×

NMB BANK
NIC ASIA

काठमाडौं – आज शुक्रवारबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् ।

Muktinath Bank

आजबाट प्रदर्शनमा आएका चलचित्र हुन्, ‘जात्रै जात्रा’ र ‘वीर विक्रम २’ । यी दुवै सिक्वेल चलचित्र हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जात्रै जात्रा’


Advertisment
Nabil box
Kumari

३ वर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘जात्रा’को सिक्वेल हो, ‘जात्रै जात्रा’ । यो चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रको कथा पनि प्रदीपले नै लेखेका हुन् ।

Vianet communication
Laxmi Bank

पैसा र सुनको कथालाई रोचक ढंगले प्रस्तुत गरिएको चलचित्रमा विपिन कार्की, दयाहाङ राई, रविन्द्रसिंह बानिया, रविन्द्र झा, वर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर लगायतको मुख्य अभिनय छ ।

चलचित्रको निर्माता सिंगे लामा र यज्ञश्वर पौडेल हुन् भने कार्यकारी निर्मातामा रविन्द्र सिंह बानिया रहेका छन् ।

यसअघि बनेको ‘जात्रा’लाई दर्शकले रूचाएका थिए । यस चलचित्रलाई पनि दर्शकले रूचाउने अपेक्षा गरिएको छ ।

चलचित्रले प्रदर्शनको पहिलो दिन राजधानीका मल्टिप्लेक्सअन्तर्गत क्यूएफएक्स चेनमा १९ शो पाएको छ ।

‘वीर विक्रम २’ 

‘वीर विक्रम’को सफलतापछि निर्देशक मिलन चाम्सले चलचित्र ‘वीर विक्रम २’ निर्माण गरेका हुन् । चलचित्रको कथा भने प्रदीप भारद्धाजको हो ।

मित्रताको कथामा निर्मित चलचित्रमा पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन्, बुद्धि तामाङ, देशभक्त खनाल, विनिषा भण्डारी लगायतको मुख्य भूमिका छ ।

नवराज उप्रेतीको छायांकन रहेको चलचित्रलाई वनिष शाहले सम्पादन गरेका हुन् ।

‘वीर विक्रम २’को बुधबार राजधानीको कुमारी हलमा पर्पल कार्पेट प्रिमियर आयोजना गरिएको थियो । जहाँ चलचित्रलाई सुःखद् प्रतिक्रिया मिलेको छ ।

यस चलचित्रलाई पनि मल्टिप्लेक्समा राम्रै शो मिलेको छ । प्रदर्शनको पहिलो दिन चलचित्रले मल्टिप्लेक्स अन्तर्गत क्यूएफएक्स चेनमा १२ शो पाएको छ । 

यी दुवै राम्रा ब्राण्ड र प्रतिक्षित चलचित्र हुन् । दुई चलचित्र एउटै मितिमा प्रदर्शनमा आउँदा भिडन्त पक्का छ ।

अब यी दुई चलचित्रमा कसले राम्रो व्यापार गर्ला ? जवाफ समयको गर्भमा नै छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x