×

NMB BANK
NIC ASIA

कर नतिर्ने ५७ व्यवसायीको बैंक खाता रोक्का, नेकपा सांसददेखि नाम चलेका व्यवसायी कारवाहीमा !

साउन २०, २०७६

NTC
Sarbottam
फोटोमा घेराभित्र नेकपा प्रदेश सांसद किशोरी साह कमल
Premier Steels
Marvel

जनकपुरधाम – नेपाल सरकारलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर तथा आयकर बक्यौता राख्ने करदाताहरूलाई आन्तरिक राजस्व कार्यालय जनकपुरले कारवाही प्रक्रिया अघि बढाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

आर्थिक वर्ष २०७५/०७६ सम्म धनुषा, महोत्तरी, सर्लाही र सिन्धुली गरी ४ जिल्लाका ५७ करदातालाई कारवाही गरिएको छ । करदाता रहेका ती व्यवसायिक फर्महरूको नाममा रहेका बैंक खाता रोक्का गर्नुका साथै जग्गा रोक्का गर्न समेत सम्बन्धित कार्यालयहरूमा राजस्व कार्यालयले पत्राचार गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्माण व्यवसायी समेत रहेका नेकपाको धनुषाका प्रदेश सांसद किशोरी साह कमलदेखि जनकपुरमा नाम चलेका निर्माण व्यवसायी हिरा भगतसम्मलाई आन्तरिक राजस्व कार्यालय जनकपुर शाखाले कारवाही स्वरूप बैंक खाता, जग्गा जमिन समेत रोक्का गरेका छन् ।


Advertisment
Nabil box
Kumari

बक्यौता कर असुलीका लागि निरन्तर ताकेता गर्दा समेत करदाताहरूले बक्यौता रकम भुक्तानी गर्न अटेर गरेकाले ती फर्म र फर्मको नाममा रहेका नेपालभित्रका सबै बैंक तथा वित्तीय संस्थाहरूमा रहेका सबै खाताहरू रोक्का गर्नका लागि २०७६ साउन १० गते नै नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग काठमाडौंलाई पत्राचार गरी सकिएको छ ।

Vianet communication
Laxmi Bank

पटक–पटक ताकेता गर्दा पनि वर्षौंदेखि भुक्तानी गर्नुपर्ने कर भुक्तानी नगरेपछि कारवाही स्वरूप सम्बन्धित जिल्लाको मालपोत कार्यालयमा फर्मको सञ्चालकको नाममा रहेको जग्गा रोक्का गर्नका लागि पत्र पठाइएको आन्तरिक राजस्व कार्यालय जनकपुरका कर अधिकृत पुनिता झाले बताइन् । त्यसैगरी देशैभरी फर्म वा फर्मको सञ्चालकको नाममा रहेका बैंक खाता रोक्का गर्न समेत पत्राचार गरिएको छ ।

‘धेरै दिनदेखि बाँकी बक्यौता रहेको मूल्य अभिवृद्धि कर, आयकर र अन्तःशुल्क कर बाँकी राखेकाले करदातालाई कानुनी कारवाही गरी करको रकम असुलउपर गर्नुपर्ने कानूनी प्रावधान अनुसार नै कारवाही अगाडी बढाइएको छ,’ कर अधिकृत झाले भनिन्, ‘गत वर्ष पनि ४९ वटा करदातालाई यसरी नै कारवाही गर्दा केही करदाताले रकम बुझाएर रोक्का गरिएको बैंक खाता तथा जग्गा फुकुवा गराएका थिए ।’ 

गत वर्ष २०७५/०७६ मा ७ करोड रुपैयाँ राजस्व त्यसरी कारवाही गरेपछि मात्र असूल भएपनि धेरै करदाताले अझै कर बुझाएका छैनन् ।

नेपालीको नाममा फर्म दर्ता गरेर कर नतिरी फरार हुन्छन् भारतीय

भारतीय नागरिकले समेत नेपाली नागरिकलाई झुक्याएर उसैको नाममा फर्म दर्ता गराउने तथा काम सकेपछि फरार हुने गरेका कारण पनि करोडौं राजस्व बक्यौता रहेको छ । खास गरेर निर्माण कम्पनीहरूमा त्यस्तो समस्या धेरै भएको कर अधिकृत झाले खुलाइन् ।

