याप्त, व्यवहारमा शून्य !

फागुन २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

एक जना प्रधानाध्यापक जो विद्यालयमा राम्रो र गुणस्तरीय शिक्षाको लागि सदा लागिरहनुभएको छ, उहाँले प्रश्न गर्नुभयो, ‘हाम्रा पाठ्यपुस्तकमा भएका पाठले बालबालिकालाई आकर्षण गर्न नसकेको हो कि हामी शिक्षकले उनीहरूलाई पाठ्य सामग्रीप्रति ध्यान केन्द्रित गराउन नसकेका हौंं ?’

Muktinath Bank

शिक्षकसँगै नभएको प्रश्नको उत्तर मैले दिन सक्ने कुरै थिएन । त्यसैले मैले यसको उत्तर जान्ने विभिन्न व्यक्तिहरूसँग सम्पर्क गर्ने जमर्काे गरे । पहिलो काम विद्यालय पाठ्यक्रमका विज्ञहरूसँग कुरा गरे । उहाँहरूले अनुसार पाठ्यक्रम आधुनिक परिमार्जित र सबै ढंगले उत्कृष्ठ मात्र छैन, देशको सबै खाले विज्ञको सहभागितामा बनेकाले यसलाई दोष दिने ठाउँ नै नभएको बताएका छन् । शिक्षकले आफ्नो जिम्मेवारी पूरा नगरेकै कारण शिक्षाको गुणस्तर खस्केकाले शिक्षकको व्यवहारमा नै परिवर्तन आवश्यक रहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसपछि शैक्षिक जनशक्तिमा रहेर लामो समयसम्म दक्ष शिक्षक तयार गर्दै आउनुभएका व्यक्तिसँग कुरा गरें । उहाँका अनुसार शिक्षकको पाठ्यसामग्री प्रस्तुत गर्ने विधि र विद्यार्थीहरूमा गर्ने व्यवहारमा परिवर्तन नै भएन । पाठ्य सामग्रीमा खासै समस्या छैन । तालिममा आजैबाट परिवर्तन गर्छाैंझै गर्ने शिक्षकले विद्यालय पुगेपछि कुनै पनि सीपको प्रयोग नै गरेका छैनन् ।


Advertisment
Nabil box
Kumari

सामुदायिक विद्यालयका शिक्षकले जति पढाउने सीपबारे अरु कसैले पनि तालिम नै पाएका छैनन् । तालिम लियो व्यवहारमा शून्य ! न प्रधानाध्यापकको नेतृत्वदायी भूमिका छ, न शिक्षाको कामप्रतिको जिम्मेवारी । शिक्षकमा पाठगत कसरी पठाउनेदेखि विद्यार्थीसँग गर्ने व्यवहार, कमजोर विद्यार्थीका लागि एक्सन रिसर्च, केस स्टडी, निरन्तर मूल्यांकन प्रक्रिया यी सबै तालिममा मात्र सीमित छ, अब कसरी भयो पाठसामग्रीमा समस्या । यो सबै शिक्षकले आफ्नो जिम्मेवारी पूरा नगरेको परिणती हो ।

Vianet communication
Laxmi Bank

अब मलाई शिक्षा मन्त्रालयका विभिन्न विभागबाट आउने उत्तरबारे स्पष्ट भयो । थप व्यक्तिसँग कुरा गर्न आवश्यक ठानिन । फेरि पनि मेरो कौतहलता मेटिएन, यसपछि लामो समयदेखि बालबालिका र शिक्षाको विषयमा कलम चलाउनुहुने पत्रकार प्रकृति अधिकारीसँग यही प्रश्न गरे । उहाँका अनुसार पाठ्य सामग्रीमा पनि समस्या त होला तर पनि शिक्षकहरूको कमजोरीका कारण नै विद्यार्थीको शिक्षाको गुणस्तर खस्केको उहाँको बुझाई रह्यो । उहाँका अनुसार गत २ वर्षको कक्षा ११, १२ को रिजल्टका आधारमा सामुदायिक विद्यालयबाट अध्ययन गरेका विद्यार्थीमा मुस्किलले ‘ए प्लस’ ल्याउने १ हजार पनि छैनन् भने निजी विद्यालयबाट ‘ई’ ल्याउने विद्यार्थीको संख्या १ हजारभन्दा कम छ । यसबाट सामुदायिकका शिक्षकले पढाउँदैनन्, त्यसैले राम्रो नम्बर ल्याउने संख्या न्यून रह्यो ।

