पुस १६, २०८०
राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...
जनकपुरधाम – २ नम्बर प्रदेशको राजधानी जनकपुरधामसहित जिल्ला सदरमुकामदेखि गाउँघरसम्म रातिको समयमा सडकमा विवाहको अराजक रमिता देखिने गरेको छ ।
गाउँदेखि शहरसम्म साँझदेखि रातिसम्म सडकमा विवाहका नाममा ट्राफिक जाम हुने गर्छ । सडकमा बिहेका लागि जाने जन्ती र छोरी पक्षको मटकोरदेखि विभिन्न कार्यक्रमका कारण सडक अवरुद्ध हुँदा लामो जाम लाग्ने गरेको छ ।
साँझपख सडकमा बैण्ड बाजा, डीजे र नृत्य देखिन्छ । कतिपय बेहुला घोडाको रथमा सवार भएका हुन्छन् भने कतिपय खुला जीपमा त कतिपय आकर्षक कारमा अघि–अघि सवार भएका हुन्छन् । पछि–पछि बैण्ड बाजा सहितको डीजेसहित गइरहेका हुन्छन् ।
बिहेको लगन भएको समयमा जनकपुरका प्रायः सडक जाम लाग्ने गर्छन् । सडकमा हिँड्ने सर्वसाधारणदेखि सवारीसाधन जन्तीले बाटो नै दिइरहेका हुँदैनन् । विवाहको कार्यक्रमले चोकैपिच्छे जाम लाग्ने गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख तथा ट्राफिक प्रहरी निरीक्षक दीपक साहले बिहेको लगन भएको बेला ४०–५० वटासम्म टोली जनकपुरधामको सडकमा हुने गरेको बताए । ‘सबै टोलीले नाचगान गर्दै गइरहेको अवस्थामा हामीले सडक आवागमन सहज पार्ने गर्छौं,’ ट्राफिक प्रमुख साहले भने, ‘नाचगान गर्दै गइरहेको जन्तीको टोलीलाई पन्छाएर सवारीसाधनको आवागमन प्रभावित नहुन दिन हामी खटिरहेका हुन्छौं ।’
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जिल्लामा डीजे बाजालाई प्रतिबन्धित नै गरेका छन् । करीब ४ महिनाअघि जिल्ला सुरक्षा समितिको बैठकबाटै उनले डीजे बाजालाई प्रतिबन्धित गरेका थिए । उनले डीजेमा प्रतिबन्ध लगाएपनि गाउँघरमा कुनै असर गरेको छैन । गाउँघरमा रातभर डीजेको चर्को श्वरको आतंक नै हुने गरेको छ ।
आफ्नो खुशीको लागि सडक जाम गरेर नृत्य गर्ने प्रवृत्तिका कारण सडकका अन्य उपभोक्तालाई असर परिरहेको नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र बताउँछन् । ‘रातभर चर्को श्वरमा बाजा बजाउने, आफ्नो खुशीको लागि अर्को मानिसलाई समस्यामा पार्ने प्रवृत्तिले सभ्य समाज निर्माण हुन सक्दैन,’ अध्यक्ष मिश्रले भने, ‘झन् भोजपुरीको अश्लिल गीतमा महिलाहरूले नृत्य गर्दै हिँड्नु पनि सकारात्मक होइन ।’
‘डीजेलाई स्थानीय प्रशासनले प्रतिबन्ध लगाएपनि कार्यान्वयन किन भएन ?’ मिश्र भन्छन्, ‘बिहेको नाममा भइरहेको अराजक प्रवृत्तिलाई निरुत्साहित गर्न समाजका अगुवा अगाडि आउनुपर्छ ।’
बिहेका अधिकांश जन्तीले मदिरा सेवन समेत गर्ने गरेका छ । जसले गर्दा विभिन्न विवाद समेत उत्पन्न हुने गरेको छ । गाउँ–गाउँमा स्थानीय सरकारले नेतृत्व पाइसकेको छ । गाउँको विकृति हटाउन स्थानीय तहका निर्वाचित प्रतिनिधिले बढी ख्याल राख्नु आवश्यक रहेको नेपाल बार एसोसिएसन जनकपुरका सचिव विपिन झा बताउँछन् ।
‘डीजेदेखि चर्को श्वरको बाजा बजाउने काम तत्काल बन्द गरिनुपर्छ,’ अधिवक्ता झाले भने, ‘सडक समेत जाम गरेर नाचगान गर्दै हिँड्नु पनि अराजकता नै हो ।’
राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...
नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...
नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ । ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...
काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...
नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...