×

NMB BANK
NIC ASIA

छोरीभन्दा छोरा बढी जन्मिरहेका छन्, के हो कारण

जेठ ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel


काठमाडौं — प्रत्येक वर्ष इंग्ल्यान्ड र वेल्समा छोरीभन्दा छोरा बढी जन्मिरहेका छन् । किन त ?

Sagarmatha Cement
Muktinath Bank

सन् १८३८ मा रेकर्ड राख्न थालिएदेखि प्रत्येक वर्ष च्याँ गर्ने शिशुमा छोराकै संख्या बढी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो एक वर्षको मात्र कुरा हैन । रानी भिक्टोरियाको शासनकालदेखि नै छोरीहरूको तुलनामा छोराहरू बढिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

सन् २०१७ मा इंग्ल्यान्ड र वेल्समा उदाहरणका लागि तीन लाख ४८ हजार ७१ छोरा जन्मिएकोमा तीन लाख ३१ हजार ३५ छोरी जन्मिए । यो भनेको १७ हजारजतिको फरक हो । 

Vianet communication
Laxmi Bank

प्रत्येक वर्ष जन्मिने छोरीको तुलनामा छोराको संख्यामा वृद्धिको यो संरचना लगभग १८० वर्षदेखि देखिँदै आएको छ । 

वास्तवमा प्रत्येक १०० छोरीमा १०५ छोराको जन्म अनुपातलाई सामान्यतया प्राकृतिक मानिन्छ । 

यो अनुपात चीन र भारत जस्ता देशमा बढी छ किनकि छोरालाई त्यहाँ बढी प्राथमिकता दिइन्छ । 

अचम्मको कुरा त, यो अनुपात १७औं शताब्दीदेखि छ । 

यो अनुपात किन अस्तित्वमा छ भन्ने कुरा पूर्णतया बुझिएको छैन तर यससम्बन्धमा अनेकौं सिद्धान्त छन् । 

विकासक्रम
पहिलो सिद्धान्त विकासक्रममा आधारित छ । त्यसअनुसार, वयस्क अवस्थामा पुरुष र महिलाको संख्या बराबर बनाउनका लागि अलिक बढी पुरुषको जन्म हुनुपर्छ । 

त्यो किनभने पुरुष हुनु खतरनाक काम हो । महिलाका तुलनामा पुरुषको मृत्यु बालककाल र जीवनका अन्य चरणमा हुने सम्भावना बढी रहन्छ र यसमा दुर्घटना, जोखिम मोल्ने बानी, आत्महत्या र स्वास्थ्य समस्या कारणका रूपमा रहेका हुन्छन् । 

‘प्रत्येक उमेरमा जुनसुकै समय र स्थानमा महिलाभन्दा पुरुष मर्ने सम्भावना बढी हुन्छ,’ प्राध्यापक डेभिड स्टेनसाल्ज बताउँछन् । उनी अक्सफोर्ड विश्वविद्यालयमा तथ्यांक विषयका एसोसिएट प्राध्यापक हुन् । 

यो सिद्धान्त अनुसार, त्यसैले जीवनको शुरूआतमा महिलाभन्दा पुरुषको संख्या बढी हुनु भनेको वयस्क अवस्थामा पुरुष र महिलाको संख्या बराबर हुनु हो ।

वास्तवमा बेलायतमा वयस्क महिला वयस्क पुरुषभन्दा बढी नै रहेको र धेर बाँच्ने गरेको राष्ट्यि तथ्यांक कार्यालयको आँकडाले देखाउँछ । 

वीर्य र समय
महिलाको डिम्ब सेचन गर्नका लागि हुने दौडमा (वाई क्रोमोजोम बोक्ने) पुरुष वीर्य कि (एक्स क्रोमोजोम बोक्ने) महिला वीर्य पहिलो हुन्छ भन्ने विषयमा विभिन्न तत्त्व रहेका हुन्छन् । 

त्यसमा मातापिताको उमेर, महिलाको डिम्बोत्सर्जन चक्र, दबाबको स्तर र यौन आसन लगायत पक्ष पर्छन् । 

एक लोकप्रिय सिद्धान्त के पनि छ भने डिम्बोत्सर्जनभन्दा कैयौं दिनअघि यौनकर्म गर्दा छोरी पाउने सम्भावना बढी हुन्छ । अनि त्यसपछि यौनकर्म नगर्दा बढी बाँच्ने तर पुरुष वीर्यभन्दा कम गतिमा पौडने महिला वीर्य बढी समय
रहिरहन्छ । 

यसको विपरीत डिम्बोत्सर्जनको समय वरपर यौनकर्म गर्दा राम्रोसँग पौडने वीर्य डिम्बमा छिटो पुग्छ र छोरा जन्मिन्छन् । 

मातापिताले यी तरिकाहरूको गुणगान गरेपनि वैज्ञानिकहरूले यस्ता कुराले फरक पार्ने विषयमा खासै प्रमाण नरहेको बताएका छन् । 

केही अनुसन्धानहरूले के देखाएका छन् भने मातापितामा दबाब हुँदा बढी छोरी जन्मिन्छन् भने युद्ध र द्वन्द्वका समयमा बढी छोरा जन्मिन्छन् । 

गर्भमा जीवन
यौनकर्मलाई योजना बनाएर गर्दा लिंगनिर्धारणमा प्रभाव पार्दैैन भने गर्भाधानको समयमा केही अन्य क्रियाकलाप हुन्छ त ? 

महिला र पुरुष उत्पादन गर्ने वीर्यको समान संख्या छ भने र लगभग उत्तिकै गर्भधारण हुन्छन् भने महिला भ्रूण बढी संख्यामा हराएर पुरुष भ्रूणलाई बढी संख्यामा राख्छन् । 

केही अनुसन्धानहरूले गर्भाधानको शुरूआतमा गर्भमै महिला बढी मर्ने सम्भावना हुने देखाएका छन् तर अन्य अध्ययनले पुरुष भ्रूण गर्भवती अवस्थाको अन्त्यतिर बढी कमजोर हुने र जन्मिनुअघि नै मर्ने देखाएका छन् । 

वैज्ञानिकहरूले ठ्याक्कै के हुन्छ र यसका कारण के हुन् भनी खुट्याउन गाह्रो हुने बताएका छन् । 

हामीलाई के चाहिँ थाहा छ भने पुरुष भ्रूणहरू बढी विकसित हुन्छन् र बढी पुरुष शिशु जन्मिन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x