निजीले जबर्जस्ती पढाए, थोरै नम्बर ल्याउनेको संख्या कम भयो । अझैं म सन्तुष्ट हुन सकिनँ । त्यसपछि मेरा मित्र लामो समयसम्म सामुदायक विद्यालय प्रधानाध्यापकको रुपमा विद्यालयलाई एउटा उचाइमा पुर्याएका हाल शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्मासँग पुगे । उहाँका अनुसार पहिला गुरूकूल पद्दतिमा पाठ्यक्रम र पाठ्य सामग्रीको छनौट शिक्षकबाट हुन्थ्यो र मूल्यांकन पनि शिक्षकबाटै गरिन्थ्यो । हाल शिक्षक र विद्यार्थी दुवैका लागि पाठ्यक्रम र पाठ्यसामग्री बिरानो हो । यसमा पछिल्लो समय शिक्षकमा अल्छिपन थपिएको छ । तयारी चाउचाउजस्तै अर्काले तयार गरेको सुनाउने हो बस् ।  त्यसको अलावा किताबमा भएको सामग्री पढाउँदा विधिको प्रयोग गरिरहेका छैनौं । साथै परीक्षा प्रणाली पनि पाठ्यपुस्तकमा मात्र सीमित भएकाले शिक्षक र विद्यार्थीको सिर्जनामा ह्रास आएको छ । 

अबका दिनमा किताबमा मात्र सीमित पुग्दैन, शिक्षक सिर्जनात्मक हुन उहाँ सुझाउनुहुन्छ । उहाँ भन्नुहुन्छ – अबका दिनमा इन्टरनेट सुविधा सम्पन्न पुस्तकालयमा विद्यार्थी शिक्षाको पहुँचको कुरालाई पनि जोड दिनुभयो । उहाँले एउटा घटना सम्झँदै भन्नुभयो – जापानमा शैक्षिक भ्रमण जाँदा १ जना सिनियर जापानिज शिक्षकले विद्यार्थीलाई वातावरण विज्ञान पढाउँदा पत्रिकाको कटिङ, बोटविरुवा र विभिन्न विषयमा नियमित कक्षा चलाएको देखेर सोध्नुभएछ । के तपाईसँग पाठ्यपुस्तक छैन ? शिक्षकले भन्नुभएछ – वातावरण विज्ञान पढाउँदा पाठ्यपुस्तक पढाउनु भनेको बासी कुरा पस्कनु हो । त्यसैले म कहिल्यै पनि पाठ्यपुस्तक पढाउँदिन । तर पाठ्यक्रमको सधैं अनुशरण गर्छु ।

शिक्षाविद् मित्र बाबुराम अधिकारी (ईसीडीमा विद्यावारिधि) को विचारमा पाठ्यपुस्तकमा भएका सामग्री विद्यार्थीका रुची अनुसारका साह्रै कम छन् । पाठ्यक्रमको आफ्नै राष्ट्रिय प्राथमिकता हुन्छ नै, त्यसका लागि पनि पाठहरू विद्यार्थी केन्द्रित दैनिक जीवन र जगतसँग सम्बन्धित हुन सक्नुपर्छ । सम्पूर्ण पढाइ परीक्षा केन्द्रित मात्र छ । विद्यार्थीको रुचि र समयअनुसार पाठ्य सामग्रीहरू परिमार्जन हुनु आवश्यक छ । शिक्षकहरू मात्र पाठ पढाउनुहुन्छ, विद्यार्थीलाई सिकाउनुहुन्न । जब शिक्षकले विद्यार्थीलाई सिकाउन शुरू गर्नुहुन्छ, विद्यार्थी सिक्न खोज्दछन्, त्यहाँ स्वतः विद्यार्थी विषयवस्तुप्रति ध्यान केन्द्रित भइहाल्छन् । 

