पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
फागुन ३०, २०७५
काठमाडौं – कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणको छानबिनमा लापरवाही गरेको र नक्कली अभियुक्त बनाउन यातना दिएको अभियोगमा प्रहरी हिरासतमा रहेका प्रहरीका पूर्व अधिकारी र कर्मचारीलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत कञ्चनपुरले आदेश दिएको छ ।
घटना अनुसन्धानका क्रममा प्रमाण नष्ट गरेको र लापरवाही गरिएको भन्दै निर्मलाकी आमा दूर्गादेवीले तत्कालीन प्रहरी अधिकारीविरुद्ध मुद्दा दायर गरेकी थिइन् । मुद्दाको थुनछेक बहसपछि अदालतले अभियुक्तलाई धरौटीमा रिहा गरेर कारवाही प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ ।
अभियोग लागेका तत्कालीन एसपी डिल्लीराज विष्ट र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी अंगुर जिसी फरार रहेका छन् भने छानबिनका क्रममा अन्य प्रहरी अधिकारी प्रहरी नियन्त्रण थिए । अदालतले प्रतिवादीलाई धरौटी रिहा गर्न आदेश दिएको श्रेस्तेदार हरिकृष्ण अवस्थी लोकान्तरलाई बताए ।
तत्कालीन एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरीविरुद्ध दर्ता भएको ‘यातना र सार्वजनिक न्याय’ मुद्दामा बुधवार जिल्ला अदालत कञ्चनपुरमा थुनछेक बहस सकिएको थियो । जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको आदेशले डीएसपी ज्ञानबहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खडकासँग जनही ९ लाख रुपैयाँ धरौटी माग गरेको श्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए । उनका अनुसार दुवैसँग यातना मुद्दामा ५–५ लाख र सार्वजनिक न्याय मुद्दामा ४–४ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
प्रहरी निरीक्षक जगदीश भट्टसँग ४ लाख, प्रहरी नायव निरीक्षक हरसिंह धामीसँग साढे ३ लाख, रामसिंह धामीसँग ३ लाख र प्रहरी जवान चाँदनी साउँदसँग २ लाख रुपैयाँ धरौटी माग गरिएको जनाइएको छ । धरौटी बुझाएपछि अभियुक्तहरू रिहा हुने श्रेस्तेदार अवस्थीले बताए ।
सार्वजनिक न्याय अभियोग लगाउँदै निर्मलाकी आमा दूर्गादेवीले मुद्दा दायर गरेकी थिइन् भने कसूर स्वीकार्न यातना दिएको भन्दै दिलिपसिंह विष्टका दाजु खडकसिंह विष्टले यातना कसूरसम्बन्धी मुद्दा दायर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पूर्वएसपी विष्ट र सीआईबीका डिएसपी जिसीबाहेक सबै प्रहरी अधिकृत कर्मचारी प्रहरीले नियन्त्रणमा लिएर अदालतमा पेश गरेको थियो । श्रेस्तेदार अवस्थीले विष्ट र जिसीका नाममा ३५ दिनभित्र अदालतमा उपस्थित हुन पत्र काटेको जानकारी दिए ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...