फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
नेपालको छिमेकी मुलुक भारत र चीनको एउटा भूखण्डमा राजनीतिक समस्या निकै चर्केको छ । भारतले संविधानको धारा ३७० निलम्बन गरी कश्मीर र लद्दाखलाई केन्द्र शासित प्रदेश बनाएपछि चर्केको जनआवाज कफ्र्यु लगाएर दमन गरेको छ ।
चीनको स्वशासित क्षेत्र हङकङमा उर्लिएको जनआक्रोश दमन गर्न प्रहरी प्रशासन शीर्षासशन गरिरहेको छ । यसैका कारण भोलि त्यहाँ चिनियाँ जनमुक्ति सेना नै परिचालन भयो भने पनि आश्चर्य नमान्दा हुन्छ ।
पाकिस्तानले भारतीय कदमको कडा विरोध गर्दै मानव अधिकारमाथि नाङ्गो हस्तक्षेपको संज्ञा दिएको छ । यसैको कारण उसले भारसितको द्विपक्षीय सम्बन्धलाई न्यूनीकरण गरेको मात्र छैन संयुक्त राष्ट्रसङ्घ लगायत अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउने प्रयाससमेत गरिसकेको छ । ऊ कश्मीर समस्या सन् १९७१ को सिमला सम्झौता अनुसार जनमत सङ्गहबाट समाधान हुनुपर्छ भन्ने अडानमा छ तर भारत भने सुन्ने कानसम्म लगाइरहेको छैन । उसले विषयवस्तु नै भारतको आन्तरिक मामिला भन्दै आएको छ । यसबारे कसैले पनि चाइँचुइँ नगरुन् भन्ने चाहन्छ । तथापि विषयको अस्तर्राष्ट्रीयकरण भने भइसकेको छ । अनौपचारिक रूपमै सही संयुक्त राष्ट्रसङ्घीय सुरक्षापरिषदले नै यसमाथि छलफल चलाइसकेको छ ।
तथापि नेपालले भने अझै मुख खोलेको छैन । पाकिस्तानी परराष्ट्रमन्त्री मकधुम साह महमुद कुरेसीले पत्र लेखेर नेपालको धारणा मागिसकेका छन् तर नेपालले भने त्यसलाई समेत सम्बोधन गर्न सकिरहेको छैन । भेनेजुयला जस्तो खासै द्विपक्षीय सम्बन्ध नभएको मुलुकबारे बोल्न हतारिने नेताहरू समेत मौनम् सम्मति लक्षणम्को भावमा देखापरिरहेका छन् । नेपाल दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्घको समेत अध्यक्ष राष्ट्र हो । यसैको नाताले पनि सरकारले मुख खोल्नै पर्ने देखिन्छ । भारतकै कारण सार्कको भविष्य अनिश्चित हुँदै आएको छ । ऊ सकेसम्म सार्क अन्त्य होस् भन्ने चाहन्छ । उसैको चाहना अनुसार यसको विधिवत अन्त्य भएको हेर्न चाहने हो भने छुट्टै कुरो होइन भने सार्ककै भविष्यका लागि पनि केही न केही प्रयास गर्नै पर्छ ।
भारत पाकिस्तानबीचको सम्बन्ध पहिलेदेखि नै राम्रो थिएन । यद्यपि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सम्बन्ध सुधार्ने प्रयास नगरेका होइनन् तर भारतले सुन्ने कानसम्म लगाएन । उल्टै समस्याग्रस्त क्षेत्र कश्मीरमाथि अर्को कदम चाली आगोमा घ्यु थप्ने काम गरेको छ । हाल यी दुई मुलुकबीचको सम्बन्ध निकै चिसिएको छ । कुनै पनि बेला उनीहरू युद्धमै उत्रिए भने पनि अन्यथा मान्नुपदैैन । कदाचित त्यस्तो अवस्था आयो भने यो विश्वकै निम्ति महङ्गो पर्न सक्छ ।
त्यतिबेला चीन पाकिस्तानको पक्षमा उभिने निश्चित छ । उसले भारतीय कदमको पहिले नै विरोध गरिसकेको छ । यो उसको क्षेत्रीय सम्प्रभुता हनन हो भन्ने मान्यता छ । यसै पनि चीनका लागि लद्दाख पहिलेदेखि नै संवेदनशील क्षेत्र मानिंदै आएको भूखण्ड को । चीन पाकिस्तानको पक्षमा उभिएपछि भारतीय पक्षमा उभिने पनि हु्ने नै छन् । समयमै सम्बोधन गर्न सकिएन भने यसले कस्तो विकराल रूप लिने हो कसैले पनि भन्न सक्दैन ।