वातावरणीय परिवर्तनको कुरा गर्दा ठूला र सिद्धान्तका कुरा सिकाउने हामीले गाउँमा काफल फल्न छोडेको, गुराँस छिट्टै फुल्न थालेका,े विना मौसम पानी पर्नु यसरी समयमा परिवर्तन आएकाजस्ता दैनिक जीवनका घटना जोडेर पढाउने थोरै सिर्जनशीलता भएमा विद्यार्थीको ध्यानाकर्षण हुने उहाँको धारणा रह्यो ।

डा. गोपी न्यौपाने (बालमनोविज्ञान) का अनुसार अहिले शिक्षा विज्ञ र मन्त्रालयको ध्यान विद्यालय भवन, त्यसको रंग, चर्पी, खेल मैदान, पुस्तकको कागज र त्यसका चित्रमा मात्र सीमित भएको देख्नुहुन्छ । उहाँ हाम्रा पाठमा विद्यार्थीको सिर्जना प्रस्तुत गर्ने ठाउँ नै नभएको बताउनुहुन्छ । पाठ पढिरहँदा आफ्नो जीवनको भोगाइको बालबालिकाले अनुभूति गर्ने खाले हुनुपर्छ, त्यहाँ विद्यार्थी स्वतः जोडिन्छन्, त्यो नै पाठप्रतिको आकर्षण हो । पाठ समयसापेक्ष र जीवनजगतसँग सम्बन्धित नयाँ–नयाँ नभई पढाउने विधि नयाँ हुनै नसक्ने उहाँको धारणा रहेको छ । परीक्षा प्रणाली थप बोझिलो बन्दै गएको छ । 

सीमित विज्ञहरू जो विद्यार्थी र समुदायबाट सधैं टाढा छन् र केही विदेशी एजेण्डा बोकेर बसेकाहरूले पाठ्यक्रम र पाठ्यपुस्तक तयार गर्दछन् । यस्तो अवस्थामा पाठ्यपुस्तकले कसरी विद्यार्थी आकर्षण गर्न सक्ला र ? पाठ्यपुस्तक तयार गर्ने भनेको समुदाय, शिक्षक, विद्यार्थी र विज्ञहरूको संयुक्त कार्यको प्रतिफल भएको दिन पाठप्रति विद्यार्थी स्वतः आकर्षण हुनेछन् । शिक्षालाई राजनीतिले सखाप पारेको छ । शिक्षकहरू पढाउँदैनन्, उनीहरूलाई राजनीतिले संरक्षण दिएर बिगारेको छ, उनीहरूलाई राजनीतिबाट मुक्त गर्नुपर्छ ।

केही सामुदायिक शिक्षाका तत्थ्यहरू

काठमाडौंमा २०१६ सालमा स्थापित तारिणी आधारभूत स्कूलमा कुनै बेला कक्षा १० सम्म पढाइ हुन्थ्यो । हाल २ जना शिक्षक र १ जना सहयोगी पालैपालो गरेर स्कूल खोल्छन् विद्यार्थी छैनन् । भर्नाको बेला ११ जना विद्यार्थी भर्ना भएका थिए । हाल कुनै पनि विद्यार्थी नहुँदा शिक्षक र सहयोगीलाई आफ्नै काम गरेर सरकारी जागिर पचाउँछन् । यसैगरी १९८० मा स्थापित कुनै बेलाको चर्चित कन्या मावि यट्खा काठमाडौंमा कक्षा १० सम्म पढाइ हुन्छ । हाल नियमित रुपमा जम्मा ५० जना विद्यार्थी पनि हुँदैनन् । तर १९ जना शिक्षक छन् भने काठमाडौंकै आदर्श आधारभूत विद्यालय ८४ जना विद्यार्थी ११ शिक्षक छन् । यी राजधानीका प्रतिनिधि घटना मात्र हुन् । (सूर्यप्रसाद पाण्डे अन्नपूर्ण पोष्ट ४ फागुन)

दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–३ गोगनेडाँडा आधारभूत विद्यालयका भर्नाका समय बाल कक्षासहित ३० जना विद्यार्थी भर्ना भएका थिए । भूकम्पपछि पक्की र सुरक्षित विद्यालय भवन बनेको छ । हाल विद्यालयमा मुस्किलले १३ देखि १५ जना विद्यार्थी आउने गर्दछन् भने शिक्षक र सहयोगी गरेर संख्या ५ जना रहेका छन् । शैलुङ गाउँपालिकाका अध्यक्षका अनुसार शैलुङ–५ काटाकुटीको जनकल्याण आधारभूत विद्यालयमा दैनिक २० जना विद्यार्थीको उपस्थिति रहेको छ, जहाँ ३ जना शिक्षक कार्यरत छन् । 

शिक्षा विभागको तत्थ्यांक अनुसार २०७३÷७४ भन्दा २०७४÷७५ मा विद्यार्थीको सिकाइको स्तर ४८ बाट ४६ र ६४ बाट ४४ को दरले घटेको छ । गणित, विज्ञान, नेपालीजस्ता अनिवार्य विषयमा नै शैक्षिक गुणस्तरमा ह्रास हुनु सामग्री शिक्षा माथिको लगानी, शिक्षा नीति र पाठ्यक्रममाथि नै प्रश्न हो ?

काठमाडौंकै निलबाराही विद्यालयमा २०६‡६२ सम्म पनि कक्षा कोठा थिएनन् । हरेक महिना धेरै दिन गुठीका भोजहरूका कारण विद्यालय बन्द हुन्थ्यो । विद्यालय, विद्यालयजस्तै थिएनन्, विद्यार्थीहरू पढ्नका लागि हैन, घरबाट बाहिर निस्कनका लागि मात्र विद्यालय आउँथे । केही साहुहरूले आप्mनोमा काम गर्ने घरेलु श्रमिकलाई पढाइदिएको छु भन्नका लागि शैक्षिक सत्रको अन्तिमसम्म पनि कुनै पनि कक्षामा भर्ना हुन्थ्यो । सोही विद्यालयमा जानुका नेपालले प्रधानाध्यापक सम्हालेपछि पूर्णरुपमा परिवर्तन भएको छ । अहिले नियमित कक्षा हुन्छ । विद्यार्थीको प्रस्तुती पनि राम्रो छ । भर्ना गर्नु पूर्व परीक्षा लिएर मात्र विद्यार्थीले भर्ना पाउँछन् । यसैगरी, नियमित २ सेक्सनसहित कक्षा ११ र १२ को कक्षा पनि सञ्चालनमा रहेको छ ।

सामुदायिक विद्यालयमा अध्यापन गर्ने अधिकांश शिक्षकहरू स्नातक डिग्री गरेका र निश्चित विषयका विज्ञका रुपमा प्रशिक्षित व्यक्ति हुन् । अझ यसभन्दा माथि बढेर धेरैभन्दा धेरै शिक्षकले विभिन्न विषयमा स्नातकोत्तर डिग्री नै सम्पन्न गरेको पाइन्छ । 

सामुदायिक विद्यालयको न्यूनतम तलब २५ हजारबाट शुरू भएर ५० हजार रुपैयाँसम्म बुझ्ने गर्छन् । बिदा सुविधा, युनिफर्मको व्यवस्था, धेरै विद्यालयमा खाजाको व्यवस्था, पेन्सिनको ग्यारेन्टी दैनिक बढीमा ५ वटा कक्षा मात्र । यति हुँदाहुँदै पनि विद्यार्थीलाई पाठ पढाउन भ्याइरहनुभएको छैन । सिकाउने त कल्पना भित्रको कुरा मात्र । यसको विपरीत अधिकांश निजी विद्यालयका शिक्षकहरू १२ पूरा गरेका र स्नातक गर्दै गरेका त्यो पनि शिक्षा संकायका नभएर अन्य विषयमा अध्ययनरत विद्यार्थी नै शिक्षक हुने गर्छन् । विद्यार्थीसँग कसरी व्यवहार गर्ने ? बालमनोविज्ञान के हो ? पढाउने विधि र प्रक्रिया के हो ? यति मात्र हैन, कक्षा तथा विषयगत रुपमा पाठ्यक्रमले कस्तो विद्यार्थी तयार गर्ने लक्ष्य लिएको छ ? जस्ता आधारभूत ज्ञान र तालिम पाएकै हुँदैनन् । तलबको कुरा गर्ने हो भने ९ हजारदेखि बढीमा २३ हजार रुपैयाँसम्म लिने गर्छन् । 

