×

NMB BANK
NIC ASIA

नेकपा धनुषामा दुईतर्फी तनाव- एक जनालाई किन सचिव भएँ, अर्कोलाई किन भइनँ ?

बैशाख ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम –धनुषाका श्रवण यादव (जोगकुमार बर्बरिया यादव) को नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सोमवार सार्वजनिक गरेको सूचीमा धनुषा जिल्ला सचिवका रूपमा उल्लेख छ ।

Sagarmatha Cement
Muktinath Bank

पूर्व माओवादीका पुराना र अनुभवी नेता श्रवण नेकपाका केन्द्रीय कमिटी सदस्य समेत हुन् । पार्टी एकता अघि उनी माओवादी धनुषा जिल्ला कमिटीमा नभएर केन्द्रीय कमिटीमा थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला कमिटी अध्यक्ष थिए, झल्खु यादव । लामो समयसम्म मिल्न नसकेको जिल्ला कमिटी एकता टुंग्याउने क्रममा दुवै पार्टीका जिल्ला अध्यक्षमध्ये एकलाई अध्यक्ष र अर्कालाई सचिव बनाउने गरी सहमति भयो ।


Advertisment
Nabil box
Kumari

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को उक्त सहमतिलाई आइतवार पार्टी सचिवालयले पनि अनुमोदन गर्‍यो । 

Vianet communication
Laxmi Bank

उक्त सहमति अनुसार धनुषाको जिल्ला नेतृत्व एमालेको भागमा परेकाले पूर्व एमालेका तत्कालीन जिल्ला अध्यक्ष राजकिशोर यादव नेकपाको जिल्ला अध्यक्ष बने ।

जिल्ला सचिव पूर्व माओवादीको भागमा पर्‍यो । पूर्व माओवादीका तत्कालीन अध्यक्ष सचिव हुँदा झल्खु यादवको नाम हुनुपर्ने हो । तर, नेकपाले सोमवार सार्वजनिक गरेको सूचीमा श्रवण यादवको नाम छ ।

सूचीमा नाम आउँदा श्रवण आफ्नो घटुवा भएको ठानेर असन्तुष्ट छन् भने आफ्नो नाम नआएकोमा झल्खुको पनि असन्तुष्टि छ ।

श्रवण र उनका छोरा (उदय बर्बरिया यादव, मेयर, शहीदनगर नगरपालिका) दुवैको मोबाइल अफ छ । धनुषाकै पूर्व माओवादी नेता एवं प्रदेश सभा सदस्य रामचन्द्र मण्डल पार्टीले कमजोरी गरेको बताउँछन् । ‘पार्टीको केन्द्रीय सदस्य भएको मान्छे जिल्ला कमिटीमा कसरी बस्न सक्छ ? पार्टीले त्यसलाई सच्याउनु पर्नेहुन्छ,’ मण्डलले लोकान्तरसँग भने ।

केन्द्रीय कमिटीमा रहेर पनि जिल्ला सचिव मनोनित हुने श्रवण एक्ला भने होइनन् । तर उनलाई अन्यलाई जस्तो साविक जिल्ला अध्यक्ष भएकाले सचिव बन्नै पर्ने बाध्यता छैन ।

सोही कारण असन्तुष्ट बनेका श्रवण मोबाइल अफ गरेर बसेका छन् ।

तनावमा झल्खु !

यता झल्खुको आफ्नै गुनासो छ ।

‘कार्यदलले पनि मेरो नाम सिफारिस गर्‍यो । साविकको अध्यक्षको हिसाबले नीतिगत रूपमा मेरो नाम हुनुपर्ने हो,’ पूर्व माओवादीका जिल्ला अध्यक्ष रहेका झल्खुले लोकान्तरसँग गुनासो गरे, ‘जीवन कमरेड (श्रवण यादव)को नाम सिफारिस नै भएको थिएन, कसरी यस्तो भयो ?’

उनले थपे, ‘नेताको खल्तीबाट नाम जाँदो रहेछ, यो अन्याय नै हो ।’

झल्खुले २०७० सालदेखि धनुषामा आफू नै माओवादी पार्टीको अध्यक्ष रहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x