भारतीय नागरिकले कामका लागि आउने नेपाली कामदारसँग नागरिकताको फोटोकपी र व्यक्तिको  फोटो लिएर उसैको नाममा फर्म दर्ता गर्ने र कर नै नतिरेर फरार हुने गरेका छन् । नेपाली कामदारलाई भने उसको नाममा ती भारतीयले फर्म दर्ता गरेर कम गरिरहेको र आफूले कर तिर्नुपर्ने जानकारी समेत हुँदैन ।

‘कन्स्ट्रक्सन कम्पनीमा काम गर्ने नेपाली कामदारलाई झुक्याएर नेपाली नागरिकताको प्रमाणपत्र र फोटो लिएर उसैको नाममा फर्म दर्ता गर्ने गर्छन्,’ कर अधिकृत झाले भनिन्, ‘अनि नेपाल सरकारलाई बुझाउनु पर्ने मूल्य अभिवृद्धि कर तथा आयकर नै नबुझाएर भारत गएर बस्ने गरेका छन् ।’ 

यता कर असूलीका लागि फर्म दर्ता भएको व्यक्तिलाई तागेता गर्दा ती व्यक्तिहरू दैनिक ज्यालादारीमा काम गर्ने मजदूर हुन्छन् । आफ्नो नाममा ठूलो रकममा कर बक्यौता रहेको उनीहरूलाई  जानकारी समेत हुँदैन । यस्ता व्यक्तिहरूले ‘मलाई केही थाहा छैन, फोटो र नागरिकता मागेपछि दिएको हो,’ भन्ने गरेको अधिकृत झाले लोकान्तरलाई बताइन् ।

उनीहरूको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकाले कर असूली गर्न नसकिएको उनको भनाइ छ ।

‘फर्म सञ्चालकको नाममा रहेको जग्गा जमिन नै लिलामी गरेर कर असुली गरौँ भने उनीहरूको नाममा कुनै सम्पत्ति नै हुँदैन,’ अधिकृत झाले भनिन्, ‘हामीले विभागलाई यसविषयमा जानकारी पनि गराएका छौं ।’

केहीले मात्र बुझाए राजस्व 

आर्थिक वर्ष २०७४/०७५ मा कारवाही गरिएका ४९ फर्म मध्ये केहीले मात्र राजस्व बुझाएका छन् । विशेष गरेर पेट्रोलियम पदार्थ आपूर्ति नगर्न भनेर नेपाल आयल निगमलाई नै आन्तरिक राजस्व कार्यालयले पत्राचार गरेपछि केही पेट्रोल पम्प सञ्चालकले मात्र राजस्व बुझाएका छन् । बैंक खाता, जग्गा, सबै रोक्का गरिएपनि धेरैजसो व्यवसायीले कर बुझाएका छैनन् ।

कारवाहीमा परेका साह फिक्स इँटा उद्योगले ६ लाख रुपैयाँ, सर्लाहीको मलंगवा ४ का नुतन श्रुति आयल स्टोर्सले ५० हजार रुपैयाँ, सर्लाही कविलासी ७ को रामबाबु आयल स्टोर्सले ६ लाख रुपैयाँ बुझाएका छन् । कविलासी ७ कै मधु आयल स्टोर्सले ५ लाख ३१ हजार ९ सय रुपैयाँ, महोत्तरीको रामगोपालपुर ६ को लक्ष्मी आयल स्टोर्सले २ लाख ६५ हजार रुपैयाँ, धनुषाको विदेह नगरपालिका ६ को रोशन ज्योति आयल स्टोर्सले १ लाख ८५ हजार रुपैयाँ र जनकपुर २१ को त्रिशक्ति आयल स्टोर्सले १ लाख ५० हजार रुपैयाँ राजस्व बुझाएका छन् ।

ती आयल स्टोर्समा आयल निगमले पेट्रोलियम पदार्थको आपूर्ति नै रोकिदिएपछि मात्रै मूल्य अभिवृद्धि कर तथा आयकर बुझाएको आन्तरिक राजस्व कार्यालय जनकपुरका संकलन शाखाका कर्मचारी पूजन जयसवालले बताए ।
जनकपुर मुजेलियाका प्रमोद साहले सञ्चालन गरेको लभकुश खाद्य उद्योगले ५ लाख २० हजार रुपैयाँ, धनुषाको नगराइन ३ का विनयकुमार यादवले सञ्चालन गरेको भवानी इँटा उद्योगले २ लाख रुपैयाँ, जनकपुर ७ का सुनिल कुमार साहले सञ्चालन गरेको राम जानकी ट्रेडर्सले ३ लाख रुपैयाँ राजस्व बुझाएका छन् । 

