एसिडिटीले सताएको छ ? यो उपाय अपनाउनुस्

धेरैजसो मानिस खाना खाएपछि ओछ्यानमा पल्टिन्छन् । यसो गर्दा खाना राम्ररी पच्दैन र अनेकथरी समस्या उब्जिन्छ ।


खासमा हाम्रो पाचन प्रणालीले पेटमा एउटा एसिड वा अम्ल निकाल्छ जसले पाचनलाई दुरुस्त राख्छ । तर यो एसिड आवश्यकताभन्दा बढी बन्दा पेटसम्बन्धी समस्या आइलाग्छ । हुन त एसिडटीका विभिन्न कारण हुन्छन् तर हामी यहाँ केही कारण बताउँछौं जसलाई चिनेर तपाईं उपचार थाल्न सक्नुहुन्छ ।


Advertisement


एसिडटीका कारणहरू
खानपानमा अनियममितता
खाना राम्ररी नपच्नु
पर्याप्त पानी नपिउनु
मसला धेर भएको खानेकुरा खानु
तनावग्रस्त हुनु
धूम्रपान
लामो समय भोको बसेमा

एसिडिटीका लक्षण
पेट पोल्ने
छाती पोल्ने
वाकवाकी लाग्ने
अमिलो डकार आउने
कम भोक लाग्ने


Advertisement

उपचार
छाती पोल्न थाल्यो भने अलैंची सेवन गर्नुस् । फाइदा हुन्छ ।

अदुवाको रसमा कागती र मह हालेर पिउनुस् । पेट पोलेको ठीक हुन्छ र एसिडिटीको समस्या गायब हुन्छ ।

सूप धेरै गुणकारी मानिन्छ । खाना खाएपछि सूप खाँदा मजाले पचाउँछ । पेट पोलेको पनि यसले ठीक गर्छ ।

तपाईंलाई भोक लाग्दैन र पेट पोलिरहन्छ भने अश्वगन्धा सेवन गर्नुस् । फाइदा हुन्छ ।

एसिडिटीको उपचारमा चन्दनको उपयोग शताब्दियौंदेखि भइरहेको छ । पेटमा ग्यास भरिने समस्या छ भने चन्दन प्रयोग गर्नुस् । यसले चिसो बनाउँछ र पेट पोलेको, छेरपटी लागेको र पेटको गडबड ठीक पार्छ ।

एजेन्सी

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्