आलोचनापछि शुल्कवृद्धिको निर्णयबाट पछि हट्यो काठमाडौं महानगरपालिका

काठमाडौं– काठमाडौं महानगरपालिकाले गत चैत २६ गते अनधिकृत रुपमा बढाएको निजी विद्यालयको शुल्क वृद्धिलाई खारेज गरेको छ । 
मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार बसेको महानगर बैठकले खारेजीको निर्णय गरेको हो । 
अभिभावक महासंघ, विभिन्न निकायले कानुनी आधारविना शुल्क बढाइएप्रति आपत्ति जनाएपछि साविक शुल्कमात्रै लागू गर्ने महानगरपालिकाले निर्णय गरेको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

 


Advertisement


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्