हरेक दिन कम्तिमा ७ घन्टी कक्षा, गृहकार्य हेर्नेदेखि व्यक्तिगत बालबालिकाको अभिलेख राख्नसम्म तयार हुन्छन् । बिदा छैन, जागिर कुन दिन जाने हो त्यसको पनि भर छैन ।

सामुदायिक विद्यालयभन्दा पहिल्यै निजी विद्यालय बनेका त हैनन् ? सामुदायिक विद्यालय भएकै क्षेत्रका टिनको टहरामूनी कक्षा १२ पढ्दै गरेका विद्यार्थीले पढाउन शुरू गरेर टिकेका हाम्रा गाउँका निजी विद्यालयमा कसरी राम्रो पढाइ भयो । कल्पना गर्दै नपत्याउने कुरा, पढेलेखेका, समुदायका अग्रज र विषयगत विज्ञता भएका शिक्षक सामुदायिक विद्यालयमै छन्, त्यहाँको शैक्षिक स्तर खस्कँदै–खस्कँदै बर्बादै भयो । ४ सय जना विद्यार्थीबाट ७० जनामा आइपुगे । खै कसरी ? त्यहीँ सामुदायिक विद्यार्थी अर्काे विद्यालय जान्छन्, आफ्नो स्कूलकै चौरबाट शिक्षक, समुदाय र विद्यालय व्यवस्थापन समिति आफूमा कतै कमजोरी भयो कि खोज्दैन ।

चितवनको चतवान मावि, मकवानपुरको आधुनिक राष्ट्रिय मावि दोलखाको हनुन्तेश्वर मावि, काठमाडौंको ज्ञानोदय माविहरूले निजी विद्यालयमा मासिक हजारौं तिरेर पठाएका विद्यार्थीहरूको भन्दा राम्रो गुणस्तरीय शिक्षा दिएका छन् । यी र यस्ता सयौं विद्यालयहरू अहिले पनि हाम्रो सामुदायिक विद्यालयको इज्जत धानेर बसेका छन् । यहाँ विद्यार्थी भर्ना गर्ने निजीमा पढाइरहेका अभिभावकहरू मरिहत्ते गर्छन् ।

अब विद्यार्थी अनुपात खोज्दा पनि हाम्रा केही विद्यालयमा विद्यार्थी शिक्षक अनुपात ५‡७ जना मात्र पनि पर्ने गरेका छन् । केही विद्यालयलाई छोडेर हेर्ने हो भने पनि हाम्रा अधिकांश विद्यालय शिक्षकको अनुपात २०‡२५ भन्दा माथि छैन । कक्षाको अनुपात पनि १ जना शिक्षकको भागमा ४‡५ मात्र पर्ने गरेको छ । धेरैभन्दा धेरै विद्यालयको भौतिक संरचना पूरा भइसकेको अवस्था छ । आधुनिक शौचालय बनिसकेका छन्, खानेपानी खेल मैदान र शैक्षिक सामग्री पनि अफिस तथा स्टोरहरूमा पर्याप्त होलान् । इन्टरनेट सहितको सुविधासम्पन्न पुस्तकालय, विज्ञान प्रयोगशाला पनि बन्ने क्रममा छन् ।