सर्लाहीको चक्रघाटा ५ का रोशन आधुनिक इँटा उद्योगले ६ लाख रुपैयाँ, सर्लाहीको हरिवन नगरपालिका ४ का वासुदेव चौधरीले सञ्चालन गरेको गोल्ड इँटा उद्योगले ६ लाख ७ हजार रुपैयाँ, धनुषाको नगराइन ३ का महेन्द्रप्रसाद यादवले सञ्चालन गरेको जय भवानी आधुनिक फिक्स इँटा उद्योगले ६ लाख ८९ हजार रुपैयाँ राजस्व बुझाएका छन् ।

आर्थिक वर्ष २०७४/०७५ मा कारवाही गरिएका ४९ वटा  फर्ममध्ये त्यति मात्रले राजस्व बुझाएका छन् । राजस्व बुझाएपछि उनीहरूको रोक्का गरिएको बैंक खाता तथा जग्गा जमिन समेत राजस्व कार्यालयले फुकुवा गरेको छ । 

क–कसको बैंक खाता रोक्का ?

आर्थिक वर्ष २०७५/०७६ मा ५७ वटा फर्मको बैंक खाता रोक्का गरिएको छ । सर्लाही बयलबासका शिवकुमार महतो कोईरीले सञ्चालन गरेको पूजा जेनेरल स्टोर्स, सर्लाही मलंगवा ३ का मुकेशकुमार साहले सञ्चालन गरेको ऋतिक कन्स्ट्रक्सन, सर्लाही पिपरिया ४ का राकेशकुमार साहले सञ्चालन गरेको राकेश कोल्ड स्टोर्सको बैंक खाता रोक्का गरिएको छ ।

त्यसैगरी धनुषाको जनकपुर ४ का हिरा भगतले सञ्चालन गरेको मकालु निर्माण सेवा, सिन्धुली ६ का शुष्मा पुर्ने साहले सञ्चालन गरेको कनिका कोल्ड स्टोर्स, सिन्धुलीको कमलामाई ६ का मीनबहादुर श्रेष्ठले सञ्चालन गरेको अञ्जना निर्माण सेवालाई कारवाही गरिएको छ । सिन्धुलीकै सुकजोरका शैलेन्द्रकुमार बस्नेतले सञ्चालन गरेको सञ्जीव, शिव, पर्जुना जेभी, इमरिन ठाकुर निर्माण सेवालाई कारवाही गरिएको छ ।

त्यसैगरी महोत्तरीको कोल्हुवा बगेया १६ का राजकिशोर साहले सञ्चालन गरेको आशिश, रोशन, रामजानकी जेभी, जनकपुर ४ का हिरा भगतले सञ्चालन गरेको महादेव, खिम्ती, रोशन, राम जानकी जेभी, महोत्तरी निगौल ५ का रामकुमारी देवीले सञ्चालन गरेको मनोज इँटा उद्योगलाई कारबाही गरिएको छ । सर्लाही हरिवन ९ का राजु कार्कीले सञ्चालन गरेको न्यू पशुपति सप्लायर्स, सिन्धुली कमलामाई ९ का दिपक कुमार कार्कीले सञ्चालन गरेको सिद्धबाबा आत्रेय, नयाँ युग जेभीलाई पनि कारबाही गरिएको छ ।

सर्लाही हरिवन– ९ का मोहनबहादुर कार्कीले सञ्चालन गरेको कार्की इन्जिनियरिङ वर्कसप, जनकपुर २६ का शिवशंकर यादवले सञ्चालन गरेको लभकुश इँटा उद्योग, सर्लाहीको मलंगवा ९ का सागर मल अग्रवालले सञ्चालन गरेको विशाल आयल ट्रेडिङ, सर्लाही ईश्वरपुर ३ का सोफी उपाध्यायले सञ्चालन गरेको स्कट एण्ड स्कट्स नेपाललाई कारबाही गरिएको छ ।

सिन्धुली २ का जयकुमार उपाध्यायले सञ्चालन गरेको शिव शम्भु निर्माण सेवा एण्ड पोख्रेल जेभी, महोत्तरी जलेश्वर १ का अनिल विक्रम साहले सञ्चालन गरेको शिव पार्वती कन्स्ट्रक्सन, सर्लाही हरिवन ३ का निरज कार्कीले सञ्चालन गरेको पशुपति एग्रो फ्युल इन्डस्ट्रिज लाई कारबाही गरिएको छ ।