कश्मीर समस्या नेपालकै निम्ति पनि संवेदनशील विषय हो । कश्मीरमा करीव ८० हजार नेपाली भाषी रहेको अनुमान छ । भारतीय आर्मीमा पनि नेपालीहरूको उपस्थितिक बाक्लै छ । विश्वस्त स्रोतका अनुसार भारतीय आर्मीमा करीव ६५ हजार नेपाली रहेका छन्, जसलाई भारतीय गोरखा भनिन्छ । तीमध्ये कति पहिले नै कश्मीरमा थिए, कति हालै गएका छन् युद्धको स्थिति आएमा बाँकीको पोष्टिङ पनि त्यतै हुनेछ, जसले युद्धमोर्चाको अग्रभाग सम्हाल्नुपर्नेछ । विगतमा यस्तै भएको थियो भने अहिले नहोला भन्ने छैन । उसको कर्मचारी हो, कहाँ खटाउँछ उसको कुरा हो तर विचारणीय कुरा के पनि हो भने पाकिस्तान पनि नेपालको मित्र राष्ट्र हो । उसले पनि नेपालको विकासमा सक्दो सहयोग गर्दै आएको छ । नेपाली नागरिक उसको विरुद्धमा प्रयोग भएको उसलाई पक्कै मन पर्नेे छैन । यद्यपि उसले कुटनीतिक मर्यादावश मुखले केही नभन्ला । तैपनि मानवीय संवेदनाको कुरो हो पक्कै चित्त दुख्न सक्छ । यसले तत्काल नोक्सान नगरे पनि फाइदा पनि गर्ने छैन । यिनै विविध कारणले गर्दा नेपालले मुख खोल्नै पर्छ, कम्तीमा उनीहरूबीच हुन सक्ने युद्ध टार्नकै लागि भए पनि ।
अव आयो हङकङको कुरो । यो पनि त्यति नै संवेदनशील विषय हो नेपालका लागि । १२ हप्तादेखि त्यहाँ दिनहु प्रदर्शन र झडप भइरहेका छन् । हजारौं जनता सडकमा उत्रेर नारा लगाइरहेका छन् । हङकङ सरकाले ल्याएको विवादास्पद सुपुर्दगी विधेयकको विरुद्ध सुरु भएको प्रदर्शन विभिन्न मुद्दामा केन्द्रित रहेको बताइन्छ । सन् १९९७ मा सय वर्षपछि वेलायती उपनिवेशबाट मुक्त भएको हङकङलाई चीनले आफ्नो विशेष प्रशासकीय क्षेत्र मान्दै आएको छ । हाल त्यहाँको जनसङ्ख्या करीव ७५ लाख रहेको अनुमान छ, जसमा नेपाली भाषीको सङ्ख्या करीव ६० हजार छ । ७५ लाखको तुलनामा ६० हजार धेरै होइन तर हङकङ असुरक्षित हुनुभनेको नेपाली भाषी पनि असुरक्षि हुनु हो । त्यसैले यसबारे पनि नेपालले मुख खोल्नै पर्ने देखिन्छ । यसको अर्थ सिधै विरोध गर्नु पर्छ भन्ने होइन । नेपालले त्यस्तो भन्न सक्दैन, भन्नुपर्छ भन्न पनि मिल्दैन । तथापि कुटनीतिक शैलीमा वर्तमान नीतिप्रति आफू सन्तुष्ट छैन भन्ने कुराको जानकारी भने दिनै पर्छ । असंलग्न परराष्ट नीति अँगालेको मुलु्कले त्यति बोल्न पनि गोडा कमाउनु पर्ला जस्तो लाग्दैन ।
यसै पनि मौन रहनु समस्याको स्थायी समाधान होइन । यो भनेको पिसावको न्यानो हो । ढिलोचाडो विकल्प खोज्नै पर्छ अन्यथा निमोनियाले थल्याउन सक्छ । निमोनियाको रोगी बनेर निरीहपनमा रमाउने कि स्वतन्त्र मुलुकको हैसियतले उपस्थिति जनाउने नेपालले. सोच्ने बेला आएको छ । घाउ लागेको बेला ऐय्या भन्नैपर्छ । अन्यथा भोलि जनताले त्यसको हिसाव माग्न सक्छन् । त्यतिबेला के गर्ने समयमै बुद्धि पुर्याउनु राम्रो हुनेछ ।
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...