स्थानीय सरकारले आफ्नै छोराछोरीलाई पढाएको नपढाएको आँगनबाटै अनुगमन मात्र गर्दैन । शिक्षालाई स्थानीय सरकारको दायित्वका रुपमा स्वीकारेको अवस्था छ । अब जिल्लाबाट अनुगमनको आवश्यकता पर्दैन, नक्कली प्रतिवेदन पेश हुँदैन आदि, आदि ... । जब म स्कूल जान्थें, १ जना मात्र शिक्षक हुनुहुन्थ्यो । विद्यालय थिएन, चित्राले बनाएको गोठ थियो । आफैंले बोकेको पाटी र आमाले बुनिदिएको खोस्टाको सुकुल नै किताब र फर्निचर हुने गर्दथ्यो ।

दोलखा जिल्लाको हकमा शिक्षक नेताहरू प्रधानाध्यापक भएका विद्यालय हनुमन्तेश्वर मावि, क्षेत्रवती मावि, कुटीडाँडा मावि लामो सयमदेखि राष्ट्रिय स्तरमा नै अब्बल विद्यालयमा पर्न सफल भएका छन् भने भर्खरै युवा प्रअले नेतृत्व सम्हालेको भीम माविले छोटो समयमा नै आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ । यति हुँदाहुँदै पनि सामुदायिक तथा निजी विद्यार्थीहरूले विद्यार्थीलाई पाठ पढाइएको छ, परीक्षाको लागि तयार गरिएको छ ।

हामीले रानी मुखर्जीद्वारा अभिनित ‘हिच्की’ चलचित्रले दिएको सन्देशलाई आत्मसात गर्नु सान्दभिक होला । यसैगरी सुभद्रा मदन फाउन्डेसन खोटाङ, गुहु, मुत र पसिनाको स्कूल सुन्ने कथा भिडियो शृंखलाहरूमार्फत  शिक्षणको नयाँ ज्ञान र सीप लिन सकिने छ ।

अहिलेको पाठ्यक्रमले स्थानीत विषय समेट्नको लागि २५ प्रतिशत जिम्मेवारी स्थानीय पालिकालाई दिएको छ । त्यहाँ पनि स्थानीय सरकारले स्थानीयले स्थानीय मौलिकता, संस्कृतिको, वनस्पति, जडीबुटीको भन्दा अन्यको महत्त्व बुझेर सानो कक्षादेखि नै त्यसको ठाउँमा अंग्रेजी विषय राख्ने अनावश्यक हाडबाजी नै चलेको छ । यसको साथै कम्प्यूटर कक्षाको नाम पनि थप्न थालिएको धेरै देख्न पाइयो । यसरी स्थानीय सरकारले स्थानीय स्रोत र संस्कृतिको संरक्षण प्रवद्र्धनभन्दा अन्य विषयप्रति आकर्षण बढाउनमा नै सीमित हुने त होइन ।

विद्यालयम पढाउनको लागि संरचनागत सुविधा र अन्य आधुनिक सामग्री साधन हुन् । विद्यालय समुदायको अपनत्व, अनुगमन, सक्षम, कुशल र प्रअको नेतृत्व, मिलेको शिक्षक टीमले विद्यार्थीलाई विद्यालय र शिक्षाको महत्त्वबारे पढाउने होइन । शिक्षा र व्यावहारिक ज्ञान सिकाउने हो । पढाउनको लागि उपयुक्त विधिका साथ दैनिक जीवन र जगतसँग सम्बन्धित विषयजस्तै हलो, कोदालो, ढोको, गिलास, घाँस, दाउरा, स्थानीय वनस्पति, धर्म संस्कृत आदिलाई आधार मानेर विज्ञान, गणित र सामाजिक पढाउन शुरू गर्नेदेखि खेतीपातीलाई शिक्षाको नियमित सिकाइ बनाउनु अहिलेको आवश्यकता हो । जब विद्यार्थीलाई पढाउनुको साथ उनीहरूलाई व्यावहारिक रुपमा कक्षा कोठामा सिक्ने अवसर प्रदान गरिन्छ, सो दिन विद्यार्थी पाठप्रति, शिक्षकप्रति, कक्षाप्रति सधै आकर्षण हुनेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x