×

NMB BANK
NIC ASIA

प्रचण्डले भने–प्रदेश २ मा भ्रष्टाचार बढेको भन्ने सुनेको छु

भदौ २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धनुषा–नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधामन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकास र समृद्धिलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । 
 धनुषाको बरमझियामा आज आयोजित शहीद रामवृक्ष यादवको स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष  दाहालले मधेसको विकासमै पहाडको पनि समृद्धि जोडिएको बताए । 

Muktinath Bank

    अध्यक्ष दाहालले मधेसका जनताले त्याग र बलिदानअनुसार प्रतिफल पाउन नसकेको बताउँदै भने, ‘‘प्रदेश २ मा भ्रष्टाचार बढेको, सुशासन नभएको र जनताले दुःख पाएको भन्ने सुनेको छु । यस्ता कमजोरी हुन नदिन प्रदेश सरकार बढी क्रियाशील र उत्तरदायी बन्नुपर्दछ ।’’ उनले केही समयअघि प्रदेश नं २ का मुख्यमन्त्रीसहितको टोलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा तराई मधेशका जनता कसरी खुशी हुन्छन् भन्ने विषयमा छलफल भएको पनि उल्लेख गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    मधेशमा वर्षेनी हुने गरेको बाढीको क्षति, सुक्दै गएको जलाधार, आगलागी, डुबानको समस्या हटाउन गुरुयोजना आवश्यक रहेको बताउँदै भने, ‘‘यी सबै समस्याको दीर्घकालीन समाधान खोज्नुपर्छ । चुरेको संरक्षणको गुरुयोजना तयार गरी कार्यान्वयन नगरेसम्म तराईलाई जोगाउन सकिन्न ।’’ उनले समृद्धि र विकासको प्याकेजसहित प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आफू छिट्टै मधेसमा आउने पनि बताए । 


Advertisment
Nabil box
Kumari

    अध्यक्ष दाहालले जनता आवास, जनताको तटबन्ध, रेलमार्ग, हुलाकी मार्ग, द्रुत मार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थललगायतका परियोजनाले मधेस–तराईले विकासमा फड्को मार्ने बताए । 
 
    शहीद रामवृक्ष यादव तत्कालीन नेकपा (एकता केन्द्र) का पोलिटब्यूरो सदस्य  थिए । विसं २०५१ भदौ २ मा धनुषाको बरमझियामा उनको हत्या भएको थियो ।
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x