मंसिर १६, २०८०
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
काठमाडौं – भारतमा चुनावी मौसम चलिरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीले बलिउड अभिनेता अक्षय कुमारलाई दिएको गैरराजनीतिक अन्तर्वार्तामा ठूलै राजनीतिक सन्देश दिएका छन् ।
उक्त अन्तर्वार्तामा मोदीले आफ्ना राजनीतिक विरोधीहरूका विषयमा दिएका बयानको निहितार्थ विश्लेषकहरूले खोजिरहेका छन् ।
उनले गुलामनबी आजादलाई आफ्नो साथी भने अनि घोर विरोधी ममता बनर्जीले उनलाई हरेक वर्ष कुर्ता र मिठाई पठाउने गरेको बताए ।
प्रधानमन्त्रीले विपक्षी नेताको कुरा गर्दा उनीहरूको असफलताको बखान गर्ने गर्थे । तर चुनावी मौसममा विरोधीलाई प्रशंसा गर्दा त्यसका अर्थहरू खोज्न थालिएको छ ।
मोदीले चतुराइका साथ चुनावी फाइदाका लागि तौलेर कुरा गर्ने गरेका छन् ।
पश्चिम बंगालका कुल ४२ सीटमध्ये तीन चरणमा १० सीटमा चुनाव भइसकेका छन् । बाँकीका चार चरणमा राज्यका ३२ सीटमा चुनाव हुँदैछन् । यतिखेर आफ्नो बयानले बंगालमा ठूलो सन्देश दिने मोदीलाई थाहा छ ।
ममता बनर्जीले अहिलेसम्मको चुनाव प्रचारमा मोदीलाई तारो बनाएकी छन् । उनको प्रचार नै मोदीविरोध केन्द्रित छ । विरोध गरेर आफ्नो पक्षमा वातावरण बनाउने उनको सोच हो । यस्तो बेलामा मोदीले आफूलाई ममता दिदीले हरेक वर्ष कुर्ता र मिठाई पठाउने गरेको भनिदिँदा ममताको मोदीविरोधको दाबी कमजोर हुने देखिन्छ ।
मोदीको बयानको अर्को एक पाटो पनि छ । अहिले भारतीय जनता पार्टीको हालत सन् २०१४ को जस्तो छैन । सर्वेक्षणहरूले भाजपा एक्लै बहुमत ल्याउने स्थितिमा नरहेको देखाएका छन् ।
अनि जीएसटी, नोटबन्दी र राफेल जस्ता मुद्दामा विपक्षीहरूले भाजपालाई घेरिरहेका छन् । उत्तर प्रदेशमा कहिल्यै नमिल्ने समाजवादी पार्टी र बहुजन समाज पार्टी पनि मिलेपछि भाजपालाई गाह्रो पर्ने देखिएको छ ।
त्यसैले मे महिनामा सरकार बनाउनका लागि आवश्यक संख्या पुगेन भने पनि भाजपासँग गठबन्धनका लागि सहज हुन्छ । ममताप्रतिको नरम बोलीले पनि उनीसँगको गठबन्धनको सम्भावना पनि खोलेको देखिन्छ ।
३२ सीटमा चुनाव हुन बाँकी नै रहेकोले बंगालको पूर्ण चित्र बन्न सकेकै छैन । यस्तो अवस्थामा मोदीले ममता बनर्जीका सम्बन्धमा स्नेही कुरा गरेर चलाख दाउ खेलेको भन्न सकिन्छ ।
एजेन्सी
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...