×

NMB BANK
NIC ASIA

कलाकार संघको निर्वाचन : किन आएनन् चिनिएका नयाँ कलाकार ?

जेठ २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं - नेपाल चलचित्र कलाकार संघको नयाँ नेतृत्व चयनका लागि शनिवार निर्वाचन भयो । निर्वाचनस्थल महेन्द्र पुलिस क्लबको माहोल हेर्दा लाग्थ्यो- के यो कलाकारहरूकै निर्वाचन हो त ?

Sagarmatha Cement
Muktinath Bank

पुराना कलाकार उत्तम केसीलाई त्यस्तै लाग्यो रे ! उनि भन्दै थिए, –‘खोइ चिनिएका कलाकार ? तपाईं आफै ५० जना चिनिएका कलाकार पनि देख्नुभएन होला ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी कलाकार संघमा गैह्र कलाकारलाई सदस्यता बाडिएको दाबी गर्छन् । निर्वाचनमा आउँदा अराजक माहोल देखेर आफूले मतदान समेत नगरेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

निर्वाचनमा उठेका केही उम्मेदवारलाई समेत आफू स्वयंले पनि नचिनेको बताउँदै उनले भने, 'त्यस्ता उम्मेदवारले जितेर केही गर्नुहुन्छ भन्ने नै लाग्दैन । त्यसैले मतदान गरिनँ ।’

Vianet communication
Laxmi Bank

कलाकार उमेश खड्का संघमा नयाँ–पुराना कलाकारहरूलाई आवद्ध गराउनुपर्ने बताउँछन् ।

उनले भने, 'कलाकारहरूको उत्सवको दिनमा चिनिएका कलाकारहरू नआउँदा साह्रै दुःख लागेको छ । म यो कुरा पछि संघमा उठाउनेछु ।’

केही दिनअघि फर्काैं, अभिनेत्री सरिता लामिछाने सामाजिक सञ्जालमा खुबै छाइन् । चलेका अभिनेत्रीहरूले सामाजिक सञ्जालमार्फत् उनको पक्षमा मत मागे ।

साम्राज्ञी राज्यलक्ष्मी शाह, झरना थापा, नीता ढुंगाना लगायत थिए, जसले लामिछानेका लागि भोट मागे । तर उनीहरू नै मतदानमा उपस्थित भएनन् ।

मतदानस्थलमा चलेका अभिनेताहरूको पनि अनुहार देखिएन् । 

अहिलेका ‘स्टार’ मानिने अभिनेताहरू अनमोल केसी, प्रदीप खड्का, पल शाह, सलोन बस्नेत, पुष्प खड्का लगायत मतदानमा देखिएनन् ।

नयाँ/पुराना चिनिएका कलाकारहरू उपस्थित नहुँदा माथि उल्लेखित कलाकारहरूको अनुपस्थितबारे सञ्चारकर्मीहरूले समेत चासो दिएका थिए । 

कोहीले सदस्यता नलिएका होलान्, कोही सुटिङमा व्यस्त होलान् । तर, सोच्दा कलाकार संघप्रति कलाकारहरूको आस्था राम्रो बन्न नसकिरहेको बुझिन्छ ।

कलाकार संघको पहिलो आवश्यकता नै नयाँ–पुराना कलाकारलाई मिलाएर अगाडि बढ्नु हो ।

निर्देशक तथा कलाकार शोभित बस्नेत भन्छन्, ‘यहाँ चुनाव भइरहेको छ । बाहिर पार्टीपार्टीका मानिसहरू बसिरहेका छन् । नयाँ कलाकारहरूमा मात्र होइन, पुराना कलाकारहरूमा पनि संघप्रतिको आस्था न्यून देखिन्छ ।’

आशा गरौं, रविन्द्र खड्का नेतृत्वको कार्यसमितिले नयाँ पुराना कलाकारहरुलाई मिलाएर संघप्रतिको आस्था बढाउला ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x