काठमाडौं २५ विशालबजारका अशोक कुमार गोयंकाले सञ्चालन गरेको विशहरा इन्टरप्राइजेज, सिन्धुलीको कमलामाई ९ का दीपककुमार कार्कीले सञ्चालन गरेको रौताहा सिद्धबाबा जेभी, सर्लाही जमुनिया ५ का चुल्हाई चौधरीले सञ्चालन गरेको जय चमेली सःमिल तथा फर्निचर उद्योगलाई कारवाही गरिएको छ ।

सर्लाही ईश्वरपुर ४ का शिरिशकुमार मैनालीले सञ्चालन गरेको हरिशंकर आयल स्टोर्स, धनुषा रघुनाथपुर ४ का किशोरी साह कमलले सञ्चालन गरेको रमन कमल जेभीलाई कारवाही गरिएको छ । किशोरी साह कमल धनुषाका प्रदेश सांसद समेत हुन् । उनी नेकपाबाट प्रतिनिधित्व गर्छन् ।

त्यसैगरी सिन्धुली कमलामाई ६ का सञ्जय साहले सञ्चालन गरेको एसआर टेलीवर्ल्डलाई कारवाही गरिएको छ । सर्लाही हरिवन १ का तिलकबहादुर श्रेष्ठले सञ्चालन गरेको तिलक मर्मत सेवा केन्द्र, हरिवन ११ कै बैजुप्रसाद साहले सञ्चालन गरेको शिवानी स्क्रेप सेन्टर, जनकपुर ४ का निशा झाले सञ्चालन गरेको माँ लक्ष्मी इम्पेक्सलाई कारवाही गरिएको छ ।

जनकपुर १० का उत्तम बस्नेतले सञ्चालन गरेको दिवादेव एण्ड सायरा रोशन राम जानकी जेभी, सिन्धुली कमलामाई ९ का गंगादेव श्रेष्ठले सञ्चालन गरेको एसजी फोटो वर्ल्ड, काठमाडौं ४ चोभारका अर्जुनबहादुर थापा मगरले सञ्चालन गरेको लांघाली सुरक्षा सेवालाई कारवाही गरिएको छ ।

त्यसैगरी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ को नमो बुद्ध ड्रिलिंग कम्पनी, जनकपुर १ को रोशन राम जानकी जेभी, सर्लाही हरिवन ४ को ब्यू जय माता डी इँटा उद्योग, सर्लाही हरिपुर ४ को चमेलीमाई सुगर इन्डस्ट्रिज, सर्लाही लालबन्दी ७ को प्राश्ना एजुकेसन इन्स्टिच्युटलाई पनि कारबाही गरिएको छ ।

सिन्धुलीको कमलामाई ९ को सञ्जीव एण्ड ब्रदर्स कन्स्ट्रक्सन, जनकपुर ४ को चौधरी इन्टरप्राइजेज, महोत्तरी सोनमाको शक्ति बिल्डर्स, जनकपुर १० को रामजानकी रिलायन्स जेभी, सर्लाही धनकौल २ का अजित एण्ड सुजित कन्स्ट्रक्सन, सिन्धुली कमलामाई ६ का शुभम ट्रेडिङलाई पनि कारवाही गरिएको छ ।

सिन्धुली कमलामाई नगरपालिका ६ को पर्जुना सिद्धकाली, कुँवर एसडी विक्रम जेभी, सर्लाही मलंगवा ९ को पर्फेक्ट मेसिनरी एण्ड हार्डवेयर, मलंगवा २ को राजन इन्टरप्राइजेज, जनकपुर ४ को केयर मेडिकल सेन्टर, जनकपुरका कलेज फोर प्रोफेसनल स्टडिजलाई पनि कारबाही गरिएको छ ।

जनकपुर ११ को इन्दिरा स्टोर्स, जनकपुर ४ को एसएन ट्रेडिङ्ग, जनकपुर ७ को जय माता दी आइरन स्टोर्स, जनकपुर ९ को मिथिला टेक्निकल एकेडेमी, जनकपुर २ को बिके इन्टरप्राइजेज, जनकपुर १ को डोकानिया सप्लायर्स, जनकपुर ४ को राम जानकी हेल्थ फाउन्डेसनलाई पनि कारवाही गरिएको छ ।

ती सबै फर्मको नाममा रहेको खातामा रकम जम्मा गर्न मिल्ने तर राजस्व कार्यालयका नाममा जारी भएको एकाउन्ट पेयी चेक बाहेक अन्य रकम झिक्न नमिल्ने गरी बैंक खाता रोक्का गरिएको छ । 

छिट्टै जग्गा जमिन पनि रोक्काका लागि पत्र तयार भइसकेको तथा पठाउने तयारी समेत भइरहेको कर अधिकृत झाले बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x